१८ चैत, काठमाडौं । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छन् ।
कोरोना भाइरसबिरुद्ध लडाईमा देशलाई समर्थन गर्न मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरुका नाम यसअघि नै नामसूचीमा दर्ता भइसकेको छ । सोमबार गायक अदनान सामीले रकम खुलासा नगरी मुख्यमन्त्री राहत कोषमा आफ्नो समर्थन र योगदान र्पुयाउने घोषणा गरेकी हुन् ।
यसैगरी बलिउड क्षेत्रका अक्षय कुमार, कपिल शर्मा, शिल्पा शेट्टी, राजकुमार राव, वरुण धवन, विक्की कौशल, आलिया भट्ट र सारा अली खानले कोभिड –१९ विरुद्धको लडाईलाई समर्थन गर्न सहयोग र्पुयाउने घोषणा गरिसकेका छन् ।
भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस फैलिन नदिन २१ दिनको ‘लकडाउन’ को घोषणा गरेका थिए । भारतमा यस सङ्क्रमणबाट ३२ जनाको ज्यान जानुको साथै १ हजार २५१ सङ्क्रमित रहेका छन् ।
The post कोरोना कोषमा लता मंगेशकरद्वारा भारु २५ लाख सहयोग appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal https://bit.ly/2wOniTS
via IFTTT
१३ चैत, एजेन्सी । नायिका संजीदा शेख आफ्नो व्यक्तिगत जीवनको विषयलाई लिएर सधैँ चर्चामा आउनेगर्छिन् । केहीदिन अघि उनको पति आमिर अलीसँग सम्बन्ध बिच्छेदको खबर आएको थियो । अब भने उनी एक अर्को युवकसँग डेट गरिरहेको भारतीय मिडियाहरुले लेखेका छन् ।
स्पटब्वाईका अनुसार संजीदाको अहिले नायक हर्षवर्धन राणेसँग सम्बन्ध अघि बढिरहेको छ । दुईबीचको सम्बन्ध साथीभन्दा माथि पुगिसकेको समाचार उल्लेख छ । यद्यपि संजीदाले भने हर्षवर्धनलाई साथीमात्र भनेकी छन् । उनले भनिन्, ‘उ एकदमै राम्रो को–स्टार हो र मिल्ने साथी पनि ।’
आमिर अली र संजीदा शैखको सम्बन्धमा फाटो आएको कुरा लामो समयदेखि चलिरहेको थियो । यसैबीच दुबैको एक बच्चा भएको कुरा पनि बाहिर आएको छ । बच्चा संजीदाले नजन्माई, सेरोगेसीमार्फत जन्माइएको थियो । यद्यपि उनीहरुले भने यसको बारेमा मिडियामा केही पनि बताएका छैनन् । संजीदा अभिनित ‘बस एक बार तुम्को’, ‘तुम आओगे’, ‘अजनवी’ लगायतका गीतलाई युट्युबमा करोडौंपटक हेरिएको छ ।
The post पतिसँग छुट्यो सम्बन्ध, अब यी नायकसँग डेट गर्दैछिन् संजीदा ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal https://bit.ly/33MrT5b
via IFTTT
१३ चैत, काठमाडौं । ४ वर्षअघि प्रदर्शन भएको चलचित्र ‘प्रेमगीत’ ले नयाँ कीर्तिमान कायम गरेको छ । चलचित्र युट्युबमा २ करोड भ्युज पाउने नेपालकै पहिलो फिल्म बनेका छन् । यसअघि कुनैपनि नेपाली चलचित्रले यतिधेरै युट्युब भ्युज पाएका थिएनन् । यद्यपि गीतहरुले भने यसअघि नै करोडौँ भ्यूज पाइरहेका छन् ।
२०७२ माघ २९ गते प्रदर्शनमा आएको चलचित्र युट्युबमा भने २०७३ असार ३ गते रिलिज भएको थियो । युट्युबमा रिलिज भएको ३ वर्षपछि चलचित्रले २ करोड भ्युज पाएको हो । चलचित्रको डिजिटल अधिकार किनेको ओएसआर डिजिटलले चलचित्र नेपालको पहिलो २ करोड भ्युज पुगेको चलचित्र भन्दै सामाजिक सञ्जालमा राखेका हो । उसो त चलचित्रकी नायिका पूजा शर्माले पनि २ करोड भ्युज पुगेको खुसी सामाजिक सञ्जालमार्फत साटेकी छन् । चलचित्र क्षेत्रमा पुजालाई ‘प्रेमगीत’ले दर्शकहरुले याद गर्ने नायिकाको रुपमा परिचित गराएको थियो ।
सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । आशुषेन फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको चलचित्रमार्फत नायक प्रदीप खड्काले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए । उनलाई पहिलो चलचित्रले नै नेपाली दर्शकहरुमाझ परिचित बनाएको थियो । चलचित्रले एकदमै राम्रो ब्यापार गरेको थियो । त्यसबेला निर्माता सन्तोष सेनले त्यसअघि ‘चंखे शंखे पंखे’बाट भएको नोक्सान पनि ‘प्रेमगीत’बाट उठाएको चलचित्र नगरीमा राम्रै चर्चा चलेको थियो ।
The post ४ वर्षपछि ‘प्रेमगीत’को नयाँ कीर्तिमान appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal https://bit.ly/2UBdfJY
via IFTTT
१३ चैत, काठमाडौं । कोरोना भाइरसको जोखिमका कारण देशभर सतर्कता बढिरहेको बेला पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका सांसद गगनकुमार थापा मिडियाहरुमा छाउन थालेका छन् । उनले सरकारको राम्रा कामको समर्थन गर्दै कोरोना भाइरसको रोकथामको लागि सरकारलाई विभिन्न सुझावहरु पनि दिइरहेका हुन्छन् ।
एनले सरकारलाई विभिन्न सुझावहरु दिन थालेपछि सामाजिक सञ्जालमा उनलाई तत्कालै मन्त्री बनाउनुपर्ने कुरा उठ्न थालेको छ । पछिल्लो समय उनको संक्रियतालाई देखेर केही नेपाली कांग्रेसका कार्यकर्ता र केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनलाई मन्त्री बनाउनुपर्ने कुरा उठाएका हुन् । उनलाई मन्त्री बनाउनुपर्ने कुरा सामाजिक सञ्जालमा उठेपछि हास्यकलाकार एवं चलचित्र निर्माता दीपकराज गिरीले उनी मन्त्री बन्न नसक्ने बताउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । दीपकले गगन थापा कमजोर टीमको राम्रो स्टाइकर भएको बताउँदै विश्वकपमा स्टाइकर राम्रो भएर खेल्न नपाउने र टीम नै चयन हुनुपर्ने उल्लेख गरेका छन् ।’ उनले लेखेका छन्ः
थापाले हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्लापत्र लेख्दै परीक्षणको दायरालाई फराकिलो बनाउनको लागि अनुरोध गरेका थिए । उनी सरकारको हरेक सकारात्मक कदममा साथ दिन तयार रहेको बताउँदै आएका छन् भने सरकारले तुरुन्त एक्सनमा जानुपर्नेमा पनि जोड दिइरहेका छन् । हिजोमात्रै उनले एक मिडियामा अन्तर्वार्ता दिँदै सरकारले ७२ घण्टाभित्रमा संक्रमितको साङ्लो (चेन) ब्रेक गर्नुपर्ने बताएका थिए । त्यसो गर्न नसकिएमा आइसोलेसन र क्वारेन्टाइन बेड बनाएर मात्र रोक्न सम्भव नरहेको चेतावनी दिएका छन् ।
The post ‘गगन थापा कमजोर टीमका राम्रा स्टाइकर हुन्’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal https://bit.ly/2UGGQ4w
via IFTTT
१२ चैत, काठमाडौं । ऋतिक रोशन र सुजैन खानको सम्बन्ध बिच्छेद भएको धेरै समय भयो तर यि दुईको मित्रता कहिल्यै अन्त्य भएन । ऋतिक र सुजैन दुवैले एक अर्काको लागि सँधै अडान लिइरहेका छन् । उनिहरु प्रायः आफ्ना बच्चाहरूको लागि सँगै देखिन्छन् । यस पटक पनि बच्चाको लागि फेरि एक साथ आएका छन् । ऋतिक रोशन र सुजैन खान २१ दिनको लकडाउनमा सँगै हुनेछन् ।
ऋतिकले पूर्वपत्नी सुजैनको प्रशंसा गर्दै उनको फोटो सहित सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट शेयर गरेका छन् । यस पोष्टमा सुजैन आफ्ना बच्चाहरूको लागि केहि समयको लागि घर फर्किएको बताएका छन् । यो कठिन समयमा आफ्ना बच्चाहरुलाई आफ्ना आमा बाबुबाट टाढा नहुन भनेर सुजैन घर आएको उनले बताएका छन् ।

