पुरुषलाई आफुभन्दा जेठी महिलाहरु मन पराउने कारण भने महिलाहरुको परिपक्कता हो । उनीहरुलाई धेरै कुराको राम्रो ज्ञान हुने भएका कारण पनि पुरुषहरु जेठी महिलाप्रति बढी आकर्षित हुने गर्छन् ।आफुभन्दा कान्छी महिलाहरुमा हुने कम परिपक्कताका कारण असमझदारी बढी हुने हुदाँ सम्बन्धमा धेरै बेमेल हुने गर्छ । जेठी महिलाहरु ज्यादा केयरिङ, सम्झौता गर्न सक्ने तथा कुरा बुझ्ने खालका हुन्छन् ।
भागदौडको जिन्दगीमा थकान बढी लाग्ने गर्छ । तर यस्ता कुराहरु ह्याण्डल गर्न परिपक्कता भएका महिलाहरु सफल हुन्छन् । पुरुषहरुलाई भावानात्मक सहयोग दिनमा उनीहरु खपिप्स हुन्छन् । इमोशनल कुराहरुदेखि आर्थिक कुराहरुमा पनि उनीहरु सन्तुलन गरेर अगाडि बढ्न मदत गर्छन् ।त्यस्तै सेक्स लाइफमा पनि उनीहरु त्यत्तिकै परिपक्कता रहेका हुन्छन् । यही कारण पनि पुरुषहरु आफुभन्दा जेठी महिलाहरु बढी मन पराउँछन् ।
गाँजरमा उच्चमात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ । यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ ।
रतन्धो हुनबाट बचाउछ गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै ग्लुकोमा, म्याकुलर डिजेनेरेशन र सेनाइल क्याटार्याक्टजस्ता आँखाको समस्याविरुद्ध लड्न मद्दत पु¥याउछ ।यसले रतन्धो हुनबाट समेत बचाउछ । एक अनुसन्धानले बेटा क्यारोटिनको उपभोगले म्याकुलर डिजेनेरेशन हुनबाट ४० प्रतिशतले बचाउछ ।
मुटुको रक्षा गर्छ गाँजरमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्व पाइन्छन्, जसले मुटुको कवचको काम गर्छ । अध्ययनहरुबाट गाँजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन् । उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त गाँजरमा अल्फाक्यारोटिन र ल्युटन पाइन्छन् । यसले खराब कोलस्टेरोललाई पनि हटाउछ । यहीकारण हृदयाघात हुने सम्भावना पनि रहँदैंन ।
क्यान्सर लाग्नबाट बचाउछ गाँजर खानाले फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउछ । गाँजरमा भएको पोलि–अक्टिलाइन एन्टिअक्सिडेन्ट र फाल्कारिनोल भन्ने तत्वका कारण यस्तो भएको हो । यी तत्वले क्यान्सर लगाउने कोषलाई नष्ट पार्छ ।
रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ गाँजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । गाँजरको नियमित सेवनले शरीरमा कवचको जस्तै काम गर्छ ।
दाँतका लागि लाभदायी यसले दाँतका लागि टुथब्रस र टुथपेष्टजस्तै काम गर्छ । गिजा बलियो बनाउछ र थुप्रै मात्रामा र्याल उत्पादनमा सहयोग गर्छ, यस्तो र्यालले दाँतमा एसिड उत्पादन र सडनबाट उत्पादनबाट हुने ब्याक्टेरिया हटाउन अल्कालाइनको काम गर्छ । गाँजरमा हुने खनिज तत्वले मुख र दाँतको सडनका लागि जिम्मेवार किटाणुलाई मार्न सहयोग गर्छ ।
शरीर शुद्द पार्छ गाँजरमा पाइने भिटामिन एले कलेजोलाई शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ । यसले कलेजोमा भएको चिल्लो पदार्थ र पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाइ शुद्द राख्न सहयोग गर्छ ।
बुढोपन रोक्छ यसमा भएको बेटा क्यारोटिनले एन्टिअक्सिडेन्टको काम गर्छ, जसले शरीरका कोषहरुको क्षति हुनबाट बचाउछ । जसले गर्दा मानिस चाँडै बुढो हुँदैंन ।
महिलाको महिनावारीमा लाभदायी गाँजरको जुस महिलाका लागि निकै लाभदायी हुन्छ । यसमा भएको फाइटोएस्ट्रोजनले महिनावारीमा हुने पीडाबाट मुक्ति दिलाउछ र बढी रक्तस्राव हुनबाट जोगाउछ । यसले महिनावारीसंबन्धी अन्य समस्या पनि हटाउछ ।
गर्भधारणको बेला सहयोगी गर्भधारणका बेला गाँजर खानाले गर्भको बच्चाको विकासमा सहयोग पुग्छ र गर्भ तुहिने सम्भावना पछि घट्छ । गाँजरको नियमित सेवनले महिलाको दुध उत्पादनमा सहयोग पुग्छ र दुधको गुणस्तरलाई पनि बढाउछ ।
हड्डी मजबूत पार्छ गाँजरमा हुने क्याल्सियमले महिला तथा केटाकेटीको हड्डीको विकासमा सहयोग गर्छ । पाचन प्रणालीमा सुधार ल्याउछ गाँजर फाइबरको महत्वपूर्ण स्रोत हो । यसले खाना राम्रोसंग पच्न मद्दत गरी दिसालाई नियमित बनाउछ । कब्जियत हटाउछ ।
ब्लड सुगर नियमित गर्छ गाँजरमा उच्चमात्रामा पाइने क्यारोटेनोइड्सले ब्लड सुगरलाई नियमित पार्छ । यसमा पाइने अल्कालाइन तत्वले रगतलाई शुद्ध पार्छ र शरीरमा एसिड अल्कालाइनको दरलाई सन्तुलित राख्छ । यसमा पाइने पोटासियमले सोडियमलाई सन्तुलनमा राख्छ । शरीरमा सोडियमकोमात्रा धेरैभयो भने हाइपरटेन्सन र उच्च रक्तचाप निम्तने भएकाले सोडियमकोमात्रा नियन्त्रणमा राख्नु अति आवश्यक हुन्छ । छाला चम्किलो पार्छ भिटामिन सि र एन्टिअक्सिडेन्टयुक्त हुने भएकाले गाँजरको नियमित सेवनले छालालाई स्वस्थ र चम्किलो पार्छ । छाला चम्काउन गाजरको पेष्टमा मह मिसाइ फेस मास्कका रुपमा प्रयोग गर्न सकिन्छ । यस्तै, गाँजरको जुसले छालामा भएका धब्बाहरु हटाउन मद्दत गर्छ । यसले सूर्यको किरणबाट प्राप्त हुने खतरनाक तत्वबाट छालालाई बचाउछ ।
कपालका लागि लाभदायी गाँजरको सेवनले कपालको वृद्धि गर्नुका साथै बाक्लो बनाउछ । भिटामिन ए हुने भएकाले गाँजरको सेवनले कपाल झर्नबाट समेत बचाउछ । दिनहु गाँजरको सेवनले कपाल स्वस्थ राख्न मद्दत गर्छ । सभार स्वाथ्य खबरबाट
पानी पिउनु कति फाइदाजनक छ भनेर त हामी सबैलाई थाहा नै छ । तर, कतिबेला पिउने वा नपिउने भन्ने जानकारी नहुन सक्छ । बैज्ञानिक दृष्टिकोणबाट हाइड्रसन र पाचन प्रणालीलाई अति आवश्यक पदार्थ हो पानी । आखिर किन हुन्छ त खाना खाँदा पानी पिउँदा हानी :
यदि तपाई खानासँग धेरै पानी पिउनु हुन्छ भने यसले पित्त र पेटमा अम्लको आवश्यक स्तरमा असर पार्न सक्छ । यसबाट तपाईंको खाना ठीक तरिकाले पचाउन नसकेर पेटमा अन्य विषाक्त तत्व जम्मा हुन् शुरु हुन्छन् ।
खाना खानभन्दा ३० मिनेट पहिला पानी पिउनु राम्रो हुन्छ । खाना खानु भन्दा ३० मिनेट पहिला पानी पिउदा त्यसले विचचिमा पानी पिउने बानी हट्दै जान्छ । खाना पचाउने रसले त्यसपछि आफ्नो काम राम्रोसँग गर्न सक्छ ।
सात्विक आहार नै हाम्रो स्वास्थ्यको लागि उत्तम हो । जबकि चर्को मसाला, पिरो, धेरै नुन भएको खाना खाँदा पानी खानुपर्ने आवश्यकता हुने भएकाले सादा खाना खानुपर्छ ।
यदि खाना खाँदा पानी नभइ नहुने बानी छ भने थोरै पानीको सहारा भने लिन सक्नुहुन्छ । यदि पानीमा कागति मिलाइएको छ भने यसबाट पाचन क्रिया छिटो हुन मद्धत गर्दछ ।
