Loading...
Loading...
जाजरकोट र रूकुम पश्चिममा गरी ६४ जनाको मृत्यु भएको छः प्रहरी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

जाजरकोट ।  जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी ६४ जनाको मृत्यु भएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकालका अनुसार आज बिहान ५ बजेसम्मको विवरणअनुसार दुई जिल्लामा गरी ६४ जनाको मृत्यु भएको हो।

‘रूकुम पश्चिममा २७ जना र जाजरकोटमा ३६ जनाकोम मृत्यु भएको भन्ने बिहान ५ बजेसम्मको रिपोर्ट छ,’ डिआइजी ढकालले सेतोपाटीसँग भने।

दुबै जिल्लामा गरी ९७ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिएका छन्। राहतको काम जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने डीआइजी ढकालले जानकारी दिए।

भूकम्प लगत्तै प्रदेश प्रहरी कार्यालयबाट ३६ जनाको उद्धार टोली राति नै परिचालन गरिएको डिआइजी ढकालले जानकारी दिए। त्यस्तै २० जना चौरजहारीबाट र २० जना अन्य सिमानाका प्रहरी कार्यालयहरूबाट राति नै उद्धार टोली पठाइएको उनले बताए।

भूकम्पका कारण केही क्षेत्रहरू केही गाउँपालिकामा टेलिफोन सेवा पनि अवरूद्ध भएका छन्। रूकुम पश्चिम र जाजरकोटको सिमाना पर्ने रिम्ना भन्ने ठाउँमा पहिरोका कारण सडक अवरूद्ध भएको पनि डिआइजी ढकालले जानकारी दिए।

The post जाजरकोट र रूकुम पश्चिममा गरी ६४ जनाको मृत्यु भएको छः प्रहरी appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3MsYBQt via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.