‘देश लकडाउनको समयमा रहेको बेला आमाबुवा आफ्ना बच्चाबच्चीसँग बस्नु अकल्पनीय हो,’ उनले सुजनको एक तस्बिर राख्दै लेखेका छन्, ‘बच्चाहरु आफ्ना बाआमासँग समान हिसाबले बस्न पाउनुपर्छ, सुजनले अस्थायी रुपमा घरबाहिर आउने निर्णय गरिन् ताकी बच्चाहरुले आफ्ना बुवाआमासँग सँगै समय बिताउन् पाउन् । यो सुजनको एक प्यारो तस्बिर हो ।’
उनले अगाडि लेखेका छन्, ‘यतिधेरै सहयोगी र समझदारी देखाएकोमा सुजैनलाई धेरै धन्यवाद । हाम्रा बच्चाहरुले त्यो कहानी बनाउनेछन्, जुन हामीले बनाउँछौँ । आफ्ना आफन्त र प्रियजनको स्वास्थ्यको लागि हामी सबै खुसी, सुखी र आफसमा प्रेमिल वातावरण बनाइराखौँ ।
The post ‘लकडाउन’का कारण ऋतिकको घरमा बस्न आईन पूर्वपत्नी सुजैन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal https://bit.ly/2JeKhtX
via IFTTT
७ चैत, एजेन्सी । बलिउडकी चर्चित गायिका कनिका कपुर कोरोना संक्रमित भएकी छन् । लखनउको एक अस्पतालमा उनको उपचार भइरहेको छ ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार गायिका कनिका लन्डनबाट भारत आएकी थिइन् । कोरोना भाइरसको लक्षण देखिएपछि गरिएको स्वास्थ्य परीक्षणपछि उनमा संक्रमित भएको पुष्टि भएको हो ।
कनिकाले ‘बेबी डल’, ‘चिटियाँ कलाइयाँ’ जस्ता कैयौं हिट गीत गाएकी छन् । उनी मार्च १५ मा लन्डनबाट उत्तर प्रदेशको राजधानी लखनउ आएकी थिइन् । लखनउमा उनले सयभन्दा बढी आफन्त तथा शुभचिन्तकलाई पार्टी दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
The post बलिउड गायिका कनिका कपूर कोरोना संक्रमित appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal https://bit.ly/2Uhb6CM
via IFTTT
६ चैत, काठमाडौं । कोरोना भाइरसका कारण विश्व आक्रान्त बनिरहेको बेला संक्रमणको रोकथाम र नियन्त्रणको लागि सरकारले बैशाख १८ गतेसम्म सिनेमाहल लगायत अन्य सार्वजनिक स्थानहरुमा भेला हुन रोक लगायो ।
सिनेमाहलमा रोक लगाएसँगै त्यसको प्रत्यक्ष असर प्रदर्शनरत चलचित्रका निर्माता निर्देशकहरुलाई परेको छ । प्रदर्शन मिति पक्का गरेर आक्रमक प्रचारप्रचारमा लागिसकेका निर्माता निर्देशकहरुको पीडा एसईईको विद्यार्थीको भन्दा कम छैन ।

त्यस्तै पीडामा रहेको चैत २८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्रले आफ्नो चलचित्र अर्को सूचना जारी नहुन्जेलसम्मको लागि प्रदर्शन स्थगित गर्ने जनाएको छ । बिहीबार चलचित्रका निर्माता अर्जुन कुमारले एक विज्ञप्ति जारी गर्दै दर्शकहरुसँग क्षमा मागेका छन् ।
नेपालमा एकजनामा देखिएपनि उपचार भइसकेको कोरोनाका कारण हालसम्म विश्वभर २ लाख २५ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये ९ हजार २ सय ७७ जनाको मृत्यु भइसकेको छ भने ८५ हजार ८ सय ३१ जना उपचारपछि घर फर्किएका छन् ।
The post ‘चपली हाइट ३’को विज्ञप्ति– ‘दर्शकसँग क्षमा चाहान्छौँ’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/33uSbJ3
via IFTTT
५ चैत, काठमाडौं । विश्वमै महामारीको रुप लिइसकेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न नेपाल सरकारले सम्पूर्ण सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो नियन्त्रण गरेको हो ।