यदि तपाईले दिनभरी एक पटक पनि पानी पिउनु भएको छैन भने खानासँग थोरै पानी पिउनु सक्नु हुन्छ किनकी शरीरमा पानीको मात्रा कम भयो भने खाना सजिलै पचाउन गाह्रो हुन्छ साथै एसिडिटी पनि हुन जान्छ ।
खाना खाएको ३० मिनेट पछि पानी पिउनुपर्छ । यसले खाना सजिलोसँग पचाउन मद्धत गर्छ र शरीरलाई चाहिने आवश्यक पानीको मात्रा पनि पुग्छ । – एजेन्सी
सेप्टेम्बर १ तारिखबाट रिलिज हुन लागेको चलचित्र ‘बादशाहो’की मुख्य नायिका हुन्, इशा गुप्ता । तर, इशाको चर्चा अहिले चलचित्रले भन्दा पनि उनको सेमी न्यूड तस्बिरका कारण भएको छ । इशाले सामाजिक संजालमा आफ्ना सेमी न्यूड तस्बिर पोष्ट गरेपछि यसले हंगामा नै मच्चायो ।
उनले यस्ता मानिस कपटी र पाखन्डी हुन्छन् समेत भनेकी छिन् । इशाले महिलाका न्यूड तस्बिर मोबाइलमा सुरक्षित गरेर बाहिर गाली गर्ने पुरुष कपटी भएको समेत आरोप लगाएकी छिन् । उनले अगाडि भनिन्-‘कुनै पनि यूवतीको फोटोसुट उसको इच्शा शक्तिमा निर्भर गर्दछ ।’ उनले आफूले खिचेका तस्बिहरु सुन्दर भएको भन्दै नहटाउने समेत बताएकी छिन् ।तस्बिरमा विभिन्न खालका कमेन्ट आएपछि इशाले एक म्यागेजिनसँग कुराकानी गर्दै दरिलो जवाफ फर्काएकी छिन् । उनले भनेकी छिन्-‘यदि कोही यूवती बोल्ड हुन्छिन् त पुरुषलाई तनाव हुन थाल्छ । उसलाई यस्तो लाग्छ कि, कोही उसको पुरुषत्वलाइ चुनौती दिइरहेकी छ ।’
वीर अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्राध्यापक डाक्टर विधाननिधि पौडेलका अनुसार कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भए पनि १० प्रतिशतभन्दा बढी बोसो छ भने यस्तो अवस्थालाई कलेजोमा बोसो जमेको मानिन्छ । सुरुमा यसले खासै असर नगरे पनि पछि यसले सिरोसिस भई क्यान्सर समेत हुनसक्ने पौडेलको भनाई छ ।
उनले भने–’कलेजोमा बोसो जम्ने रोगलाई पहिलेकै अवस्थामा ल्याउन सकिन्छ । बिरामीले रहनसहन, जीवनशैली र खानपानमा परिवर्तन गर्नुपर्छ । खानामा हरियो सागसब्जी, पलफूलको मात्रा बढाउने, काब्रोहाइट्रेड कम खाने, रक्सी नखाने, व्यायाम गर्ने हो भने यो समस्यामा मुक्त रहन सकिन्छ ।’
कलेजोमा बोसो जम्ने समस्यालाई रक्सीको कारणले र रक्सीबाहेकका अन्य कारणले हुने हिसाबले दुई वर्गमा बाँडिएको पौडेलले बताए । रक्सी नखाने तर चिल्लो बोसोयुक्त खाना खाना, बढी मासु खाने व्यक्तिलाई यो समस्या देखिन सक्छ ।
यो समस्या वयस्क उमेरमा बढी देखिन्छ, तौल बढी भएमा, मधुमेहरोग भएमा, रगतमा कोलेस्ट्रोलको मात्रा बढी भएमा, उच्च रक्तचाप भएमा पनि कलेजोमा बोसो जम्नसक्छ । भाइरल हेपाटाइटिस, मेटाबोलिक रोग, अटो इम्युन रोग, छिट्टै वजन घटाउन खाना कम गर्दा, कुपोषणका कारणले पनि यो रोग देखिन सक्छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा विवेक शर्माले कलेजोमा बोसो जमेपछि छिट्टै थाक्ने, खान मन नलाग्ने वाकवाकी लाग्ने, तौल कम हुँदै जाने, दाहिने कोखामुनि दुख्नु, रातो नसा छालामा देखिन जस्ता लक्षण देखिने बताए । कलेजो बिग्रदै गएमा स्मरणशक्ति कम हुने, शरीर पहेँलो हुँदै जाने र कमलपित्त हुने, खुट्टा र पेट सुन्निने, बाँझोपन र नपुंशक हुने, मुख र शरीरको अन्य भागबाट रगत आउने, शरीर सुक्दै जाने जस्ता लक्षण पनि देखिने डा. शर्माले बताए । गर्भवती महिलामा यो रोग कम देखिन्छ तर भेटिएको खण्डमा बच्चा र आमा दुवैका लागि खतरापूर्ण हुने चिकित्सकको भनाइ छ । डा शर्मा सबै रक्सी सेवन गर्नेलाई यो समस्या नहुन पनि सक्छ तर तुलनात्मक रुपमा पुरुषभन्दा बढी महिलामा बढी देखिने गरेको बताए । यो समस्याबाट बच्ने सबैभन्दा मुख्य कुरा जीवनशैली परिवर्तन गर्नु हो । रक्सी सेवन नगर्ने, ताजा र पोषिला खानेकुरा खाने, दिनहुँ व्यायाम गर्ने, मोटोपन भएमा हप्ताको एक पाउण्डको हिसाबले तौल कम गर्दै लैजाने र डाइटिसियनको परामर्श लिएर खानालाई सन्तुलित बनाउनुपर्ने हुन्छ । यसैगरी मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएमा तिनलाई नियन्त्रणमा राख्ने, हेपाटाइटिस र निमोनिया विरुद्धको खोप लगाउने, डाक्टरको सल्लाहबाहेकको औषधि सेवन नगर्न डा शर्माले दिएका छन् ।
दूधलाई फर्मेन्टेसन गरी दही बनाइन्छ । यो क्रियालाई दूध सुरक्षित राख्ने एक विधिको रुपमा पनि लिन सकिन्छ । किनकि दहीलाई केही दिनसम्म चिसोमा सुरक्षित राख्न सकिन्छ भने दूधलाई यसरी राख्दा बिग्रन्छ । दही बनाउने समयमा दूधमा प्रयोग गरिने जोडनको माध्यमबाट ल्याक्टोब्यासिल जीवाणु सक्रिय भई दूधमा रहेको ल्याक्टोज चिनीलाई ल्याक्टिक एसिडमा परिणत गर्छ, फलस्वरुप दही बन्छ । यसलाई प्रोबायोटिक कल्चर पनि भनिन्छ ।
दहीको पौष्टिक गुण बाहेक केही स्वास्थ्य समस्या निदान गर्न समेत मद्दत पु¥याउने भएकाले यसलाई फङ्सनल फूडको रुपमा पनि लिइएको छ । दहीमा पाइने ल्याक्टोब्यासिल जीवाणुले शरीरभित्र अन्य हानिकारक जीवाणुहरुको वृद्धि हुन दिंदैन । विशोष अमोबिक डिसेप्ट्रीका जीवाणुको वृद्धिलाई रोक्छ । पेट गडबडी हुँदा अर्थात पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम गर्छ । फर्मेन्टेसन क्रियाबाट दही बन्ने भएकोले दूधभन्दा पचाउन पनि सजिलो हुन्छ ।
एन्टिबायोटिक औषधिको सेवनबाट पाचनक्रियामा भएको गडबडीलाई दहीले ठीक राख्न मद्दत गर्छ । यस्तो औषधिले शरीरमा भएका राम्रा तथा नराम्रा दुवै किसिमका जीवाणु नष्ट गर्ने भएकोले पाचनक्रियामा समेत असर पार्छ । यस्तो स्थितिमा घरमै बनाएको अमिलो नभएको दही खानाले नराम्रा जीवाणुको वृद्धि लाई रोकी पाचन अंगलाई पुनः साधारण अवस्थामा ल्याउन मद्दत गर्छ ।
यसैगरी महिलाहरुमा विशेषतः गर्भवती, मधुमेह तथा एन्टिबायोटिक औषधि सेवन गरेको अवस्थामा देखा पर्ने एक प्रकारको योनिको संक्रमण (योनि चिलाउने तथा बाक्लो तरल पदार्थ बग्ने) लाई हटाउन दैनिक भोजनमा प्रशस्त मात्रामा दहीको समावेश गर्न आवस्यक भएको कुरा विभिन्न अध्ययनले देखाएको छ । दैनिक भोजनामा दही समावेश गर्न सकेमा यस प्रकारको संक्रमण तीन गुणाले कम हुनेछ ।
तुलनात्मकरुपमा हेर्ने हो भने दूध र दूधबाट बनेका अन्य खाद्यपदार्थहरुमा भन्दा दहीमा प्रशस्त मात्रामा पौष्टिक तत्व पाइन्छ । १०० ग्राम दहीमा प्रोटिन ३ दशमवल १ ग्राम, चिल्लो ४० ग्राम, क्यालोरी ६० र क्याल्सियम १४९ मि.ग्रा. पाइन्छ । हुन त दूधबाट दही बनाउने भएकाले साधारणतया दुवै खाद्यपदार्थको पौष्टिक गुुण समान भए पनि दहीमा क्याल्सियमको मात्रा, शोषण हुने प्रक्रिया दूधको भन्दा केही फरक छ ।
