Loading...
Loading...
देउवाले केन्द्रीय सदस्य मनोनयन गरेका १० महिला को को
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० जना महिलालाई केन्द्रीय सदस्य मनोनयन गरेका हुन् । आज मनोनयन गरिएका १० जनामा पार्टीका सबै पक्ष समेटिएका छन् ।

महोत्तरीकी किरण यादव प्रथम राष्ट्रपति डा. रामवरण यादवका भतिजी तथा प्रथम राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धीनी हुन् । उनी डा. शेखर कोइराला पक्षमा छिन् ।

काठमाडौंकी राधा धले पनि समेटिएकी छिन् । उनी देउवा पक्षकी हुन् । ललितपुरकी धना खतिवडा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधर हुन् । उनले महिला संघमा लामो समय काम गरेकी थिइन् ।

धादिङ्गकी उर्मिला थपलिया नेविसंघको राजनीतिबाट आएकी हुन् । उनी डा. सशांक कोइराला समूह निकट मानिन्छिन् । मोरङ्गकी रुक्मीणी कोइराला र काठमाडौंकी कल्याणी रिजालको नाम पनि समेटिएको छ । रुक्मिणी शेखर पक्षकी हुन् भने रिजाल प्रकाशमान सिंह निकट हुन् ।

झापाकी गोमा भट्टराई, रुपन्देहीकी गंगा शाही र जुझारु महिलाको रुपमा आफूलाई स्थापित गरेकी लक्ष्मी खतिवडा पनि मनोनित भइन् ।

नवलपुरकी सीता देवकोटा पनि केन्द्रीय सदस्य बनाइएकी छिन् । उनी विगतमा पाल्पाबाट चुनाव लडेर पछिल्लो समय नवलपुरलाई राजनीतिक क्षेत्र बनाएर सक्रिय छिन् । चारैजना देउवानिकट हुन् ।

The post देउवाले केन्द्रीय सदस्य मनोनयन गरेका १० महिला को को appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3A1xS6H via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.