सरकारले सिनेमा हलसँगै साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० अर्थात २०७७ बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने बताइएको छ ।
डेढ महिना सिनेमाहल बन्द गर्ने निर्णयसँगै चैत्र २८ गते रिलिज हुने तयारीमा रहेका २ चलचित्र ‘चपली हाइट ३ र प्रेमगीत ३’को रिलिज मिति प्रभावित हुँदा बैशाखको १२ गतेलाई रिलिज मिति तय गरिएको चलचित्र ‘लप्पन छप्पन २ र हिजो आजका कुरा’को पनि प्रदर्शन मिति पछि सर्ने निश्चित छ ।
विश्वभर २ लाखभन्दा धेरै मानिस कोरोना भाइरसको संक्रमण भइसकेको छ । यस्तै ८ हजार २ सय मासिनको मृत्यु हुँदा ८२ हजार मानिस उपचारपछि घर फर्किएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी चीनमा ३ हजार २ सय ३७ र इटालीमा २ हजार ५ सय ३ जना रहेका छन् । अन्य देशहरुमा पनि कोरोनाभाइरसको संक्रमण उच्च देखिएको छ । नेपालमा अहिलेसम्म १ जनाका कोरोनाभाइरसको संक्रमण देखिएपनि उपचारपछि घर फर्किइसकेका छन् ।
The post डेढ महिना सिनेमाहल बन्द, यी चलिचित्र प्रत्यक्ष प्रभावित appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2UkXnLi
via IFTTT
४ चैत, एजेन्सी । मुम्बईमा एक २८ वर्षीय कास्टिङ डाइरेक्टरले अभिनेत्रीको व्यक्तिगत फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरुमा २७ वर्षीया अभिनेत्री आफ्नो ब्वाइफ्रेन्डसँग थिइन् । आरोपित युवकको नाम महावीर उर्फ नकुल भनिएको भारतीय मिडिया पिटीआईले लेखेको छ ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीका अनुसार पीडित भनिएकी अभिनेत्रीको ब्वाइफ्रेन्ड पनि कास्टिङ डाइरेक्टर हुन् । केही समयअघि पीडित महिलालाई महावीरले एक सिरियलको लागि तीन लाख रुपैयाँ दिएका थिए । तर पछि सिरियलको काम शुरु नभएपछि महावीरले उक्त रकम फिर्ता मागे र पीडित युवतीको ब्वाइफ्रेन्डको मोबाइल थुते ।
अभिनेत्रीले प्रहरीसँग आफ्ना तस्बिरहरु सार्वजनिक गरेको कुरा बताएकी थिइन् । प्रहरीले घटनालाई गम्भीरताका साथ अनुसन्धान गर्नको लागि आरोपी महावीर उर्फ नकुललाई पक्राउ गरेको हो । उनीविरुद्ध आईटी ऐनको धाराअनुसार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
स्मरण रहोस्, २०२० को शुरुवातमा नै प्रहरीले तीनवटा यौनअपराध सम्बन्धी घटनाको भण्डाफोर गरिसकेको छ, जुन सबै बलिउडसँग सम्बन्धित छ । केही समयअघि पनि प्रहरीले एक कास्टिङ डाइरेक्टरलाई यौनअपराधकै आरोपमा पक्राउ गरेको थियो ।
The post अभिनेत्रीको व्यक्तिगत तस्बिर सामाजिक सञ्जालमा लिक, निर्देशक पक्राउ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/3b5OWdN
via IFTTT
३ चैत, एजेन्सी । शाहरुख खानकी छोरी सुहाना खान आजकल एकदमै चर्चामा छिन् । उनले हालसालै आफ्नो इंस्टाग्राम एकाउन्ट सार्वजकि गरेकी छन् ।
इंस्टाग्राम एकाउन्ट सार्वजनिक गरेलगत्तै उनको एकाउन्टमा लाखौँ फ्यानहरुले उनलाई फलो गरिसकेका छन् । उनले इंस्टाग्राम एकाउन्टमा कमेन्ट सेक्सन भने नदेखिने बनाएकी छन् ।

स्मरण रहोस्, सुहाना खानमाथि कैयौँपटक ट्रोल भएकी छन् । उनी अहिले खासै मिडियामा आउन चाहँदिनन् तर पनि उनको व्यक्तिगत जीवनको बारेमा भने समाचाहरु आइरहेका हुन्छन् । कतिपय मानिसहरुले उनलाई ट्रोलसमेत गरेका छन् ।