नेसनल इन्स्टिच्युट अफ न्युट्रेसन इन हैदराबादले गरेको अध्ययन अनुसार एक कप अर्थात २५० मि.ग्रा.दहीबाट ३७० मि.ग्रा. क्याल्सियम पाइन्छ भने एक कप दूधबाट ३०० मि.ग्रा. मात्र क्याल्सियम पाइन्छ । यसरी एक कप दहीबाट एक वयष्कको क्याल्सियमको आवस्यकता ३०–४० प्रतिशत पूर्ति हुन्छ । यसैगरी प्रोटिन ८ ग्राम प्राप्त हुन्छ । यी बाहेक दही भिटामिन बी, फोस्फोरस तथा पोटासियमको पनि राम्रो स्रोत मानिन्छ । एक कप दहीबाट २५० मि.ग्रा. पोटासियम पाइन्छ, जुन एक पाकेको केराबाट पाउने बराबरको हुन्छ । दूधमा भएको क्याल्सियम भन्दा दहीमा भएको क्याल्सियमको शोषण तथा उपयोग छिटो हुन्छ ।
शरीरमा क्याल्सियम शोषणको लागि एसिडको आवश्यक पर्छ, जुन एसिडको दही भएका जीवाणुहरुले पैदा गर्छन् अर्थात दूधबाट दही बन्ने क्रममा यी जीवाणुले ल्याक्टोज चिनीलाई ल्याक्टिक एसिडमा परिणत गर्ने काम गर्छन् । यसैगरी प्रोटिन तथा लौहतत्वको शोषणमा पनि ल्याक्टिक एसिडले मद्दत पु¥याउँछ । यस प्रकार शरीरमा दहीमा भएको क्याल्सियम राम्ररी शोषण तथा सदुपयोग हुने भएकाले अस्टोपोरोसिस भएका वयष्क महिलाको दैनिक भोजनमा आवश्यक मात्रामा दही समावेश गर्दा क्याल्सियमको औषधिले भन्दा बढी फाइदा भएको पाइएको छ । दूधमा भन्दा दहीमा पानीको मात्रा कम हुनाले स्वाभाविकरुपमा यसमा पौष्टिक तत्व बढी हुन्छ तर क्यालोरीको परिमाण भने दूधमा भन्दा दहीमा कम हुन्छ । अझ तर निकाली दही बनाएको छ भने क्यालोरीको मात्रा ज्यादै कम हुन्छ ।
जानौं दहीका फाइदा :
१. दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, दही बनाउने ब्याक्टेरियाले हाम्रो शरीरमा हुन सक्ने कुनै पनि संक्रमणबाट बचाउँछ ।
२.दूध मन नपर्नेहरुले दही सेवनबाट पोषक तत्व प्राप्त गर्न सक्छन् ।
३. यसले रोग प्रतिरोधात्मक क्षमतालाई सुदृढ बनाउँछ ।
४. दहीको नियमित सेवनले ठूलो आन्द्रा र कोलोनको क्यान्सर हुनबाट बचाउँछ ।
५. दहीमा ल्याक्टिक अम्ल बढी मात्रामा पाइन्छ । जसले ठूलो आन्द्रामा दुर्गन्ध उत्पन्न गर्ने जीवाणु– फूटरे फेक्टिभ ब्याक्टेरियाको विकासलाई रोक्छ ।
६. दहीमा क्याल्सियम,मिनरल बढीमात्रामा पाइन्छ । ओस्टियोपोरोसिस नामक रोगले ग्रस्त रोगीलाई दही खाने सल्लाह दिइन्छ ।
७. दहीको सेवन उच्च कोलेस्टेरोलका रोगीलाई लाभदायी हुन्छ ।
८. इन्टरनेशनल जर्नल अफ ओवेसिटीका अनुसार कम चिल्लो भएका दहीको सेवनले मोटोपना घटाउन राम्रो सहयोग गर्छ । दहीले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले धमनीको क्षेत्रमा कोलेस्टेरोल बन्न दिँदैंन । यसबाट हाइपरटेन्सन र उच्च रक्तचाप हुँदैंन ।
दूधका फाइदा
१. हाड : दूध र दुग्धजन्य उत्पादन क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम र प्रोटिनका स्रोत हुन्, जुन हड्डी वृद्धि र विकासका लागि अनिवार्य छन् । बाल्यकालदेखि नै आवश्यकमात्रामा दुध र दुग्धजन्य उत्पादन उपभोग गर्नाले हड्डी मजबूत हुनाको साथै भविष्यमा ओस्टियोपोरोसिसजस्ता रोगसंग लड्ने क्षमतामा वृद्धि गर्छ ।
२. दाँत : दुधमा हुने क्याल्सियम र फोस्फोरसको मात्राले दाँतको विकास र निर्माणमा मद्दत पु¥याउँछ । दुधमा पाइने प्रचुर प्रोटिनले दाँतको इनामेलको पातलो आवरण निर्माण गर्छ । यो आवरणले दाँत अम्लीय पदार्थको सम्पर्क आउँदा इनामेलबाट क्याल्सियम र फोस्फेट क्षति हुनबाट बचाउँछ । दुधले गुलिया खानाबाट दाँतलाई हुने असरबाट पनि बचाउँने अनुसन्धानहरुले देखाइसकेका छन् । यसैले पनि दन्तरोग विशेषज्ञहरुले दूधलाई खानाको बीचमा पिउँने सुरक्षित तरल पदार्थ भनेका छन् । यसले दाँतलाई सडनबाट पनि बचाउँछ ।
३. रक्तचाप : अध्ययनहरुले के देखाएका छन् भने दैनिक तीन भाग दुग्धजन्य पदार्थ, ५ भाग फलफुल तथा तरकारी र न्युन नुन खानाले वयस्क तथा बालबालिका दुवैमा उच्च रक्तचाप घटाउँछ । दुधसहित क्याल्सियम, पोटासियम र प्रोटिन खानाले उच्च रक्तचाप घट्ने बताइन्छ ।
४. मुटु : दुध र दुग्धजन्य पदार्थको सेवनले मुटुसबन्धी रोग लाग्ने खतरा पनि घटाउँने एक अध्ययनले देखाएको छ । बेलायतको वेल्समा गरिएको एक अध्ययनले बढी दुध सेवन गर्ने मानिसमा सेवन नगर्नेमा भन्दा हृदयाघातको खतरा कम भएको पाइएको थियो । विज्ञका अनुसार दुधमा पाइने क्याल्सियमको उच्च मात्रा मुटु जोगाउन लाभकारी रहेको पाइएको थियो । उच्च क्याल्सियमले खराब कोलेस्टेरोल हटाउँने र असल कोलेस्टेरोलको मात्रा बढाउँने अध्ययनहरुले देखाएका छन् ।
५. मोटोपना : कतिपय मानिसहरु मोटो होइन्छ भनेर दुध पिउने गर्दैनन् । तर, दुध र दुग्धजन्य पदार्थ नियमित सेवन गर्नेहरुको मोटोपनासमेत घट्ने अध्ययनले देखाएको छ । यो क्यालोरी नियन्त्रित गर्ने डाइटको एक भागको रुपमा मानिन्छ ।
६. टाइप टु डायबेटिज : अध्ययनहरुका अनुसार नियमित रुपमा कम चिल्लो भएको दुग्धजन्य पदार्थ सेवन गर्नाले टाइप टु डायबेटिजको खतरा कम गर्छ । हालै ३७ हजार वयस्क महिलामा गरिएको अध्ययनले बढी मात्रामा दुध सेवन गर्नेहरुमा डायबेटिजको खतरा कम भएको पाइएको थियो । सन् २००५ मा पुरुषमा गरिएको अध्ययनले पनि यस्तै खालको नतिजा पाइएको थियो ।
७. क्यान्सर : नियमित दुधको सेवनले कोलोरेक्टल र स्तन क्यान्सरको खतराबाट बचाउँछ । ४५ हजार स्वीडिसमा पुरुषमा गरिएको अध्ययनले १.५ ग्लास वा त्योभन्दा बढी दुध दैनिक सेवन गर्नेमा हप्तामा दुई गिलासभन्दा कम पिउनेभन्दा क्यान्सरको खतरा ३५ प्रतिशतले कम भएको पाइएको थियो । नर्वेमा ४० हजार महिलमा गरिएको अध्ययनमा पनि स्तन क्यान्सरको खतरा कम भएको पाइएको थियो ।
८. हाइड्रेसन : शरीरमा पानीको मात्रा पु¥याउँन नियमित ६ देखि ८ कप तरल पदार्थ सेवन गर्नुपर्ने हुन्छ । पानीको मात्रा नपुगे स्मरणशक्तिमा ह्रास आउँने र चिडचिडाहट हुने हुन्छ । दुध तरल पदार्थ आपूर्ति गर्ने उपयुक्त स्रोत बन्न सक्छ । यो शरीरलाई आवश्यक तरल पदार्थको स्रोतमात्रै नभई दाँतका लागि पोषक तत्वको समेत भूमिका खेल्छ ।
