बाबुसँगको झगडामा छोराले आत्महत्या गरे
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
कार्तिक १४ सोलुखुम्बु : काँकु–८ सोलुखुम्बुका तिलकबहादुर राईले विष सेवन गरी आत्महत्या गरेका छन् भने उनका बाबु गमबहादुर राई बेपत्ता भएका छन् । बुधबार घरमा बाबुछोराबीच झगडा भएपछि बाबु बेपत्ता भएको र साँझ छोराले विष सेवन गरेको प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । विष सेवन गरेका २९ वर्षीय तिलकलाई तत्कालै इलाका स्वास्थ्य चौकी बासा लगिएकामा उनको त्यही निधन भएको थियो छोराको निधन भएपछि बाबुको व्यापक खोजी गरिएको भए पनि कतै भेटिएको छैन । घरमा रहेका बाबु, आमा र श्रीमतीसँग झगडा गरेपछि सबैजना भागेको मौकामा राईले विष सेवन गरेको बताइएको छ।
साँझ श्रीमती घर फर्कंदा विष सेवन गरेको भेटाएपछि स्वास्थ्य चौकी लगिएको र उनको मृत्यु भएपछि बिहीबार खोजी गर्दा आमा चाहिँ गाउँमा भेटिएको भए पनि बाबु अझै बेपत्ता छन् । सम्भावित सबै स्थानमा खोजी गरिए पनि बाबु गमबहादुरको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। रासस
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/10/blog-post_286.html
via IFTTT

Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/10/blog-post_286.html
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