कसैले उनलाई फिमेल शाहरुख खान भन्नेगरेका छन् भने कसैले घमण्डी पनि भन्ने गरेका छन् । इंस्टाग्राममा कमेन्ट सेक्सन बन्दगरेसँगै अब फ्यानले जे बोलेपनि उनलाई फरक नपर्ने देखिएको छ ।
The post ट्रोलबाट डराइन् शाहरुख खानकी छोरी, इंस्टाग्राममा यो फिचर बन्द appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2wdty7n
via IFTTT
१ चैत, काठमाडौं । नेपालको पहिलो कमेडी च्याम्पियन हिमेश पन्त बनेका छन् । शनिबार राजधानीको च्यासलमा रहेको कमेडी च्याम्यिनको स्टुडियोमा भएको कार्यक्रममा धादिङ घर भएका पन्त बिजेता बनेका हुन् ।
बिजेता पन्तले २५ लाख रुपैयाँको साथमा डाटसन रेडीगो गाडी प्राप्त गरेका छन् । साथै उनले डिभान युनिसेक्स सैलुनमार्फत १ लाख रुपैयाँ प्राप्त गरेका छन् । उनले खड्गबहादुर पुनमगर र सुमन कोइरालालाई भोटमार्फत पराजित गर्दै कमेडी च्याम्पियन बनेका हुन् ।
The post हिमेश पन्त बने कमेडी च्याम्पियन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/38W1HWV
via IFTTT
३० फागुन, काठमाडौं । विश्व स्तरकै नयाँ रियालिटी शो ‘द लिडर’ को जजमा शृंखला खतिवडा समेत हुने भएकी छन् । लामो समय अगाडी घोषणा गरिएको कार्यक्रममा बाबुराम भट्टराई, शुशिला कार्की, रविन्द्र मिश्र निर्णायक हुने बताइएको थियो । रबि लामिछानेले कार्यक्रम संचालन गर्ने बताइएको थियो । साथै अन्य २ निर्णायक थप्ने योजना थियो ।
यहि अनुरुप केहि समय पछि प्रदीप गिरी र प्रदिप नेपाललाई अन्य २ निर्णायक भनेर घोषणा गरिएको थियो । तर अहिले भने रमेश खरेल र शृंखला खतिवडाका साथै अडिसन स्थलमा एक जनाले छान्ने बताइएको छ । शृंखला पछिल्लो समय टिममा जोडिएकी हुन् । उनले सामाजिक संजालमा पोस्ट गर्दै शोमा जोडिएको बताएकी छन् । तर कोरोना भाइरसको कारण अडिसनको सुरुवात ढिला हुन सक्ने विषयमा सामाजिक संजालमा पोस्ट गर्दै जानकारी दिने बताईएको छ । जसको लागी सरकारी संस्थासंग समेत समन्वय गरिने छ ।
उनी लेख्छिन्,’म द लिडर अडिसन’ को निर्णायक बनेको खबर सार्वजनिक गर्न पाउदा उत्साहित भएकी छु ।’ मेन स्ट्रिम टेलिभिजन, त्यो पनि निर्णायकको भूमिकामा देखिनको लागि निर्णय लिन झन्डै ६ महिना खर्चेकी छन् रे उनले । मुल्यांकन र तर्कको आधारमा निर्णयमा पुगेको बताएकी छन् । यो उनको लागि सजिलो निर्णय थिएन ।
मार्च २१बाट सुरु हुने भनिएको भए पनि कोरोना भाइरस .को कारण यसको अडिसन मिति परिवर्तन हुन सक्छ । उनले यो शोले राजनीतिक नेता मात्रै बनाउने नभएर राजनीति संगै ब्यापार, कानुन, इन्जिनियरिङ, कृषि लगायत जुनसुकै विषयमा पनि नेतृत्व विकास गर्न सक्ने भन्दै सो कार्यक्रमले राजनीतिक नेता नै जन्माउछ भन्नु गलत भएको बताएकी छन् । गाउँ गाउँमा पुगेर राजनेता खोज्न कै लागी शो आयोजना गरिएको बताईएको छ ।
The post नेता छान्ने रियालिटी शो ‘द लिडर’मा श्रृंखला जज appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2vk2T8H
via IFTTT
२९ फागुन, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारी घोषणा गरेको कोरोना भाइरसका कारण दिल्लीका सम्पूर्ण शैक्षिक संस्था र सिनेमा घरहरु बन्दको घोषणा गरिएको छ । मुख्यमन्त्री अरबिन्द केजरीवालले बिहीबार मार्च ३१ सम्मका लागि दिल्लीका सम्पूर्ण शैक्षिक संस्था र सिनेमा घरहरु बन्दको घोषणा गरेका हुन् ।