गर्भधारण एउटा प्राकृतिक नियम हो । यो आदिम युगदेखि अनन्तदेखि चल्दै आएको प्रक्रिया हो । गर्भधारणभन्दा अगाडि आमाको स्वास्थ्य अवस्था, उमेर र शारीरिक तन्दुरुस्ती हेर्नु धेरै दृष्टिबाट उचित हुन्छ । महिलाको उमेर १८ वर्षभन्दा कम छ भने सन्तान पाउनका लागि केही समय पर्खिनु नै राम्रो हुन्छ । गर्भधारण आकस्मिक घटनाका रुपमा नभई योजनाबद्ध हुनु राम्रो हुन्छ । यसो भएमात्र आगन्तुक शिशुले राम्रो स्वागत पाउँछ र शिशुको शारीरिक र मानसिक विकास पनि राम्रो हुन्छ । ३५ वर्ष उमेर नाघिसकेकी महिलाबाट जन्मने बच्चामा पनि विभिन्न विकृति आउने सम्भावना हुने भएकाले २० देखि ३० वर्ष भएका बेला बच्चा जन्माउनु राम्रा हुन्छ । ३५ वर्ष नाघेका महिलाले बच्चा नजन्माउनु नै बेश हुन्छ । आमाको उमेर ३५ वर्षभन्दा बढी भएका अवस्थामा आमा र बच्चा दुवैलाई समस्या पर्न सक्छ ।
जब दम्पत्तिलाई अर्को बच्चाको इच्छा बढ्छ तब पत्नीले तीन महिनादेखि नै परिवार नियोजनका साधन जस्तैः खाने चक्की, डिपोप्रोभेरा सुई, नरप्लान्ट वा पाठेघरमा प्रयोग भएका साधन प्रयोग गर्न छाड्नुपर्छ । महिनावारी नियमित नभएसम्म पुरुषले कण्डोम प्रयोग गर्ने र महिनावारी नियमित भए पछि कण्डोम प्रयोग गर्न छाड्दा गर्भ स्वस्थ रहन मद्दत पुग्छ । परिवार नियोजनका साधन प्रयोग गरिरहेका बेला गर्भ रहेमा बच्चा विकृत बन्न वा गर्भपात हुने सम्भावना हुन्छ । जन्मने बच्चा पनि अस्वस्थ र कमजोर हुन सक्छ ।
जसरी राम्रो बालीनाली होस् भनेर किसानले मल, जल र मौसम मिलाई खेतबारी खनजोत गरी उन्नत बीउ छर्दछ । त्यस्तै स्वस्थ र राम्रो बच्चा जन्माउन दम्पत्तिले पनि गर्भधारण गर्नु अगाडिदेखि नै पोसिलो खाना खानुपर्छ । पोषिलो खाना खाँदा पुरुषबाट निस्कने शुक्रकीट पुष्ट, शक्तिशाली, सक्रिय र स्वस्थ हुन्छ । त्यस्तै महिलाबाट निस्कने अण्डा पनि स्वस्थ हुन्छ । पाठेघरमा बच्चा बढ्ने राम्रो वातावरण बन्दछ । गर्भावस्थामा रगतको कमी हुँदैन । बच्चा पाउने व्यथा खप्ने क्षमता बढ्छ । र गर्भदेखि बालकको शारीरिक र मानसिक विकास पनि राम्रो हुन्छ ।
गर्भधारणको दुई तीन हप्ता अगाडिदेखि नै पति–पत्नी दुवैले कफी, चुरोट, बिडी, सुर्ती, खैनी रक्सी र अन्य लागुपदार्थ खानु हुँदैन । यस्ता पदार्थको अति सेवन गरेमा रोगी बच्चा जन्मने बढी सम्भावना हुन्छ । गर्भधारण भन्दा दुई हप्ता अगाडिदेखि नै महिलाले निन्द्रा लगाउने, पेट पोलेमा कम गर्ने, ज्वरो निको पार्ने औषधि खानु हुँदैन । यसले गर्भपतन गराउने बढी सम्भावना हुन्छ । गर्भ रहिरहेमा यस्ता औषधिले गर्भे बच्चामा शारीरिक र मानसिक विकास राम्रो हुन पाउँदैन । जन्मदा बच्चाको तौल कम हुन्छ । मुख हातखुट्टा र अंगभंग भएको हुन सक्छ । जीउको खानेकुरा शोसेर राख्न शक्ति घट्छ ।
गर्भधारणका वेलामा महिला पुरुष दुवैले राम्रो मनोभावना राख्ने, नडराउने, चिन्ता नलिने, झगडा नगर्ने, शरीर सफा राख्ने, कपडा सफा लगाउने गर्नुपर्दछ । महाभारतमा यौन सम्पर्क हुँदा डराएर फुस्रो रङ्ग भएकी आमाबाट जन्मेकोे पाण्डु फुस्रा, डराएर आँखा चिम्लेकी आमाबाट जन्मेका धृतराष्ट्र अन्धा, खुसी भएकी आमाबाट जन्मिएका विदुर नीतिवान, वुद्धिमान राम्रा भए भन्ने प्रसिद्ध कथा छ । यसबाट पनि गर्भधानमा शान्त मनस्थिति रहनु पर्छ भन्ने कुरा स्पष्ट हुन्छ ।
गर्भावस्थामा प्रायः कस्ता किसिमका समस्या देखिन्छन् ?
गर्भावस्थामा महिलालाई धेरै किसिमका समस्याहरू देखिन सक्छन् । त्यसैले गर्भावस्थामा नियमित रूपमा स्वास्थ्य परिक्षण जरूरी पर्छ । यसबाट सम्भावित जटिलतालाई कमगरी गर्भ खेर जानबाट बचाउँन सकिन्छ । गर्भावस्थामा पोषणको कमीले पनि धेरै समस्याहरू देखिन सक्छन् । सरसफाईको अभाव पनि गर्भावस्थाको समस्याको रूपमा देखा परेको छ । गर्भावस्थाको सुरुमा बान्ता हुनुलाई सामान्य समस्या भनिन्छ भने रक्तश्राव भएको अवस्थालाई जटिल समस्या पनि भनिन्छ । रक्तश्राब भएमा बच्चा बिग्रने सम्भावना ५० प्रतिशत हुन्छ । त्यस्तै गर्भवतीमा उच्च रक्तचाप, मधुमेह, रक्तअल्पत्ता, जण्डिस जस्ता समस्या देखिने गर्दछन् ।
गर्भावस्थाको जटिलस्थितिको व्यवस्थापन कसरी गर्न सकिन्छ ?
गर्भावस्थामा रगत बगिरहेको छ भने त्यसलाई जटिल अवस्थाको रूपमा लिइन्छ । यदि जुम्ल्याहा बच्चा छ भने पनि जटिल अवस्था सृजना हुनसक्छ । गर्भवती महिलामा प्रेसर, सुगर र जण्डिस देखिएमा जटिलता निम्तिन सक्छ । त्यसैले गर्भवतीको स्वास्थ्यमा धेरै ख्याल राख्नुपर्छ । गर्भावस्थाको अर्को जटिलता भनेको गर्भमा बच्चा उल्टो बस्ने, बच्चाले दिशा खाने, घाँटिमा साल बेरिनेलगायतका हुन् । यस्ता समस्याको पहिचानका लागि भिडियो एक्सरे गर्नुपर्छ । कहिलेकाँही गर्भ पाठेघरमा नबसी ट्युब वा अण्डाशयमा पनि बस्न सक्छ । यसलाई एक्टोपिक प्रेग्नेन्सि भनिन्छ । सामान्य अवस्थाको गर्भमा पाठेघरको मुख गर्भावस्थाभर बन्द रहन्छ । तर गर्भावस्थाको तेस्रो महिनापछि पाठेघरको मुख खुली गर्भपतन हुनसक्छ । यसबाट पनि सचेत रहनुपर्छ । गर्भावस्थामा डिप्रेसनको समस्या पनि देखिने हुनाले यसप्रति परिवारका सदस्यहरु सजग रहनुपर्छ ।
गर्भ खेरजाने (गर्भपतन हुने) कारणहरु के के हुन् ?
गर्भमा रहेको बच्चा जन्मने अवधि नपुग्दै खेर जानुलाई गर्भपतन भनिन्छ । तीन जना गर्भवतीमा एकजनाको गर्भपतन हुने गर्दछ । कतिपय अवस्थामा थाहा नपाई पनि गर्भपतन हुने गर्दछ । अझैपनि गर्भपतन भएका पाँच जना मध्ये दुई जनाको कारण पत्ता लाग्न सकेको छैन । उमेर बढी भएका महिलामा गर्भपतन हुने सम्भावना बढी हुन्छ । त्यस्तै मधुमेह, कलेजो रोग, हार्मोनको असन्तुलन, रोगको संक्रमण, धुम्रपान, मद्यपान, असुरक्षित यात्रा आदिले पनि गर्भपतन गराउन सक्छ । २५ प्रतिशत गर्भपतन क्रोमोजोनल डिफेक्टले पनि हुन्छ । क्रोमाजोनल डिफेक्ट अण्डासय वा शुक्रकिटको खराबीले हुन सक्छ । कहिलेकाहिँ कामको लोडले पनि गर्भपतन हुनसक्छ ।
गर्भपतन भएको कती समयपछि पुनः गर्भधारण गर्न सकिन्छ ?
गर्भपतन भएको तीन महिनापछि गर्भधारण गर्न सकिन्छ । तर कतिपय अवस्थामा लामो समयसम्म गर्भधारण गर्न नहुने अवस्था पनि हुनसक्छ । यसका लागि गर्भधारण पूर्व प्रसुतिरोग विशेषज्ञको सल्लाह लिनुपर्छ । समयमै ध्यान पु¥याउन सके पुनः गर्भपतन हुने सम्भावना कम हुन्छ ।
गर्भावस्थामा यौन सम्पर्क राख्न हुन्छ कि हुदैन ?
पटकपटक गर्भपतन भएकाहरूले गर्भ रहेको सुरूको तीन महिना र अन्तिमको एक महिना यौन सम्पर्क राख्नै हुँदैन । अन्य समयमा सावधानी पूर्वक यौनसम्पर्क राख्न सकिन्छ । अन्य सामान्य अवस्था भएका महिलाको पनि तर यौन सम्पर्क राख्दा पेट थिच्नु हुँदैन । तर कुनै गर्भवतीको सालनाल तल छ, कुनै किसिमको इन्फेक्सन छ अथवा पहिला बच्च खेर गएको छ भने गर्भावस्थाभर यौन सम्पर्क नराख्नु नै उचित हुन्छ ।
गर्भावस्थामा खानामा अपनाउनुपर्ने सावधानीहरु के के हुन् ?
