Loading...
Loading...
सरकारी निकायमा नेपालमा उत्पादित सोफा प्रयोग गर्नु पर्छ : मन्त्री लामा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले सरकारी निकायमा नेपालमा उत्पादित सोफा प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

सोफा उत्पादक सङ्घको प्रारम्भिक साधारणसभाको  उद्घाटन गर्दै उहाँले सरकारी निकायमा स्वदेशमा उत्पादित सोफा प्रयोग गर्ने वातावरण निर्माण गरे मात्र मुद्रा विदेशिनबाट जोगिने बताउनुभयो ।

“विदेशी सोफा नेपालमा भित्र्याउने वातावरण अन्त्य गर्नका लागि स्वदेशमा उत्पादित सोफालाई प्रोत्साहन गर्नुपर्छ, यसका लागि बागमती प्रदेश सहयोग गर्न तयार छ”, उहाँले भन्नुभयो । मन्त्री लामाले सोफा उत्पादनका लागि आवश्यक पर्ने जनशक्ति निर्माणका लागि बागमती प्रदेशले तालिम दिन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री लामाले रोजगारीका लागि विदेश जाने श्रमशक्तिलाई तालिम प्रदान गरेर पठाउन सकिए देशको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सोफा उत्पादक सङ्घका नवनिर्वाचित अध्यक्ष तारालाल धरेलले सोफाका लागि आवश्यक कच्चा पदार्थ भित्र्याउनका लागि सरकारले सहुलियत दिनुपर्ने बताउनुभयो । उहाँले स्वदेशमा उत्पादित सोफालाई राज्यले प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।

नेपालमा प्रयोग हुने सोफामध्ये ३० प्रतिशत सोफा विदेशबाट आयात हुने गरेको बताउँदै विदेशबाट आयात हुने सोफालाई प्रतिस्थापन गर्न सरकार लाग्नुपर्ने अध्यक्ष धरेलको भनाइ छ । कार्यक्रममा नेपाली कांग्रेस धादिङका नेता वासुदेव तिमल्सिना र राजन बुर्लाकोटीले वेरोजगार युवालाई स्वदेशमा रोजगारी प्रदान गर्न सरकार लाग्नुपर्ने बताउनुभएको थियो ।

सोफा उत्पादक सङ्घको अध्यक्षमा धरेल

सोफा उत्पादक सङ्घको आज सम्पन्न प्रारम्भिक साधारणसभाबाट सोफा हव काठमाडौँका प्रोपाइटर तारालाल धरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

सङ्घको उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा सुरेश अम्गाई, कोषाध्यक्षमा दीपेन्द्र धरेल, सदस्यमा सुजन ढकाल, मनोज साउडी, रेमन नेपाली, मोहन दनाई, पुरन मगर, ज्ञानेन्द्र धरेल र सत्यन देवकोटा हुनुभएको छ ।

 

 

The post सरकारी निकायमा नेपालमा उत्पादित सोफा प्रयोग गर्नु पर्छ : मन्त्री लामा appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3VgV5vI via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.