Loading...
Loading...
उपनिर्वाचनको मुखमा कांग्रेस, एमाले, माओवादी र जसपाबीच महागठबन्धनको तयारी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । बैशाख १० गते हुने तीन क्षेत्रका उपनिर्वाचनको तयारी तिव्र रुपमा चलिरहेको छ । केन्द्रबाट नेताहरु निर्वाचन क्षेत्र ओर्लिने क्रम जारी छ । चितवन-२, बारा-२ र तनहुँ-१ मा हुने उपनिर्वाचनको लागि कांग्रेस, एमाले, माओवादी केन्द्र र जसपाबीच महागठबन्धनको तयारी भएको छ ।

यसअघि दलहरुले तीन वटै क्षेत्रका लागि आ आफ्ना उम्मेदवार उठाईसकेका छन् । तर, केन्द्रमा भने चुनावको मुखमा महागठबन्धन बनाउने तयारी भएको छ। रास्वपाका उम्मेदवारलाई रोक्नको लागि नै प्रमुख दलहरुबीच महागठबन्धनको तयारी भएको छ । उच्च स्रोतकाअनुसार पछिल्लो समय प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा उपनिर्वाचनको विषयमा पनि छलफल भएको थियो ।

सभामुख देवराज घिमिरेको उपस्थितिमा बस्दै आएको तीन दलका शीर्ष नेताहरुको बैठकमा संक्रमणकालिन न्याय टुँग्याउने विषय र संवैधानिक परिषद्को बैठकमार्फत प्रधानन्यायाधीशको नियुक्त गर्ने विषयमा छलफल हुँदै आएको बताईएको छ । तर, यसको अलावा शीर्ष तीन नेताहरुबीच बैशाख १० गतेको उपनिर्वाचनको विषयमा पनि छलफल भएको स्रोतको दाबी छ । आजमात्रै पनि शीर्ष नेताहरुबीच उपनिर्वाचनमा महागठबन्धन गर्ने विषयमा छलफल भएको हो ।

तीन नेताले चितवन-२ मा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेलाई सघाउने, तनहुँ-१ मा कांग्रेसका गोविन्द भट्टराई र बारा-२ मा उपेन्द्र यादवलाई जिताउने सहमति गरेको चर्चा छ । चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने उम्मेदवार छन् । उता, तनहुँ १ मा पनि रास्वपाका डा. स्वर्णिम वाग्ले मैदानमा छन् ।

उता, बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा र रास्वपाका रमेश खरेल चुनावी मैदानमा छन् । सो क्षेत्रमा महागठबन्धन भए जसपाका अध्यक्षसमेत रहेका उम्मेदवार उपेन्द्र यादवलाई सघाउने तयारी भएको छ । महागठबन्धनको टुँगो भने आजै लाग्ने बताईएको छ ।

The post उपनिर्वाचनको मुखमा कांग्रेस, एमाले, माओवादी र जसपाबीच महागठबन्धनको तयारी appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/41hVC31 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.