गर्भवती अवस्थामा लामो समयसम्म पेट खाली राख्नु हुदैन । खाना एकैपटक धेरै नखाई पटक÷पटक थोरै पोषिलो खाना खानुपर्छ । गर्भावस्थामा अमिलो पिरो खान मन लागेपनि खानु हुँदैन । अमिलो पिरो खानाले ग्याष्टिक हुने र वान्ता हुने गर्दछ । प्रोटिनजन्य खाद्य पदार्थ बढी मात्रामा खानुपर्छ । जसमा गेडागुडी, दुध, दही, माछा मासु, अण्डा, हरीया सागपात, ताजा फलफूल प्रसस्त खानुपर्छ । कब्जियत हुन नदिनका लागि झोल कुराहरु बढी मात्रामा खानुपर्छ । गर्भावस्थामा आइरनको मात्रा बढी चाहिने हुनाले सागसब्जी बढी खानुपर्छ । गर्भावस्थामा धुम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्नुहुदैन । यसले आमालाई मात्र होईन बच्चालाई पनि असर गर्दछ । – डा ज्योती अग्रवाल, स्त्री तथा प्रसुतिरोग विशेषज्ञ
- See more at: http://swasthyakhabar.com/2016/01/38622.html#sthash.IVcOyE5S.dpuf
-डा. सुमनराज ताम्राकार
भनिन्छ, किशोरकिशोरी तथा युवा मनोविज्ञानको सबैभन्दा अहं हिस्सा यौन वरिपरि रुमल्लिएको छ । कौतुहलता, रहस्य र जिज्ञासाले घेरिएको यस्तो मनोदशाभित्र हस्तमैथुनबारे अनेकन भ्रम र अनुभव–अनुभूति पनि पर्छन् । स्वप्नदोष, शीघ्र पतन, लिङ्गको आकार तथा लम्बाइ, वीर्य स्खलन नहुने समस्या, लिङ्ग उत्तेजित नहुने समस्या आदि युवाका यौन जिज्ञासाभित्र पर्दछन् । यस्तै, युवतीहरूमा चाहिँ कौमार्य, योनी सुख्खा हुने समस्या, यौनेच्छामा कमी, योनी सङ्कुचन हुने समस्या, स्तनको आकार, असुरक्षित यौन सम्पर्क, आकस्मिक गर्भ निरोध आदि जिज्ञासा पलाउँछन् ।
कुनै पनि व्यक्तिले आफ्नो जनेन्द्रीय चलाई यौन आनन्द लिने क्रियालाई हस्त मैथुन भनिन्छ । त्यसो त संस्कृत भाषामा हस्तको अर्थ हात र मैथुनको अर्थ यौनकार्य भन्ने बुझिन्छ । केटाहरूले चाँडै र सजिलै सिक्ने भएकाले नेपालमा पनि किशोरले बढी हस्त मैथुन गर्ने गरेका छन् । विश्वका करिब ९० प्रतिशत युवा र ६० प्रतिशत युवतीले हस्त मैथुन गर्ने गरेको तथ्याङ्क छ । हस्त मैथुन सम्बन्धी नेपाली युवा–युवतीको प्रस्ट तथ्यांक नभए पनि अनौपचारिक स्रोतका अनुसार नेपालको वस्तुस्थिति पनि खासै फरक चाहिँ छैन । युवतीले खुलेर भन्न नचाहने अर्थात् लजाउने कारण हस्त मैथुन गर्नेको संख्या वास्तविकताभन्दा कम देखिन सक्छ ।
युवतीको दाँजोमा युवाले बढी हस्त मैथुन गर्ने भएर होला, नेपाली समाजमा हस्तमैथुनलाई लिएर विशेषगरी युवामाझ अनेक थरीका शंका–उपशंका तथा अन्धविश्वास व्याप्त छ । हस्तमैथुन गर्नाले मुखमा डन्डिफोर आउने, आँखा कमजोर हुने, उचाइ नबढ्ने, दुब्लाउने, लिङ्ग बाङ्गो हुने, शीघ्र पतन हुने, वीर्य निख्रिने, भविष्यमा नपुङ्सक हुने, विवाहपछि यौन सन्तुष्टि नमिल्नेजस्ता भ्रम धेरैले पालेर बसेका छन् ।
युवावस्थामै शरीरमा अन्य परिवर्तनसँगै स्वभाविक रूपमा डन्डिफोर आउने तथा शरीरका अन्य अङ्गमा परिवर्तन आउने सामान्य कुरा हो । व्यक्तिपिच्छे लिङ्गको आकार तथा लम्बाइमा पनि फरकपना आउन सक्छ । पुरुषमा वीर्य उत्पादन निरन्तर रूपमा भइरहन्छ । प्राकृतिक तवरले यौनसम्पर्क राख्ने बेलामा जस्तै हातको सहायताले स्खलित गर्ने कार्यले वीर्य निख्रिने, शीघ्र स्खलन हुने भन्ने हुँदैन । त्यसो हुँदो हो त, विवाहित व्यक्तिहरूमा यी समस्या देखिनुपर्ने हो । फेरि नपुसङ्सकताका पुरुषजन्य तथा महिलाजन्य आ–आफ्नै कारणहरू छन् । राम्रोसँग चेकजाँच गराएको खण्डमा विगतमा असाध्य तवरले हस्त मैथुन गरिसकेको भए पनि खासै फरक पर्दैन । नपुसङ्कताका आफ्नै उपचार विधि छन् । अर्थात् हस्त मैथुन गर्ने बानीसँग यसको खासै सम्बन्ध हुँदैन ।
हस्तमैथुनबारे पूर्ण जानकारी नै नराखी भ्रम पालेर बस्नुभन्दा यसका फाइदाहरू बारे जानकारी राखेर ढुक्क हुनु राम्रो हो । पटक–पटकको हस्त मैथुनपछि हीनताबोध नगर्ने वा यससम्बन्धी अन्धविश्वास नपाल्ने हो भने यसले यौन अपराध लगायत अनावश्यक गर्भधारण, यौनरोग र एड्स संक्रमण घटाउँछ । यौन हिंसा कम गर्न र यौनजन्य संक्रमणबाट बच्न आफ्नो यौनेच्छा शान्त पार्ने अर्थात् यौन आनन्द लिने अत्यन्त राम्रो विकल्प हस्तमैथुन नै हो ।
त्यसो त युवायुवतीले हातको अलावा अन्य तरिकाले पनि आफ्नो यौनाङ्गलाई घर्षण गराई यौन आनन्द लिन्छन् । यसका लागि तकिया, बेलुन, नरम खालका वस्तु वा ‘सेक्सटोय’ पनि प्रयोग गर्ने गरिएको छ । युवायुवतीले आफ्नो जीवनमा पहिलो पटक चरम यौन आनन्द लिने माध्यम नै हस्त मैथुन हो । हस्त मैथुन यति नै पटक गर्न मिल्छ वा गर्नुपर्दछ भन्ने निश्चित मापन छैन । यो व्यक्ति विशेषको यौनेच्छामा भर पर्दछ । दिनमै दुई–तीन पटकदेखि हप्ता–पन्ध्र दिनमा एक पटक हस्त मैथुन गर्ने व्यक्ति पनि छन् । त्यसैले यो त व्यक्ति विशेषले आफ्नो यौनेच्छामाथि नियन्त्रण गर्न सक्ने क्षमतामा भर पर्छ । विवाहपछि यो बानीमा कमी आए पनि धेरै दिनसम्म यौनसम्बन्ध राख्न नपाएको वा नमिल्ने अवस्थामा विवाहितहरूले पनि हस्त मैथुन गर्ने गर्छन् ।
हस्त मैथुन गरेर पछुताउनुभन्दा हस्त मैथुन गर्ने बानीलाई नियन्त्रणमा राख्नु चाहिँ राम्रो हो । हस्त मैथुन गर्ने युवायुवती अन्ततः मानसिक रूपमा आफूलाई कमजोर महसुस गर्ने हुन सक्छन् । चिन्ता लिने हुनसक्छन् । बरू, हस्त मैथुनको क्रियालाई नै नियन्त्रणमा लिएर यो समस्याबाट मुक्ति पाउन सकिन्छ । प्रायःजसो एक्लै बसेको अवस्थामा, यौनजन्य पत्रपत्रिका पढेको तथा चलचित्र हेरेको अवस्थामा, यौनबारे सोच्ने गरेको अवस्थामा हस्त मैथुन गर्न बल पुग्छ । त्यसैले सकेसम्म एकान्त ठाउँमा बस्ने गर्नु हुँदैन भने यौन उत्तेजना बढाउने पत्रपत्रिका पढ्न तथा चलचित्र हेर्न कम गर्नु पर्दछ । हस्त मैथुन गर्न मन लाग्ने बित्तिकै हल्का घुमघाममा निस्कने तथा मानिसहरूको चहलपहलमा मिसिने हो भने त्यो रहर त्यसै सेलाउँछ । पढाइ वा आफ्नो व्यवसाय बेगरको फुर्सदिलो समयलाई रचनात्मक काम एवं खेलकुदमा लगाउनुपर्दछ । तर, यौन तनाव जबरजस्ती दबाउन खोज्यो वा यौन तनावबाट मुक्त हुने कुनै उपाय अपनाएन भने स्वप्न दोषका रूपमा पनि शरीरमा सञ्चित वीर्य बाहिरिन्छ । मुख्य कुरा, युवायुवतीले के बुझ्नु जरुरी छ भने, हस्त मैथुन आफैँमा त्यस्तो खराब होइन तर हस्त मैथुन गरेर मानसिक रूपमा विभिन्न भ्रम पाल्नु चाहिँ हानीकारक हुन सक्छ ।
- See more at: http://swasthyakhabar.com/2016/01/38626.html#sthash.8J3D0EC6.dpuf
शास्त्रमा भनिएको छ कि हरेक ब्यक्तिको जन्मका साथ नै मृत्यु पनि तय हुन्छ । हरेक मानिसले जन्मसँगै मृत्युको मिति समेत लिएर आएको हुन्छ । यद्यपी यो जीवन र मृत्युको रहस्यबारे भविष्यवाणी भने हरेक मानिसलाई चासोको विषय हुन्छ ।
शास्त्रमा यो प्रश्नको जवाफ दिइएको छ । हाम्रो शरीरका विभिन्न अंगले नै हाम्रो आयुबारे भविष्यवाणी गर्न मद्दत गर्ने शास्त्रको भनाइ छ ।
समुन्द्रशास्त्रका अनुसार हातको रेखा र निधारको रेखाले आयुबारे जानकारी दिन्छ ।
