Loading...
Loading...
मोदीले पशुपतिको पूजा गर्दा भारतको संसदमा हंगामा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
२० साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पशुपतिनाथ मन्दिरमा पूजा गरेको विषयलाई लिएर भारतको तल्लो सदन लोकसभामा हंगामा मच्चिएको छ ।



तृणमूल कांग्रेसका सांसद सुदीप बन्दोप्याध्यायले पशुपतिको मुद्दा सदनमा उठाएका हुन् । पशुपतिमा पूजाअर्चना गर्ने मोदीले गत साता इदमा पनि शुभकामना दिनुपर्ने उनले बताए ।

जवाफमा भारतीय जनता पार्टीका सांसदले समेत भने-’प्रधानमन्त्रीले नेपालको एक मन्दिरमा पूजा गरे, हामी यसको प्रशंसा गर्छौं । तर, उनले ईद मुबारक पनि भन्नुपथ्र्यो ।’



बन्दोप्पाध्यायलाई जवाफ दिँदै संसदीय कार्यमन्त्री बेन्कैया नायडुले भने-’हामी सर्वधर्म समभावमा विश्वास गर्छौं, प्रधानमन्त्रीले राष्ट्रलाई इदको बधाइ दिएका थिए ।’



तर, कांग्रेस यो जवाफबाट सन्तुष्ट भएन र सांसद अधीर रन्जन चौधरीले बोल्न समय मागे । सभामुखले उनलाई समय नदिएपछि विपक्षी सांसदले सभामुखको आसन अगाडि गएर हंगामा सुरु गरेका छन् । जसका कारण बैठक समेत स्थगित भएको छ ।



दोस्रोपटक बसेको बैठकमा सभामुखले चौधरीलाई बोल्ने अनुमति दिए । तर, उनको केही टिप्पणीलाई व्यक्तिगत भन्दै सभामुखले उनलाई फेरि बोल्न दिएनन् । यसमा कांग्रेस र समाजवादी पार्टीका सांसदमा फेरि हंगामा गरेपछि लोकसभा बैठक स्थगित भएको छ ।



- Feed Source from hamro naya khabar http://ift.tt/1sqI2Er

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.