भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

दाङ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अर्थमन्त्री जनार्दन शर्मालाई जनताले सजाय दिने टिप्पणी गरेका छन् । उनले शर्माले व्यापारिक घरानासँगको साँठगाँठमा बजेट ल्याएको आरोप लगाउँदै जनताले अब सजाय दिने बताएका हुन् ।
प्रेस चौतारी दाङले आज (बुधबार) तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले शर्माले बजेट माफियाकरण गरेको आरोप लगाउँदै भने,‘अहिले देउवा र प्रचण्डका नजरमा त उनी चोखिएलान् । तर, जनताले सजाय दिनेछन् ।’ उनले वर्तमान सरकारले मंसिरमा हुनुपर्ने निर्वाचनको मिति घोषणा गर्नपनि अलमल गरेको आरोप लगाए ।
उनले वर्तमान सरकारले देश र जनताको हितमा काम गर्न नसकेको आरोप लगाए । उनले आफूहरु नेतृत्वको सरकारले आर्थिक सूचांक राम्रो अवस्थामा छोडेको पनि स्मरण गराए । उनले एमाले सरकारमा रहँदा विदेशी मुद्राको सञ्चिती राम्रो रहेको पनि तथ्यांक सुनाए । एमालेको सरकारले पुँजीगत खर्च गर्ने मामिलामा पनि अघि रहेको उनको दाबी छ ।
The post जनार्दन शर्मामाथि किन खनिए शंकर पोखरेल ? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3QlHf7Y via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