यो शास्त्रका अनुसार निधारका चार रेखाले कन्चटको पल्लो भाग सम्म छोएको छ भने यस्ता ब्यक्तिको आयु राम्रो हुन्छ । निधारको एक रेखाले २५ वर्षको आयु रहेको जनाउँछ । यस्ता रेखा जति स्पष्ट हुन्छन् त्यति नै दीर्घायु हुने मानिन्छ ।आयुबारे जानकारी लिने सबै भन्दा सजिलो तरिका हो आफ्नै औंलाले शरीर नाप्नु । भविष्य पुराणका अनुसार जुन ब्यक्तिको उचाइ आफ्नै हातले नाप्दा चार हात १२ अंगुल छ त्यस्तो ब्यक्ति दीर्घायु हुन्छ ।
जुन ब्यक्तिको उचाइ १०० अंगुल मात्र हुन्छ त्यस्ता ब्यक्तिको आयु मध्यम स्तरको हुन्छ । यिनीहरु धेरै छिटो पनि मर्दैनन् र धेरै ढिलो सम्म पनि बाँच्दैनन् ।
९० अंगुल हुने ब्यक्तिको आयु अल्प वा औषत हुने मान्छ ।
हत्केलाको माथिल्लो भागमा नाडीको छेउँमा गोलो रेखा हुन्छ । त्यसलाई मणिबन्ध रेखा भनिन्छ । यसले तपाइँको आयुबारे जानकारी दिन्छ । यो रेखाबाट मानिस कति बाँच्ने भन्ने समेत थाहा हुन्छ ।
अमेरिकन टेलिभिजन स्टार किम कार्दाशिनले आफू सेक्सी हुनुमा भगवानको दोष रहेको बताएकी छिन् । ३४ वर्षीया यी सुन्दरीको चर्चा बच्चा जन्माएपछि झनै बढेको छ ।
आफू यति सुन्दर र सेक्सी हुनुमा भगवानको दोष रहेको उनको भनाइ छ ।
बच्चा जन्माउने समयमा बढेको तौल तत्कालै घटाएर साविकको अवस्थामा आएकी यी सुन्दरीको केही समय अघि सेक्स टेप पनि सार्वजनिक भएको थियो । तर उनको चर्चा झन पछि झन बढिरहेको छ ।
बेलायतको मिरर डट को डट युकेका अनुसार पत्रिका ‘एली’ को बेलायती संस्करणलाई दिएको अन्तरवार्तामा किमले आफूलाई सेक्सी बनाउनु भगवानको दोष भएको बताएकी हुन् ।
आफूलाई झन् पछि झन् सक्सी हुने सजाय भगवानले दिएपछि आफू यस्तो हुनु परेको उनको भनाइ छ ।
- http://nepaliheadlines.com/2014-12-18-06-52-58/
प्याकेटमा राखिएका बजारका खानेकुराले स्वास्थ्यमा सोचेको भन्दा बढी असर गरिरहेको हुन्छ। भोक लागेको बेलामा हामीले जे मन लाग्यो त्यही खाने गर्छौँ, तर विचारै नगरी जथाभावी खानेकुरा खाँदा त्यसले नकारात्मक हामी ख्याल गर्दैनौ।
विशेष गरी पुरुषहरूले, आफ्नो शरीरलाई स्वस्थ र सुसंगठित राख्ने कोशिस गरिरहेका हुन्छन्। दैनिक भारी व्यायाम गरेर मात्रै शरीर सुसंगठित हुने होइन, हामीले खाने कुराले गर्दा पनि यसमा प्रभाव पारिरहेको हुन्छ। अस्वस्थ खाना खाएर भारी व्यायाम गर्दा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना पनि बढि हुन्छ। पुरुषहरूले मात्रै होइन, महिलाहरूले पनि यस्तो खाना खाँदा मधुमेह तथा क्यान्सर समेत हुने खतरा बढ्दछ।
तपाईँको दैनिक आहारमा यी ५ खानाहरूलाई पार्दै नपार्नुहोस्ः
१. सोयाबिन
सोयाबिनलाई दैनिक आहारमा नियमित समावेश गरेर खाने पुरुषहरूको शुक्रकीटको सङ्ख्या सोयाबिन नखानेहरूको भन्दा ४ करोड १० लाखले कमी भएको एक अनुसन्धानबाट पत्ता लागेको छ। सोयाबिनलाई अधिकांश पुरुषहरूले मांसपेशी वृद्धि गर्नको लागि प्रयोग गर्ने गर्छन्, तर यसमा पाइने एस्ट्रोजनको असरले पुरुषहरूमा शुक्रकीट उत्पादनमा कमी ल्याउँदछ। त्यसैले यदि तपाईँ शाकाहारी हुनुहुन्छ भने मांसपेशी वृद्धिको लागि सोयाबिन बाहेक अन्य खानेकुराको प्रयोग गर्नुहोस्।
२. बेकरी प्रोडक्ट्स
दुनोट, केक, कुकीज जस्ता बेकरी खानेकुराहरू असाध्यै मीठो हुन्छ, तर यसमा अत्याधिक मात्रामा चिनी प्रयोग गरिएको हुन्छ, जसले विशेष गरी पुरुषहरूमा मधुमेहको सम्भावनालाई बढाउँदछ। एउटा सानो क्रिम दुनोटमा २०० देखि ५०० सम्म क्यालोरी र २५ देखि ५० ग्राम चिनी हुन्छ, फेरि हामीलाई एउटाले मात्रै कहाँ पुग्छ र? धेरै दुनोट खाँदा त्यसको असर पनि धेरै नै हुने गर्छ। त्यसैले यस्ता बेकरी खाध्यपदार्थहरू खाँदा मोटोपना, मधुमेह, मुटुरोग तथा पाचन समस्या हुने खतरा हुन्छ।
३. सेतो चकलेट
सबै चकलेटहरू उस्तै हुँदैनन्। डार्क चकलेटमा उत्कृष्ट प्रकारको एण्टिअक्सिडेन्टको प्रयोग गरिएको हुन्छ, जुन स्वास्थ्यको लागि राम्रो हुन्छ (तर धेरै खानु स्वस्थकर हुदैन)। दूधको चकलेटमा बढी चिल्लो पदार्थ हुनाले यो डार्क चकलेटभन्दा हानिकारक हुन्छ। स्वास्थ्यकै कुरा गर्दा चकलेट भरीमा ‘सेतो चकलेट’ सबैभन्दा अस्वस्थ चकलेट हो। यसको एउटा सानो टुक्रामा लगभग ५० ग्राम चिनी हुन्छ (लगभग १२ चम्चा)। यस्ता धेरै चिनी प्रयोग गरिएको चकलेट खाँदा दाँतमा किरा लाग्ने, मोटोपना बढ्ने, मधुमेहको लक्षण देखा पर्ने जस्ता समस्याहरू आउन सक्छन्।
४. फ्रेन्च फ्राइ र आलु चिप्स
फ्रेन्च फ्राइ र आलु चिप्स बनाउँदा आलुलाई तेल र बोसोमा मस्तले फ्राइ गरिएको हुन्छ, जुन चाहिँ हृदयघातको मूख्य कारण हो। आलुमा यसै त धेरै भन्दा धेरै पौष्टिक तत्वहरू पाइन्छन्, त्यसलाई अझ तेल र बोसोमा फ्राइ गरेपछि, उक्त पौष्टिक तत्व हानीकारक तत्वमा परिवर्तन हुन्छ र यसले शरीरमा सुगरको मात्रा बढाउने, रक्तचाप बढाउने, अनि मोटोपना बढाउने गराउँदछ।
५. मेसिनमा भुटेको मकै
हामीलाई पपकर्न त्यति हानिकारक हुन्छ जस्तो त लाग्दैन, तर मेसिनबाट भुटिने हुँदा यसमा हुने पौष्टिक तत्वहरूको क्षय भई हानिकारक चिल्लो पदार्थ र सोडियम, कार्सिनोजेन्स तथा डाइएसिटाइलमा परिवर्तन हुन जान्छ। डाइएसिटाइल यस्तो रसायन हो जसले क्यान्सर गराउँदछ। त्यसमाथि चलचित्र भवनमा पपकर्नलाई प्याक गरिएर राखिएको प्लास्टिकमा ‘पर्फ्लोरोकेमिकल’ हुन्छ, जसले गलगाँड तथा घाँटीको क्यान्सर गराउन सक्दछ।
तनावरहित हुनुस्ः तनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस् । जागिर, व्यापार, घरायसीलगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न । तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन । चिल्लो कम खानुस् ः चिल्लोचाप्लो खाने कुरा खाने गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । जर्नल अफ मेडिकल साइन्समा प्रकाशित एउटा अनुसन्धान रिपोर्टअनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने यसले यौनांग वरपर हुने रक्तसञ्चारलाई निस्तेज गरिदिन्छ । जसले गर्दा कामोत्तेजना जाग्दैन । कोलेस्ट्रोलले महिलालाई चरमोत्कर्षमा पुग्न दिँदैन । त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाएर यौन जीवन सुखमय बनाउन फलफूल र तरकारी बढी खाने गर्नुस् । यौनवद्र्धक खाना खानुस्ः एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस् । यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन् । व्यायाम गर्नुस्ः व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ । महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ । व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ । हरेक साता आधा घण्टासम्म पसिना निस्किनेगरी व्यायाम गर्नाले यौन चाहना र सन्तुष्टि बढ्ने एक अनुसन्धानले देखाएको छ । स्वास्थ्यबारे सचेत रहनुस्ः छाला तथा योनि सुक्खा हुने, कपाल झर्ने, आलस्य महसुस हुने, निद्रालगायत समस्या देखिँदा चिकित्सकलाई सम्पर्क गरिहाल्नुस् । किनकि, यो थाइराइडको लक्षण पनि हुन सक्छ । यो रोगले यौनेच्छामा कमी र गर्भक्षमतामा ह्रास ल्याउने गर्छ । रक्त परीक्षणले थाइराइड लागेको वा नलागेको थाहा पाई उपचार गर्न सकिन्छ । यौन चिकित्सकलाई भेट्नुस्ः अमेरिकाको स्ट्यानफोर्ड हस्पिटल एन्ड क्लिनिकको महिला यौन उपचार संकायका वरिष्ठ डाक्टर लिह मिलहेइजरका अनुसार माथि उल्लिखित जीवनशैली अपनाउँदा पनि यौन क्षमता बढेन भने चिकित्सकको परामर्श लिनुपर्छ । सेक्स हर्मोन उत्सर्जन बढाउने औषधि चिकित्सकको सल्लाहमा खाएर यौन जीवन सुखमय बनाउन सकिन्छ ।