मुख्यमन्त्री केजरीवाललाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले लेखेको छ, ‘दिल्लीका सबै सिनेमा हलहरू मार्च ३१ सम्म बन्द रहनेछन् । परीक्षा नभएका विद्यालय र कलेज पनि बन्द रहनेछन् ।’ भारतमा बिहीबारसम्म ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । वर्ल्डमिटरका अनुसार भारतमा बिहीबारमात्रै ११ जना नयाँ संक्रमित फेला परेका छन् ।
हल बन्द हुने भनेसँगै केही चलचित्रहरुको कमाई असर पर्ने भएको छ । त्यस्ता सिनेमाहरुमा १३ मार्चदेखि प्रदर्शनमा आउन लागेको अंग्रेजी मिडियम, २० मार्चदेखि प्रदर्शनमा आउन लागेको सन्दीप और पिंकी फरार र २४ मार्चमा रिलिज हुने सूर्यवंशीलाई असर गर्ने भएको छ । यद्यपि चलचित्रको विषयबस्तु राम्रो भएमा अन्य प्रदेशको प्रर्दशनले पनि राम्रै कमाइ गर्नेछ ।
The post दिल्लीका सिनेमा हल १९ दिन बन्द, यी ३ फिल्मलाई ठूलो घाटा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2U42O12
via IFTTT
२९ फागुन, काठामाडौं । नेपाली अभिनेत्री जेनिशा केसी अभिनित पञ्जाबी गीत सार्वजनिक भएको छ । उनले ‘फ्यान्टम बोलिया’ बोलको गीतमा अभिनय गरेकी छिन् ।
पभी घुमानको स्वर तथा शब्द रहेको गीतमा गुर सिधुले संगीत भरेका छन् । भिन्टेज रेकर्ड्ज को प्रस्तुति रहेको गीतको भिडियो लाई साभियो सन्धुले निर्देशन गरेका हुन् ।
उनले ‘गिरफ्तार’, ‘फ्ल्यास ब्याक’ र ‘दोस्ती’ जस्ता नेपाली चलचित्रमा अभिनय गरेकी छन् । चलचित्रमा खासै चर्चा कमाउन नसकेपछि जेनिशा अहिले दुबइमा छिन् । उनी त्यहाँ व्यवसाय गरिरहेकी छिन् ।
The post भारतीय गीतको भिडियोमा नेपाली नायिका appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2TJLhwb
via IFTTT
२९ फागुन, काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी फागुन १५ गते विवाह गरेका थिए । नायिका प्रियंकाले विवाह पछि आफ्नो थरमा देशराज श्रेष्ठ थपेकी छिन् । त्यस्तै आयुष्मानले पनि आफ्नो थरमा कार्की थपेका छन् । अब उनीहरुको नाममा ४ वटा थर भएको छ ।
बिहेपछि आफ्नो इन्टाग्राम अकाउन्टमा प्रियंकाले आयूष्मानको थर थपेकी थिइन् । त्यसलगत्तै आयूष्मानले पनि प्रियंकाको थर जोडेका हुन् । आयूष्मानको थर पहिल्यैबाट तीनवटा थिए । उनका बुवा जोशी हुन् भने आमा देशराज श्रेष्ठ लेख्ने गर्छिन् ।
आयूष्मानकी आमा रविनाका बुवा पञ्जाबी (देशराज) हुन् भने आमा नेपाली (श्रेष्ठ) हुन् । रविनाका बुवाले पनि आफ्नी पत्नीको थर जोडेर देशराज श्रेष्ठ लेख्ने गर्थे । आयूष्मानको नाममा ‘देशराज’ उनै मावली हजुरबाबाट ट्रान्सफर भएर आएको हो ।
रविनाका पूर्वपति चाहिँ जोशी हुन् । आयूष्मानले बुवा र आमा दुवैको थर प्रयोग गर्दै देशराज जोशी श्रेष्ठ लेख्ने गरेका थिए । अहिले प्रियंकाको कार्की थर पनि थप्नु परेपछि उनले सर्टकटमा लेख्न थालेका छन् । अहिले इन्स्टाग्राममा उनको नाम आयूष्मान डीएसके (देशराज, श्रेष्ठ, कार्की) जोशी छ । प्रियंकाले चाहिँ इन्स्टामा प्रियंका कार्की डीएस जोशी लेख्न थालेकी छन् ।
The post प्रियंका र आयुष्मानलाई थरको ‘भारी’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/3cSA3xa
