भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठुला भनिने नेताहरुले गरिरहेको राष्ट्रदोहन र नितिगत भ्रष्टाचारमा भएको संलग्नताबारे तिब्र रोष प्रकट गरेका छन् । “पुर्ब राष्ट्र प्रमुख र पुर्ब प्रधानमन्त्रीहरु नै आर्थिक सहायताको नाममा नितिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण हो” थापाले भने । आज काठमाडौंमा पार्टी आबद्ध जनबर्गिय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राजाको मायाले नभई गणतन्त्र जस्तो भद्रगोल ब्यबस्थाले गर्दा गणतन्त्र कै विकल्प खोजि गर्दै जनता सडकमा आउन बाध्य हुने तर्क गरे । थापाले मुलुकको अबस्था अत्यन्तै नाजुक भएको कारण देशको अवस्थाले गर्दा ब्यबस्था परिबर्तन हुन सक्ने भन्दै गणतन्त्रका संबाहक हौ भन्नेहरु नसच्चिए दुर्घटना अबश्यमंभाबी भएको दाबी गरे । गरिब जनता सिटामोल खान सक्ने अबस्थामा छैनन् , ठुला नेताहरु ब्रम्हलुटमा लिप्त छन् । थापाले थपे :- “यो दुर्घटनाको सङ्केत हो” । भ्रष्टाचार ,बेरोजगारी ,कुशासन,धर्मपरिबर्तनले आक्रान्त जनता नाङ्गो ब्रम्हलुटबाट आजित भएको बताए । भ्रष्टाचार र संघीयताको भारले मुलुक कङ्गाल भएको भन्दै थापाले देशको न्यायपालिका, कार्यपालिका र ब्यबस्थापिका प्रभाबहिन बन्दै जानू ब्यबस्था नै असफल उन्मुख हुनु हो भन्ने टिप्पणी गरे । उनले नेता,कार्यकर्ताहरुलाई अब सडक संघर्षको लागि तयारिमा लाग्न निर्देशन दिए । कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला लगायत जनबर्गिय संगठनका अध्यक्षहरुले बोलेका थिए ।
The post अबस्थाले ब्यबस्था परिबर्तन गर्छ, गणतन्त्रका संबाहक शक्ति नसच्चिए दुर्घटना appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3IFUa23 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

