भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै दलहरुबाट प्रतिवद्धता व्यक्त भएको बताएका छन् । १२ बुँदे पक्षधर दलहरुको बैठकबाट बाहिरिने क्रममा उनले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरुको समीक्षात्मक बैठक भएको र संविधान र व्यवस्थाप्रति सबै दलहरु प्रतिवद्धर रहेको बताएका हुन् ।
‘यो अलि विशेष बैठकनै हो । देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरुको समीक्षात्मक बैठक थियो । यो बैठकमा एउटा राम्रो र खुसीको कुरा के भयो भने– संविधानप्रति, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको एउटैखालको प्रतिवद्धता व्यक्त भयो,’– उनले भने ।
यस्तो प्रकारको बैठकको आयोजना पहिलो चोटी भएको उनले बताए । यस्ता प्रकारका समीक्षात्मक बैठकलाई निरन्तरता दिनुपर्छ भन्नेमा दलहरुबीच समझदारी बनेको पनि उनले बताए ।
यो बैठक कसैप्रति त्रास भएर नगरिएको उनको भनाई छ । ‘समय आएको छ, सामान्य समीक्षा गरौं’ भनेर बैठक गरिएको उनले बताए । आफूहरु कसैसँग नतर्सिएको उनले बताए ।
The post संविधान र व्यवस्थाप्रति सबै दलहरु प्रतिवद्धर रहे : प्रधानमन्त्री दाहाल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/465DZ86 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

