Loading...
Loading...
ल्होत्से मलमा तोडफोड र लुटपाट गर्ने थप २९ जना प्रहरी नियन्त्रणमा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

प्रहरीले फागुन १ गते बालाजु-माछापोखरी क्षेत्रमा प्रहरी भ्यान तोडफोड गर्ने र हुलदंगा गर्ने थप २३ जनालाई पक्राउ गरेको छ। यस्तै, गोङ्गबु नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा लुटपाट गर्ने थप ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

यसअघि पनि प्रहरीले दुवै घटनामा संल्गनहरुलाई पक्राउ गरेको थियो। अहिले पनि प्रहरी संदिग्धहरुको खोजीमा छ।

प्रहरी भ्यानमा आगजनी र तोडफोड कसुरमा पक्राउ पर्नेमा वर्ष २१ को गणेश कुमार श्रेष्ठ, वर्ष २२ को विक्रम नेपाली, वर्ष २१ को आकाश भुजेल, वर्ष २८ को सुमन श्रेष्ठ, वर्ष २४ को सुमन लामा, वर्ष २९ को विजय मगर, वर्ष ३० को रन्जित कुमार तामाङ, वर्ष २६ कि संगिता खड्की, वर्ष २० को रबि तामाङ, वर्ष १९ को प्रकाश क्षेत्री, वर्ष २२ को ईलाराज गुरूङ, वर्ष १८ को ईन्द्र तामाङ, वर्ष ३३ को माधव शाही, वर्ष २७ को राजन रावत र वर्ष २८ को हरी शरण तामाङ रहेका छन्।

यस्तै, सोही अभियोगमा वर्ष १९ को सुजन मगर, वर्ष २२ को रोमन नगरकोटी, वर्ष १८ को सुनिल कालिकोटे, वर्ष १८ को सुदिप तामाङ, वर्ष १८ को विकाश गुरूङ, वर्ष २७ को सविधान परियार, वर्ष १९ को केशर राई र वर्ष १९ को कविन खड्गी रहेका छन्।

नियन्त्रणमा लिईएका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरि काठमाडौ जिल्ला अदालतबाट म्याद थप गरि  अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

यस्तै,ल्होत्से मलका मोवाइल पसल लुटपाटमा संलग्न अभियोगमा वर्ष २३ को रोजन डंगोल, वर्ष ३० को सुजन तामाङ, वर्ष २३ को सुवास अधिकारी, वर्ष १९ की जोना चौधरी, वर्ष ३० को रितेश बस्नेत र वर्ष ३० को एमन राई रहेका छन्।

उनीहरुबाट प्रहरीले पावर बैंक, इयरफोन, युएबी केबल, मोबाइल फेला पारेको छ। उक्त घटनाको सम्बन्धमा पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता (ऐन), २०७४ परिच्छेद २० चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौ जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भई रहेको छ।

प्रहरीले घटनामा संलग्न थप एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको र अन्य संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको जनाएको छ।

The post ल्होत्से मलमा तोडफोड र लुटपाट गर्ने थप २९ जना प्रहरी नियन्त्रणमा appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3XDEim8 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.