भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री बन्नका लागि मात्रै सरकारमा नजाने प्रतिक्रिया दिएका छन्।
बिहीबार चितवन-२ बाट विजयी भएपश्चात कामठाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले मन्त्री बन्नका लागि मात्रै सरकारमा नजाने प्रतिक्रिया दिएका हुन्।
उनले भने, ‘पहिले सरकारमा जाने कारणहरू हामीले बताएका थियौं। अहिले त्यस्तो कारण नै छैन। हावामा टेकेर जाने कुरा आउँदैन। मन्त्री बन्नका लागि मात्रै सरकारमा जाने पनि होइन।’
यस्तै सभापति लामिछानेले आफू सरकारमा रहँदा ल्याइएको न्यूनतम साझा कार्यक्रममा आफ्ना बुँदाहरु हटाइएको बताउँदै भने, ‘जुन ढंगले न्यूनतम साझा कार्यक्रममा हाम्रा महत्वपूर्ण बुँदा हटाइएको छ, अब हामीले सरकारलाई दिएको समर्थनको औचित्यमा प्रश्न गर्नुपर्ने भएको छ। भ्रष्टाचारको फाइल नखोल्ने हो भने त सरकार पनि हट्न बेर लाग्दैन। हामी थप मजबुत भएर आएका छौं।’
The post सरकारमा सहभागिताबारे रविको टिप्पणी, ‘हावामा टेकेर जाने कुरा हुँदैन’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3oOPG34 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