via IFTTT
२६ फागुन, काठमाडौं । तेश्रो संस्करणको नेपाल आइडल बिजेताले पाउने पुरस्कारको घोषणा गरिएको छ । शुक्रबार प्रसारित कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले पुरस्कारको घोषणा गरेका हुन् ।
थापाका अनुसार आइडलका बिजेताले ५० लाख रुपैयाँ रुपैयाँ पाउनुका साथै एउटा गीतको म्युजिक भिडियो निर्माण गरिने छ । यस्तै दोश्रो हुनेले १० लाख रुपैयाँ र तेश्रो हुनेले ५ लाख रुपैयौँ पाउने अध्यक्ष क्याप्नेट थापाले जनाएका छन् । साथै उनीहरु सबैजना विश्वभ्रमणमा जानेछन् ।
नेपाल आइडलको पहिलो सिजनका प्रतिस्पर्धीहरुको पुरस्कारको विषय विवादित बनेसँगै अन्नपूर्ण मिडिया नेटवर्कलले दोश्रो सिजनदेखि पहिले नै करको विषय स्पस्ट पार्ने गरेको छ । पहिलो सिजनमा आयकरको विषय नटुङ्ग्याउँदा आइडल केही विवादित बन्न पुगेको थियो ।
The post नेपाल आइडलका बिजेताले पाउने पुरस्कार घोषणा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/38yVwb2
via IFTTT
२६ फागुन, काठमाडौं । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को ग्राण्ड फिनाले चैत १ गते हुँदैछ । फागुन १२ र १३ गते प्रसारण भएको एपिसोडमा कार्यक्रमको ग्राण्ड फिनाले १ गते गर्ने घोषणा गरिएको थियो । घोषणा भएसँगै फिनालेको तयारी पनि तीब्र पारिएको छ ।
फिनालेमा शोबाट तीनजनामा प्रतिस्पर्धा गर्नेछन् । सुमन कोइराला, हिमेश पन्त र खड्ग बहादुर पुनले शोको फिनालेमा पुगेका छन् । तीनै प्रतिस्पर्धी अहिले भोट माग्न आफ्ना गृहजिल्ला पुगेका छन् । उनीहरुले आ–आफ्नो तरिकाले भोट माग्दै गर्दा फिनाले भने च्यासलस्थित आफ्नै स्टुडियोमा दिउँसो ४ बजेदेखि शुरु हुने कार्यक्रमका निदेशक बिशाल भण्डारीले जानकारी दिए ।
कार्यक्रममा सहभागी हुनेले ईसेवामार्फत टिकट काट्न सक्ने निर्देशक भण्डारीले जानकारी दिए । टिकटको बुुकिङ सोमबारदेखि शुरु गरिएको हो । उनका अनुसार आयोजकले एउटा टिकटको मूल्य ३ हजार रुपैयाँ राखेको छ । उक्त मूल्यभित्र ककटेल डिनर पनि समावेश छ । ग्राण्ड फिनालेमा महानायक राजेश हमाल, हरिवंश आचार्य र मदनकृष्ण विशेष अतिथिको रुपमा रहनेछन् ।
The post चैत १ मा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले, टिकट अत्याधिक महंगो appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2wD2Rcm
via IFTTT
२६ फागुन, काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागहरुमा होली मनाइँदैछ ।
कोरोना भाइरसको जोखिमका कारण सार्वजनिक स्थानमा होली नखेल्न सरकारले निर्देशन दिएता पनि सर्वसाधारणहरुले परिवार, आफन्त र साथीहरुसँग भेला भएर खेलिरहेका छन् । यद्यपि गतवर्षभन्दा सडकमा सर्वसाधारणको संख्या भने कम देखिएको छ ।
सर्वसाधारणसँगै पूर्वराजपरिवारले पनि होली मनाएका छन् । पूर्वराजकुमार पारस शाह र हिमानी शाहकी छोरी पूर्णिका शाहले पनि होली मनाएकी छन् । उनले आफ्ना अन्य तीनजना साथीसँग होली मनाएकी हुन् ।
उनले होली खेलेको तीन तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । अघिल्ला दुई तस्बिरहरुमा सेतो लुगा लगाएर होली खेलेकी उनको तेश्रो तस्बिरमा भने राताम्मे देखिएकी छन् । उनले आफ्ना साथीहसँग रङ र पानी छ्यापाछ्याप गरेर होली मनाएकी छन् ।
