Loading...
Loading...
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिक पक्राउ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौंको ठमेलबाट दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङ रहेका छन् ।  उक्त कार्यमा संलग्नमध्ये एक जनालाई काठमाडौं ठमेल र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान व्यूरोको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले ३ जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र महिनामा १ हजारदेखि १५ सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ गते काठमाडौंबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्‍याएका थिए ।

त्यहाँ पुर्‍याएपछि बिट क्वाईनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम लगाउनुको साथै २ महिना काम लगाई पीडितहरूबाट उल्टै ३ लाख ९० हजार रकम समेत लिई लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए ।

उनीहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्न कारगार कार्यालय जगन्नाथदेवल सुनधारा चलान गरिएको छ ।

The post मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिक पक्राउ appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3hL7Srb via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.