भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेकपा (एकीकृत समाजावदी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रीको नाम माग्ने बित्तिकै दिने निर्णय गरेको छ।
मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद्मा पहिला आफूले पाउने मन्त्रालयको भागबण्डा टुङ्गयाउने र पार्टीले पाउने मन्त्रालय टुंगो लागेपछि तत्काल बैठक बसेर मन्त्रीको नाम टुंग्याउने निर्णय गरेको हो।
बैठकपछि निर्णयबारे जानकारी दिँदै प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले नाम मागेपछि तत्काल बैठक बसेर निर्णय गर्ने बताएका छन्।
‘पहिला हामीले पाउने मन्त्रालयको टुङ्गो लाग्नुपर्यो, त्यसपछि मन्त्रीको नाम टुङ्गो लगाउने निर्णय भएको छ,’ उपमहासचिव प्रकाश ज्वालले भने।
मन्त्रिपरिषद्मा भागबण्डा र मन्त्रीको नाम टुङ्गो लगाउन बनाएको ३ सदस्यीय कार्यदलका संयोजक तथा अध्यक्ष माधवकुमार नेपालले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीहरुको नाम टुङ्गयाइसकेको सार्वजनिक भएको छ।
अध्यक्ष नेपालले पार्टीबाट मन्त्रिपरिषद्मा उपाध्यक्ष बेदुराम भुषालको नेतृत्वमा अन्य मन्त्रीहरुलाई पठाउने तयारी गरेको सार्वजनिक भएको हो।
पार्टीले भागबण्डा अनुरुप आफ्नो भागमा परेको मन्त्रालयअनुसार प्रथमदेखि क्रमश: उपाध्यक्ष बेदुराम भुषाल, उपमहासचिव प्रकाश ज्वाल, भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रिपरिषद्मा पठाउनको लागि अध्यक्ष नेपालले नाम टुङ्गो लगाइसकेको उनी निकट स्रोतले बताएको छ।
The post अध्यक्ष नेपालको खल्तिमा मन्त्रीको नाम, प्रचण्डले माग्ने बित्तिकै दिने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/40LDQED via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

