भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । संबिधान र स्वाधिनताको रक्षाको लागि भन्दै गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिएको बाम—लोकतान्त्रिक गठबन्धनको एक घटक नेकपा(माओवादी केन्द्र) को संगठन सम्पर्क समन्वय प्रदेश समितिले चुनावी रणनिति सम्बन्धि १ दिने प्रशिक्षण कार्याक्रम सम्पन्न गरेको छ ।
७७ जिल्ला मध्य उपत्यकाको ३ जिल्लालाई छोडेर ७४ जिल्लाबाट काठमाडौं आई बिभिन्न पेशा ब्यबसाय गरेर बस्ने आफ्ना सदस्य तथा समर्थकहरुलाई भेलागरि आउँदै गरेको चुनावमा बाम–लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने बिषयमा प्रशिक्षण कार्याक्रम भएको हो ।
सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष श्री कृष्ण अधिकारी ( बिबेक ) को अध्यक्षतामा भएको कार्याक्रमको प्रमुख आतिथ्यता नेकपा ( माओवादी केन्द्र )का वरिष्ठ उपाध्यक्ष नारायण काजि श्रेष्ठ ( प्रकाश ) ले गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा ( माओवादी केन्द्र )का सचिव तथा सम्पर्क समन्वय प्रदेश समितिका ईन्चार्ज डिलाराम आचार्य , नेताहरु सत्या पहाडी , कमला दोङ लगायतको उपस्थिति रहेको थियो ।
कार्याक्रममा बोल्ने बक्ताहरुले बिषम परिस्थितिको बिचमा यो गठबन्धन बनेको यथार्थतालाई आत्मसाथ गर्दै माओवादी नेता कार्यकर्ता हरुबाट कहिँ कतै पनि घात गर्न नहुने तथा राजनैतिक ईमान्दारीता प्रस्तुत गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
The post माओवादी निकट सम्पर्क समन्वय समितिको चुनावी प्रशिक्षण कार्याक्रम सम्पन्न appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3yVbJaj via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

