Loading...
Loading...
महानगरले पशुपतिका अतिक्रमित संरचना हटाउने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । पशुपतिनाथ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना २४ घन्टाभित्र हटाउन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ ।बुधबार कोषले महानगरलाई एक पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिइ अवैधरुपमा निर्माण गरिएका संरचना, सम्झौताविपरीतका व्यवसाय र अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो । सोहीअनुसार महानगरले बिहीबार अनुगमन गर्दै २४ घन्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।

महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा निर्माण गरिएका संरचनाको निरीक्षणपछि ती संरचना हटाउन निर्देशनसहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो ।धर्मशालाले नक्सा पासविना नै संरचना निर्माण गरेकोसमेत पाएकाले त्यस्ता संरचना हटाउने महानगरले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । यसैगरी पशुपति क्षेत्रमा २० भन्दा धेरै सटर विनादर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको बताइएको छ ।

 

The post महानगरले पशुपतिका अतिक्रमित संरचना हटाउने appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3mpFTiv via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.