Loading...
Loading...
मन्त्रीले काम नगरेकोप्रति गगनको असन्तुष्टि: ‘विपीले १५ सालमा यसो गर्नुभएको थियो भनेर कति भन्नु ?’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका मन्त्रीहरुले काम गर्न नसकेको बताएका छन् । आज (शनिबार) कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दैै उनले पार्टीका नेता र मन्त्रीहरुले काम नगरेको कारण विपीले १५ सालमा गरेको कामको ब्याज खाइरहनु परेको बताएका हुन् । कांग्रेसले उद्योग, सहरी विकास, कानुन, स्वास्थ्यजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएर पनि काम हुन नसकेको उनको भनाई थियो ।

‘उद्योग मन्त्रालय हामीले चलाएका छौं, सहरी मन्त्रालय हामीले चलाएका छौं । स्वाथ्य मन्त्रालय, कानुन मन्त्रालय हामीले चलाएका छौं । सिंगो सरकारका बारेमा गर्न सकिँदैन ल, कांग्रेसको नेतृत्वमा चलाएको मन्त्रालयबाट दिनमा एउटा काम गरेर नागरिकले यतिधेरै सुखको अनुभूति गर्न पाउन कि गाउँ–गाउँमा, चोक–चोकमा, चौतारामा कांग्रेसका साथीहरु १० जना मान्छेको भीडमा गएर फुर्ती लगाउन पाइयोस् न ।’ उनले भने, ‘हिजो मेरो पार्टीको नेता फलानो मन्त्रालयमा हुँदै गर्दा यो मन्त्रालयको तर्फबाट यो निर्णय गरियो भनेर छाती ठोक्न पाइयोस् न । त्यहाँ गएर विपीले १५ सालमा यसो गर्नुभएको थियो भनेर कति भन्नु ?’

प्रदेशका मुख्यमन्त्री मन्त्रालय भागबण्डा नपुगेको मन्त्रालय थप्न भनेर काठमाडौं धाइरहेको उनको भनाई छ । उनले प्रदेशप्रति वितृष्णा बढिरहेको अवस्थामा यसो नगर्न पनि उनले आग्रह गरे ।

‘मैले सुनेको छु– प्रदेशको मुख्यमन्त्री काठमाडौं आइराख्नु भएको छ । यहाँको मन्त्रीको भागबण्डा मिलेन थप्नुपर्यो भनेर लागिरहनु भएको छ,’– उनले भने ।

कांग्रेसलाई ०८४ को निर्वाचनमा निहुरिएर टिकट माग्ने नबनाउन उनले आग्रह गरे । उनले काम गरेर देखाएर भोटमा हाम्रो अधिकार छ भनेर छाती ठोकेर भन्नसक्ने बन्नसमेत उनले आग्रह गरे । कांग्रेसले राम्रा काम गरेमा गौडा–गौडामा ढुकेर बसेका नक्कली राजावादी आफैं भाग्ने उनले बताए ।

‘०८४ सालमा धेरै हात जोडेर निहुरिएर भोट माग्ने होईन । छाती पिटेर हामीले काम गरेको आधारमा हामीलाई नदिए कसलाई दिने भनेर आधार हामीले बनाउन पर्नेछ, बनाउने हो ।’ उनले भने, ‘यति कुरा गरेर चलाउँ त गाडी, गौडा–गौडामा ढुकेर बसेका नक्कली सक्रिय राजावादी आफैं भाग्छन् । धेरै केही भन्न पर्दैन । हाम्रो लाईन लामो भयो भने अर्काको लाईन आफैं छोटो हुन्छ । आफ्नो लाईन तान्न सकेन भने अर्काको रेखा मेट्छु भनेर लागेर केही पनि हुँदैन ।’ F

The post मन्त्रीले काम नगरेकोप्रति गगनको असन्तुष्टि: ‘विपीले १५ सालमा यसो गर्नुभएको थियो भनेर कति भन्नु ?’ appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/47GjIaP via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.