भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र बेथिति निम्त्याउन खोज्ने व्यक्तिहरूलाई आफूले राम्ररी चिनेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले बेथितिविरूद्ध लड्छु भनेर रास्वपामा लाग्ने तर पार्टीभित्रै बेथिति निम्त्याउँन उद्यत व्यक्तिहरूलाई नेतृत्वले चिनेको बताएका हुन्।
उनले त्यस्तो प्रवृत्ति भएका व्यक्तिहरूलाई पर पुगेर विदा गर्नुभन्दा आजै विदा गर्दा ठिक हुने बताए।
‘स्वार्थ लिएर जोडिनुभएको भए त्यस्ता पार्टीहरू बजारमा छ्यापछ्यापती छन्। तिनको ढोकासम्म म आफै पुर्याइदिउँला, रास्वपामा ठाउँ छैन,’ उनले भने।
सभापति लामिछानेले रास्वपामा जोडिनु उम्मेदवार बनिहाल्नु नभएको पनि स्पष्ट पारेका छन्। रास्वपाबाट सांसद, मेयर, उपमेयर, वडाध्यक्षको उम्मेदवार हुँ भन्दै केही मानिसहरू हिँडेको आफ्नो जानकारीमा आएको बताउँदै लामिछानेले पार्टीमा प्रवेश गराउनु उम्मेदवारको कन्फरमेसन नभएको बताए।
त्यसैका लागि पार्टीमा जोडिनेहरूको यात्रा लामो समय नजाने पनि उनले बताए।
‘किनकी यो पार्टी कुनै साधारण परिस्थितिमा जन्मिएको पार्टी होइन, यो पार्टी कसैलाई पोस्न पाल्न बनेको होइन। नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागि हो,’ उनले भने।
उनले रास्वपामा राम्रा मान्छे नजोडिए मिसन ०८४ सफल नहुने पनि बताए। वडादेखि केन्द्रसम्म सही उम्मेदवार उठाइएको अवस्थामा देशको कुनैपनि शक्तिले रास्वपालाई हराउन नसक्ने लामिछानेको दाबी छ।
उम्मेदवार र पदाधिकारी छनोट गर्दा लिगलिगकोटमा दौडिएर राजा भएजस्तै दौडिएर पहिले जो आयो उ राजा हुने भनेजस्तो नहुने उनले बताए।
‘त्यस्तो भयो भने, सदस्यता किन्न सक्ने पैसाको बिटो बोकेर हिँडेको मान्छे लिएर पार्टी बनाउन लाग्यौं भने भएको २१ सिट पनि जोगाउन सकिँदैनं,’ उनले भने, ‘हामी ०८४ सम्म आफू बन्ने अभियानमा छैनौं पार्टीलाई बनाउने हो।’
The post पार्टीभित्र बेथिति निम्त्याउन खोज्नेहरूलाई चिनेका छौं: रवि लामिछाने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/458bHtk via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