The post पारस र हिमानकी छोरीको होली (३ तस्बिर) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2TBjAWA
via IFTTT
२३ फागुन, काठमाडौं । अमेरिकाकी ‘फस्ट लेडी’ मेलानिया ट्रम्पका १८ वर्षअघि पुरानो एक फोटोशुट सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
फोटोमा मेलानिया एक फायरम्यान –अग्निनियन्त्रक)लाई चुम्बन गर्दै गरेकी देखिएकी छन् । विवाहअघि मेलानिया मोडलिङ गर्थिन् र उनले यो फोटाशुट सन् २००२ मा न्यूयोर्क पोस्टले लिएको थियो ।
म्यागजिनको यो कभर, त्यो समयमा ९÷११ आक्रमणमा गज्जबको काम गर्ने एक अग्निनियन्त्रकप्रति समर्पित गरिएको थियो । न्यूयोर्क पोस्टले अहिले फेरि १८ वर्ष पुरानो म्यागेजिनको कभर फोटो सेयर गरेको छ । यो फोटोसुटको दौरान मेलानिया ट्रम्पसँग डेट गरिरहेकी थिइन् । ट्रम्प त्यो समयमा एक रियलस्टेट बिजनेशमा काम गरिरहेका थिए ।
न्यूयोर्क पोस्टले उक्त तस्बिर राख्दै आफ्नो वेबसाइटमा लेखेको छ, ‘न्यूर्योकको एक रियलस्टेट डेभलपरसँग डेट गरिरहेकी स्लोवेनियाकी एक महिलालाई उक्त फोटोसुटको लागि छानिएकी थिइन्, उनको नाम मेलानिया नाउज हो । मेलानियाको उक्त रियल स्टेट डेभलपरसँग २ वर्षपछि विवाह भएको थियो ।’
मेलानियासँग तस्बिरमा देखिएको डेनियल नाम गरेका उक्त युवक अहिले पनि न्यूयोर्कमा काम गरिरहेका छन् । फोटोसुटको क्रममा डेनियललाई मेलानियाको बारेमा सोधिएको थियो तर उनले चिनेका थिएनन् । पछि उनलाई डोनाल्ड ट्रम्पको गर्लफ्रेन्ड भन्द उनी चकित परेका थिए ।
The post ट्रम्पको श्रीमतीको १८ वर्षअघिको फोटोशुट किन भाइरल ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2TreoV0
via IFTTT
२३ फागुन, काठमाडौं । वर्षकै प्रतिक्षारत चलचित्रहरुको सूचीमा रहेको चलचित्र ‘चपली हाइट ३’ को टीजर सार्वजनिक भएको छ । ट्रेलरमा गज्जबको एक्सन र थ्रिलर देख्न सकिन्छ । चैत २८ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्रमा ब्याकमेल र अपराधको प्रसङ्ग जोडिएको हुनसक्ने टीजर हेरेर अनुमान गर्न सकिन्छ ।
निकेश खड्काको निर्देशनमा बनेको चलचित्र अर्जुन कुमारले निर्माण गरेका हुन् । चलचित्रमा निकेश र अर्जुनको यो दोश्रो सहयात्रा हो । यसअघि निकेशसँग अर्जुनले ‘फाटेको जुत्ता’मा सँगै काम गरिसकेका छन् । स्वयं अर्जुन र सुवास भुषालको संगीत रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी र दिर्घ गुरुङको सम्पादन छ ।
चलचित्रलाई काठमाडौं उपत्यका भित्र स्टेशन फाइभ र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ । चलचित्र टीजर आउनुअघि नै अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भइसकेको छ । २५ हजार अस्ट्रेलियन डलरमा बाबा कन्सलटेन्सीले उक्त अधिकार किनेको थियो ।
अर्जुन कुमार फिल्म्स् प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रमा अर्पण थापा, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, प्रतिकमान श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा आकाश बरालको लेखन तथा संवाद रहेको छ ।
The post ‘चपली हाइट ३’ टीजरः एक्सन र थ्रिलरको गज्जब तालमेल appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/38pxajX
via IFTTT
