भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

आरपी सुवेदी
१७ पुस, बाँके । छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीसमक्ष उजुरी गरेवापत बाँकेको हिलमिनियाँ निवासी एक वृद्ध गोलीको शिकार भएका छन् ।
हिलमिनियाँ-५ का ६५ वर्षका गोबरे कोरीमाथि गोली प्रहार भएको हो । नेपाल मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
बुधबार राति १२ बजेको समयमा आएका तीन बन्दुकधारीले आफूलाई गोली प्रहार गरेको कोरीले बताएका छन् । उनको पेटमा गोली लागेको छ । पेटमा लागेको गोली वारपार भएकाले अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
पहिले छोरीलाई बलात्कार, पछि बाबुलाई गोली प्रहार
कोरीले आफूलाई सुशील बर्मा नेतृत्वमा आएको टोलीले गोली हानेको बताएका छन् । उनले भने- ‘राति सुतिरहेको समयमा उनीहरुले मलाई बोलाए, बाहिर ल्याएर गोली हाने । पहिलो गोली लागेन दोस्रो गोली मेरो पेटमा लागेको हो ।’
गोली प्रहार गर्ने बर्मा बलात्कारको अभियोग लागेपछि फरार थिए । कोरीकी छोरीलाई गत साउन २७ गते बलात्कार गरेको अभियोगमा प्रहरीले बर्मालाई खोजिरहेको थियो । बर्मा हिलमिनियाँकै बासिन्दा हुन् ।
घटनामा संलग्न भएको आशंकामा एकजनालाई पक्राउ गरिएको र उनीमाथि अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए ।
from Online Khabar » समाचार http://ift.tt/1tqo77u
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