- See more at: http://swasthyakhabar.com/2015/07/32429.html#sthash.TzNk9o6R.dpuf
-स्वास्थ्य खबरपत्रिका
एजेन्सी – सानै उमेरमा नै यौन सम्पर्क गर्ने किशोर–किशोरी यौनजन्य रोगको संक्रमणको उच्च खतरामा हुने एक अध्ययनले देखाएको छ । उनीहरुमा गोनोरिअ, साइफिल्स, चाल्माइडिया, एचआईभी लगायत अन्य संक्रमण हुने अध्ययनमा उल्लेख छ । यौन सम्पर्कबाट सर्ने सरुवा रोग विश्वव्यापी रुपमा नै चिकित्सकीय र मनौवैज्ञानिक समस्या हुन् । ‘सानो उमेरमा नै यौन सम्पर्कको लागि पहल गर्नाले एसटीआइको वृद्धि देखाउँछ’, अनुसन्धानकर्ताहरुले भने । ‘जब उमेरको अन्तर घट्छ एसटीआईको खतर झनै बढ्छ । पहिलो यौन सम्पर्कको समयलाई ख्याल गर्न हाम्रो अध्ययनले सुझाब दिएको छ ,’ अध्ययनमा भनिएको छ । अध्ययनका लागि सिउलस्थित योन्सी युनिर्भसिटीका अनुसन्धानकर्ताहरुले कोरियाली राष्ट्रिय सर्वेक्षणको तथ्यांकको प्रयोग गरेका थिए । कोरियाली रोग नियन्त्रण तथा उपचारात्मक केन्द्रले वार्षिक रुपमा कोरियाली युवाहरुको खतरनाक स्वभाव बारे वार्षिक अध्ययन गर्छ । सोही अध्ययनका आधारमा प्राप्त तथ्यांकका आधारमा अनुसन्धानकर्ताहरु यस्तो निस्कर्षमा पुगेका हुन् । सानै उमेरमा यौन सम्पर्क गरेका २२ हजार ३ सय ८१ किशोर किशोरीको यौन अनुभवलाई अध्ययनमा विश्लेषण गरिएको थियो । करिब ७ दशमल ४ प्रतिशत किशोर र ७ दशमलब ५ प्रतिशत किशोरीले एसटीआई भएको बताएका थिए । जति सानो उमेरमा यौन सम्पर्क हुन्छ त्यति नै एसटीआईको खतरा भएको उनीहरुको अनुभवले देखाएको थियो । १२ कक्षामा यौन सम्पर्क गर्ने किशोर किशोरीको तुलनामा सात कक्षमा अध्ययन गर्ने किशोर किशोरीमा यौन सम्पर्क गर्नेमा एसटीआईको बढी खतरा भएको युथ हेल्थ म्याग डटकमले जनाएको छ । अध्ययनको नतिजालाई जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित गरिएको छ ।
- See more at: http://swasthyakhabar.com/2016/01/37414.html#sthash.3G8K0sxl.dpuf
एजेन्सी ।
अष्ट्रेलियाको ब्रिसबेनमा गरिएको एक अध्यनले मेथीका दानाको सेवनबाट यौन शक्तिमा अत्याधिक वृद्धी हुने र कामेच्छा पनि बढ्ने तथ्य बाहिर आएको छ ।
ब्रिसबेनस्थित आणविक चिकित्सा केन्द्रका अनुसन्धानकर्ताले मेथीमा पुरुषका लागि कामेच्छा र यौन शक्ति बढाउने तत्व पाइने खुलासा गरेका हुन् ।
मेथी नेपाल र भारतमा मसलाकोरुपमा नियमित प्रयोग हुने खाद्य हो । मेथीका दानामा हामीले सोंचेको भन्दा कैयौ धेरै फाइदा हुने अध्यनका क्रममा पाइएको छ ।
यौन क्रिडाको अवधी लम्ब्याउनका लागि पश्चिमा औषधीहरु प्रयोग भैरहेको समयमा पश्चिममा नै गरिएको अध्यनमा भने मेथी यसका लागि प्रभावकारी रहेको तथ्य बाहिर आएको हो ।
मेथीको विउमा पाइने स्यापोनीन नामको तत्व पुरुषमा पाइने टेस्टोस्टेरोन हरमोनमा उत्तेजना पैदा गर्न प्रभावकारी मानिन्छ । स्वस्थ सेक्स लाइफका लागि नियमित मेथी सेवन गर्नु राम्रो भएको अनुसन्धानकर्ताले बताएका छन् ।
मेथी गर्मी गराउने भएकाले अत्याधिकमात्रामा मेथी सेवन गर्नु भने त्वचाका लागि घातक हुन सक्ने उनीहरुले बताएका छन् ।
- http://nepaliheadlines.com/
आँखा फरफराउँदा हामी शुभ तथा अशुभ घटनासंउ सम्बन्ध गाँस्छौँ। हाम्रो शुभ तथा अशुभ सँग आँखा फरफराउनुको कुनै सम्बन्ध रहेको पाइँदैन। शारीरिक रुपमा हेर्दा यो निकै सामान्य प्रक्रिया हो जसले शरीरको स्थितीलाई झल्काउँदछ।
‘आँखा फरफराउनु’, हाम्रो आँखाको माथिल्लो अथवा तल्लो परेला अनियन्त्रित रूपमा कम्पन हुनु हो। विशेष गरी माथिल्लो परेला यसरी फरफराउने गर्दछ।
‘आँखा फरफराउनु’लाई चिकित्सा भाषामा ‘ब्लेफारोस्पाजम’ (Blepharospasm) भनिन्छ। यसले दुवै आँखाको मांशपेसीमा प्रभाव पार्दछ। कसै-कसैको आँखा केहि क्षणको लागि मात्रै फरफराउने गर्दछ भने, कसैको ३/४ महिनासम्म पनि लगातार फरफराउ सक्छ।
आँखा फरफराउनुको कारण यहि भनि बताउन नसकिएपनि चिकित्सा विज्ञान यी कारणहरुसंग सम्बन्ध रहेको बताउछँ।
१. थकान
धेरै टिभी वा दिनैभरी कम्प्यूटरको स्क्रीनमा हेरिरहँदा विशेष गरी हाम्रो आँखामा बढी दवाव पर्ने भएकोले आँखा फरफराउने समस्या देखा पर्न सक्छ। साथै शारीरिक थकान पनि आँखा फरफराउने एक कारण बन्न सक्छ।
२. तनाव
हामी सबैलाई केहि न केहि तनावले सताइरहेको हुन्छ, यसरी अत्याधिक तनाव हुँदा शरीरले विभिन्न किसिमबाट प्रतिक्रिया दिने गर्दछ, र आँखा फरफराउनु पनि शरीरले दिने एक किसिमको प्रतिक्रिया हो भन्न सकिन्छ। विशेष गरी हेराइ सम्बन्धी समस्या (माइग्रेन, कमजोर दृष्टि) हुनेहरूको आँखा बढी फरफराउने गर्दछ।
३. आँखामा दवाव
धेरै बेर सम्म कुनै वस्तुमा लगातार हेरिरहँदा पनि आँखामा बढी दवाव पर्न जान्छ, र आँखाको मांशपेसीलाई फेरि सुचारु गर्नको लागि पनि फरफराउने हुन्छ। यदि तपाईँको आँखा दुख्ने समस्या छ भने अथवा लामो समयदेखि चस्मा लगाउनुहुन्छ र एक्कासी चस्मा लगाउन छोड्नुभयो भने पनि आँखा फरफराउने हुन्छ।
४. मध्यपान
अत्याधिक मदिरापान गर्नाले पनि आँखा फरफराउने स्थितीको सृजना हुन सक्छ भन्ने अधिकांश चिकित्सकहरूको धारणा रहेको छ।
५. सुक्खा आँखा
अधिकांश गरी वृद्धवृद्धाहरूको आँखा सुक्खा भएर चिप्रा आउने अनि आँखा फरफराउने समस्या देखा पर्दछ। विशेष प्रकारको औषधीको सेवन गर्ने, लागूपदार्थको सेवन गर्ने, डिप्रेसनको औषधी सेवन गर्ने, कन्ट्याक्ट लेन्सको प्रयोग गर्ने तथा धेरै मध्यपान गर्ने व्यक्तिहरूको सुक्खा आँखा हुने समस्या आउँदछ। यसरी धेरै आँखा सुक्खा हुने समस्याले पनि आँखा फरफराउने हुन्छ।
६. असन्तुलित भोजन
चिकित्सकहरूको सल्लाह अनुसार, खानामा विशेष किसिमका पौष्टिक तत्वहरूको कमी भएमा आँखा फरफराउने हुन्छ। दैनिक भोजनमा म्याग्नेसियमको कमी भएमा परेलामा कम्पन हुने हुन्छ। तथापी, यो तथ्यमा कुनै वैज्ञानिक प्रमाण भेट्टिएको छैन।
७. एलर्जी
कसै-कसैलाई धुँवा, धूलो तथा चर्को प्रकाशले गर्दा आँखामा एलर्जी हुने हुन्छ। यही एलर्जीको कारण नै शरीरले आँखा फरफराएर प्रतिक्रिया प्रदर्शन गर्ने गर्दछ। आँखाको एलर्जी हुँदा चिलाउने, सुन्निने तथा आँखा रसाउने पनि हुन्छ, अनि जब हामीले आँखा मिच्दछौँ, यसले आँखाका तन्तूहरूबाट ‘हिस्टामिन’ (Histamine) नामक तरल पदार्थ र आँशु पैदा गराउँदछ। चिकित्सकहरूको धारणा छ कि, यो हिस्टामिनले नै हाम्रो आँखा फरफराउने समस्या आउँदछ।
८. अनिन्द्रा
धेरै रातसम्म निदाउन नपाउँदा, अथवा अनिन्द्राको समस्या छ भने पनि बिहानको बेला आँखाको परेला फरफराउने गर्छ
आँखा फरफराउने समस्यालाई कसरी रोक्ने?
