Loading...
Loading...
चरीलाई प्रयोग गरेर व्यापारीसँग रकम असुल्थिन् उनकी प्रेमिका खुश्बु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं, साउन २२ – प्रहरीसँगको मुठभेडमा मारिएका चर्चित डन दिनेश अधिकारी उर्फ चरीले प्रेमिका खुश्वु ओलीलाई ठगी धन्दामा प्रयोग गर्ने गरेको रहस्य खुलेको छ । घटनालाई राजनीतिकरण गरेर प्रहरी विरुद्ध जनमत सृजना गर्ने अभियानमा जुटेकी खुश्वुले विभिन्न व्यापारीहरुलाई लाखौं ठगेको समेत खुलेको छ । ओलीले अर्पण कोइरालासँगको प्रेम सम्बन्ध चिसिएपछि डन चरीतिर लागेर विभिन्न व्यक्तिहरुलाई ठगी गर्दै आएको खुलेको हो । वलीले बिभिन्न व्यक्तिहरुलाई सरसापटको नाममा पैसा लिएर ठगी गर्ने गरेको रहस्य खुलेको हो ।

अर्पणसँग सम्बन्ध टुटेपछि डन चरीसँग नजिकिन पुगेकी वलीले चिनजानेका ब्यापारी तथा मिटर ब्याजमा पैसा लगानी गर्नेसँग सरसापटको नाममा पैसा लिने र फिर्ता नगर्ने गरेको आरोप उनीमाथि लागेको छ ।

मिस टिनको विजेता समेत रहेकी वलीले पछिल्लो समय न्यूरोडका ब्यापारी अमित मित्तललाई ५० लाख ठगी गरेकी छिन् । सापटको नाममा लिएको रकम फिर्ता नदिएपछि मित्तलले प्रहरीमा जाने बताएपछि मोडल वलिले आफ्नो ब्याईफ्रेन्ड चरीलाई प्रयोग गरी मित्तललाई थर्काउन लगाएकी थिइन् ।

चरीको धम्की आएपछि मित्तल प्रहरीमा नगइकन फसेको पैसा उठाउन अर्का डन गणेश लामाको भाई राकेश लामाको शरणमा पुगेका थिए । डन–डनको वारपछि वलीलाई केहि नगर्ने शर्तमा चरीले ३० लाख फिर्ता गरेको तथा बाँकी २० लाख राकेश लामाको नाममा कागज गरिएको थियो । त्यस्तै अर्पण कोइरालाको नाममा रहेको स्कोडा गाडी समेत वलीले बैंकबाट लिलामको फर्जी कागजात तयारपारी आफ्नो नाममा नामसारी गर्न समेत सफल भएको भइन् ।

चरीको डरले आफ्ना पूर्व प्रेमिकासँग गाडी फिर्ता लिन कोइरालाले सकेका थिएनन् ।

अर्का गुण्डा राधे भण्डारीलाई खुकुरी प्रहार गरेपछि चरी फरार भएका थिए । त्यसको मौंका छोपेर कोइराला गाडि उपलब्ध गराईदिनु प¥यो भन्दै एसएसपी रमेश खरेलको शरणमा पुगेका थिए । चंडोलस्थित खुश्वुको घरबाट प्रहरीले गाडी बरामद गरेर उनलाइक्षर्् हनुमानढोका ल्याएको पनि थियो । तर खुश्वुले उक्त गाडि कोइरालाको नभई आफूले बैंकबाट लिलाम सकारेको दाबी गर्दै बागमति अञ्चल यातायात कार्यलयबाट जारी बिलबुक एसएसपी खरेलको अगाडी पेश गरेपछि खरेलले गाडी फिर्ता गराएका थिए ।

पछि मिटर ब्याजमा क्यासिनोका जुवाडेलाई पैसा लगानी गर्ने क्यासिनो किङका नामले चिनिने बलराम सापकोटाका भाई मिलनसँग लिएको ५० हजार रुपैयाँ फिर्ता नर्गदा मिलनले खुस्बुको स्कोडा गाडि नियन्त्रणमा लिएका थिए ।

अहिले आफूले गरेको ठगी नदेख्ने खुश्बुले चरी मारिएकोप्रति विभिन्न सञ्चारमाध्यमहरुमा डिएसपीद्वय सोमेन्द्र सिंह राठौर, प्रजित केसी, इन्सपेक्टर कुमुद ढुंगेल र अर्पण कोइरालाको नाम मुछेर घटनालाई अतिरञ्जित र राजनीतिकरण गर्न लागिपरेकी छन् ।

के–के बरामद भए चरीबाट ?

भिमढुंगामा प्रहरीसँगको भिडन्तमा परी मारिएका डन चरीबाट मेड इन यूएसए लेखिएको लोड गरिएको अवस्थामा अटोमेटिक पेस्तोल एक थान, गोलीको खोका पाँच थान, म्यागेजीन १, बुलेट थान ३, लाईभ राउण्ड थान १,मोटर साईकलको व्ल्यु बुक थान १,कालो र सुनौलो रंगको राडो घडी थान १, नगद २६,७८० र आईफोन मोबाईल सेट थान १ बरामद भएको छ ।

.ratopati

भिडियो हेर्न तल क्लिक गर्नुहोस :



- Feed Source from hamro naya khabar http://ift.tt/V0ql2m

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.