भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई हटाउनुपर्ने बताएका छन्। ओखलढुंगामा आइतबार गुरू लुइँटेल स्मृति पार्क उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारले जनतालाई नहेरेको बताए।
‘अहिलेको सरकार बसिरहन हुन्छ? तपाईंहरू भन्नुस् त, यस्तो सरकार राख्न हुन्छ?,’ ओलीले प्रश्न गरे, ‘तपाईं-हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि यसलाई टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो।’
सरकारले जनता नहेरेको तर सुन हेरिरहेको ओलीको आरोप छ। ‘यति नालायक जनता हेर्दैन, सुनतिर हेर्छ,’ ओलीले भने।
‘बुढाबुढीले आशीर्वाद दिनुहुन्थ्यो- माटो छुँदा अन्नै होस्। ढुंगा छुँदा द्रव्य होस् भनेर अहिले त जे छोयो त्यही सुन,’ उनले भने, ‘माओवादी नेतृत्वको सरकार। क्रान्तिकारी र परिवर्तनकारी सरकार। कस्तो, भ्रष्टाचारी र तस्करी।’
देशमा हिंसा भड्काउने प्रयास भइरहे पनि सरकार हेरेर बसेको उनको आरोप छ। अहिलेको सरकारले नौ महिनामा केही काम नगरेको ओलीको आरोप छ। ‘यो सरकारले नौ महिनामा एउटा सिन्को पनि भाँचेन,’ उनले भने, ‘एउटा कानुन बनेको छैन संसदबाट।’
सुन तस्करी रोक्न एमालेले संसदबाट माग गरे पनि त्यसबेला संसद अवरोध गरेर कानुन बनाउन नदिएको भन्ने हल्ला चलाइएको उनको भनाइ थियो। प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीन भ्रमणमा जाँदा संसद रोकिएको उनको भनाइ छ।
The post यो सरकारलाई जुनसुकै तरिकाले भए पनि टिपेर मिल्काउनुपर्छ: अध्यक्ष ओली appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RA5FOS via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