कुनै ठेट कारण नभएको हुँदा यसलाई रोक्ने ठेट उपायको पनि अभाव नै छ। तैपनि, के कारणले गर्दा तपाईँको आँखा फरफराउन थाल्छ, त्यसलाई विचार गरेर रोकथाम गर्न सकिने चिकित्सकहरू बताउँछन्। अधिकांश समय, केहि छिनमै आँखा फरफराउन छाड्दछ, तर यदि धेरै समयसम्म नै फरफराएर समस्या दिने गर्छ भने तुरुन्तै चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।
साधारण रोकथामका उपायहरूः
के कारणले आँखा फरफराउँछ, विचार गर्नुहोस् त त्यो कारणलाई सकेसम्म कम गर्ने कोशिस गर्नुहोस्।
अत्याधिक मध्यपान गर्ने बानी छ भने, बिस्तारै कम गर्दै लैजानुहोस्। साथै, धेरै क्याफिन तथा धुम्रपानको कारणले आँखा फरफराएको हो भने पनि त्यसको सेवनलाई घटाउन सकिन्छ।
धेरैले यसलाई रोक्नको लागि परेलाको माथिपट्टि सानो कागजको टुक्रालाई टाँसेर राख्ने गर्छन्, यो पनि राम्रो उपाय हो, किनभने, त्यसको वजनले आँखाको कम्पनलाई अलिकति भएपनि कम गराउँदछ।
नियमित सन्तुलित भोजनको आहार गर्नुहोस्। आफ्नो भोजनमा, सबै प्रकारका पौष्टिक तत्वहरू समेट्ने गरी मिसाएर खाँदा उचित हुन्छ।
सबैलाई अवगत होस्, दिनमा प्याकेटका हानीकारक खानाहरू खानुभन्दा बरु एउटा स्याउ खानुहोस्। यसरी दैनिक एउटा स्याउ खानुभयो भने, त्यसैले बिस्तारै तपाईँको शरीरमा भएका अधिकांश समस्याहरूलाई कम गर्दै लैजान्छ।
आँखा अत्याधिक फरफराउन थाल्यो भने, त्यसलाई बेवास्ता गरेर नबस्नुहोस्, यसले आँखाको मांशपेसीको क्यान्सरलाई पनि सङ्केत गरिरहेको हुन सक्छ। त्यसैले बेलैमा अस्पताल गएर जँचाउनुहोस्।
#http://nepaliheadlines.com/
महिलाद्धारा सेक्स पहल नगर्ने धेरै कारण हुन्छन् जस्तो—सेक्सको इच्छा नहुनु, पार्टनर सँग मतभेद, घर बाहिरको शारीरिक एवं मानसिक बोझ, सेक्सको बारेमा गलत धारणा आदि । यस्ता तमाम कुराहरु हुन्छन् जुन स्त्रीलाई सेक्स पहल गर्नबाट रोक्दछ ।
हाम्रो सामाजिक ढाँचा यसप्रकारको रहेको छ की आज पनि सेक्समा पुरुषको इच्छालाई सर्वोपरी मानिन्छ । छोराहरु यस्तो माहोलमा हुर्के बढेका हुन्छन् जहाँ उनीहरुको मनपर्ने र नपर्ने चिजलाई धेरै महत्व दिइन्छ । यसैमा स्त्रीहरुलाई सेक्समा पहल गर्ने कुरा धेरै पछाडी छुट्दछ । धेरैजसो पतीहरु आफ्नो पत्नीलाई उनीहरुको इच्छा पूर्तिको जरिया (माध्यम) मान्दछन् । त्यसैकारण सेक्सको बारेमा महिलाहरु आफ्नो इच्छाको बारेमा कहिल्यै खुलेर सोच्न र भन्न सक्दैनन् ।
पुरुषको लागि सेक्स जरुरत हो, जबकी महिला सेक्स भन्दा भावनालाई धेरै महत्व दिन्छन् ।
आज पनि हाम्रो समाजमा यो सोच बनिरहेको छ की सेक्समा महिलाले पहल गर्नु हुँदैन, यसलाई गलत मानिन्छ । यहाँ सम्मकी पार्टनर महिलाको चरित्रमा शंका गर्न सक्दछ र दाम्पत्य जीवनमा खटपट आउन सक्दछ ।
कयौ पटक महिला दिनभरीको कामको थकान वा कुनै मानसिक समस्याको कारणले सेक्समा पहल गर्दैनन् ।
हाम्रो रुढीबादी सोच, पाबंन्दी, बर्षौदेखि चलिआएको संस्कारले पनि नारीलाई यस्तो गर्न रोक्दछ ।
केही महिला बाल्यकालदेखिनै धेरै पूजापाठ र धार्मिक कर्मकान्ड आदिमा पूर्ण रुपले समर्पित रहन्छन् । यही सिलसिला विवाहपछि पनि रहिरहन्छ । यी मध्ये केहीको नजरमा सेक्स केवल बंश बढाउने र बच्चा पैदा गर्न मात्र गर्नु पर्छ भन्ने सोच रहन्छ ।
सबैलाई सही जीबनसाथी मिल्छ भन्ने जरुरी हुँदैन । पति आफ्नो सपनाको राजकुमार जस्तो नहुनु वा जवर्जस्ती बिवहा वा अनिच्छाले जोडिएको सम्बन्धले पनि सेक्सुअल लाइफलाई नराम्रो सँग प्रभावित पार्दछ र पत्नीलाई पहल गर्नबाट रोक्दछ ।
आफ्नो जीवनमा पति र आफ्नो सेक्सुअल लाईफ भन्दा बच्चा र परिवारलाई धेरै महत्व दिने महिलाहरुको पनि कमी छैन । अक्सर जब नारी आमा बन्दछन् उनीहरुको पुरै दुनियाँ धेरै हदसम्म बच्चाको देखभालमा बित्दछ ।
कहिलेकाँही सानोतिनो रोग जस्तो—रुघाखोकी, ज्वरो आदिको कारणले पनि सम्बन्ध राख्ने इच्छा हुँदैन ।
यौनशिक्षा निकै जरुरी हाम्रो समाजमा एक वर्ग छ जुन सेक्सको बारेमा खुलेर कुरा गर्दछ त दोस्रो वर्ग यसबाट परहेज गर्दछ । यी सबको लागि सेक्स एजुकेशन धेरै जरुरी हुन्छ । आज पनि सेक्सको मामलामा हामी खुलेर कुरा गर्दैनौ । त्यसमा पनि तपाइ महिला हुनुहुन्छ त अझ दोहोरो मापदण्ड झेल्नुपर्दछ । आज केवल ५ प्रतिशत महिलाहरु मात्र सेक्समा आफ्नो इच्छा वा अनिच्छा बताउँदछन्, जबकी ९५ प्रतिशत चुप लाग्ने र नरुचाउने रवैया अपनाउँछन् । सेक्समा पहल गर्न नरुचाउँने सबैभन्दा ठूलो कारण संस्कृतिको डर, आधा अधुरो सेक्स जानकारी, पतिको चरित्रमा अँौला उठाउने डर आदि हुन् । यदि पति केयरिंग, पत्नीको भावना सम्झने र उसलाई उचित मान सम्मान दिनेवाला भएमा स्थिति बदलिन्छ । .एजेन्सी