भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफ्नै पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा सत्यतथ्य छानबिनर गरेर कारबाही गर्न अगाडि बढाउन निर्देशन दिएको बताएका छन्।
आइतबार बारा २ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सांसद् श्रेष्ठको अडियो प्रकरणमा सत्यतथ्य छानबिनर गरेर कारबाही गर्न अगाडि बढाउन निर्देशन दिएको बताएका हुन्।
आफूहरुले भ्रष्टाचारको बारेमा आवाज उठाइरहेको बेलामा आफ्नै सांसदको अडियो टेप सार्वजनिक भएको कुरा सामाजिक सञ्जालबाट थाहा पाएको उनले बताएका छन्।
‘अडियो सार्वजनिक हुने बित्तिकै मैले पार्टी पंक्तिमा निर्देशन दिइसकेको छु। ७२ घण्टाभित्र छानबिन गरेर कारबाही अगाडि बढाउनू भनेर अल्टिमेटम दिएको छु,’ उनले भने, ‘मैले ७२ घण्टे अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो। अब ७० घण्टाभित्र सत्यतथ्य छानबिन गरेर कारबाही गर्न नसके मलाई यही गढीमाईमा बलि दिनुहोला।’
रास्वपाका सांसद् श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो विभिन्न सञ्चारमाध्यममा आइतबार सार्वजनिक भएको थियो।
The post रबि भन्छन्, ‘७० घण्टाभित्र छानबिन गरेर कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनुहोला’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3o1pFNk via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

