भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । काठमाडौंका मतदानस्थलबाट मतपेटिका मतणनाको लागि १० स्थानमा लगेर राखिएको छ । अबको केहीबेरमा सर्वदलीय बैठक बसेर मतगणना गरिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन क्षेत्रका दश वटै स्थानबाट मतगणना गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । जसअनुसार क्षेत्र नं १ को अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतगणना गर्ने तयारी भइरहेको छ । क्षेत्र नं २को कागेश्वरी मनोहरा नगरपालिकाको थलिस्थित राधाकृष्ण मन्दिरमा गर्न लागिएको छ ।
क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा र क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा मतगणना गर्न लागिएको छ ।
यस्तै क्षेत्र नं.५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, क्षेत्र नं.६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा र क्षेत्र नं.७ को बालाजुस्थित जुडो हलमा मतगणना गर्न लागिएको छ ।
क्षेत्र नं.८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, क्षेत्र नं.९ को रविभवनस्थित न्याथम कलेजमा र क्षेत्र नं १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गर्ने तयारी भइरहेको छ ।
The post काठमाडौंमा कहाँ- कहाँ हुँदैछ मतगणना ? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Va2f3M via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

