भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

२२ चैत। सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिँदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ । पहिले दैनिक तीनदेखि चार मिटर खन्ने गरेकामा अहिले रोकिएको र त्यहाँको भूबनोट कमजोर रहेको र काम गर्दा उपकरणमा बिग्रने समस्या आइरहेको छ ।
यो ठाउँमा यस्तो चट्टान छ भन्ने अनुमान गरिएकामा त्योभन्दा फरक आइरहेको छ । धादिङ र काठमाडौँमा जग्गा प्राप्तिको समस्याको समाधान भइसकेको छैन ।
आयोजनामा तीन अण्डरपास, चार बक्स कल्भर्ट, एक ओभर पास र तीन पुल सकिएको छ । आयोजनामा हालसम्म भौतिक प्रगति ५० दशमलव १५ प्रतिशत रहेको छ । जापान सरकारको ‘सफ्ट लोन’ मा निर्माण भइरहेको सुरुङमार्ग निर्माणको सुरुमा अवधि ४२ महिना थियो ।
नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच विसं २०७६ असोजमा सम्झौता भएर कात्तिकमा सो आयोजना शिल्यान्यास भएको थियो । सुरूङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिक रूपमा हुने जाम हट्ने विभागले जनाएको छ ।
The post नागढुङ्गा सुरुङमार्ग उत्खनन रोकियो appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Kx0RG0 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

