आगामी निर्वाचनमा १० लाख मतदाता थपिन सक्ने आयोगको अनुमान
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । निर्वाचन आयोगले गत स्थानीय चुनावमा भन्दा करिब १० लाख मतदाता थपिने प्रक्षेपण गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कूल मतदाता एक करोड ८५ लाखदेखि ८६ लाखसम्म पुग्ने आयोगको प्रक्षेपण गरेको बताए। गत ३० वैशाखमा सम्पन्न निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “त्यसमा दश लाख मतदाता थपिन सक्छन्।”
सरकारले ४ मंसीरका लागि चुनावको मिति घोषणा गरेसँगै आयोगले मतदाताा नामावली संकलन स्थगित गरेको छ। अनलाइन फारम भरिसकेकाहरूले भने साउन २१ गतेसम्म औंठा छाप लगाउन र फोटो खिचाउन पाउने छन्।
The post आगामी निर्वाचनमा १० लाख मतदाता थपिन सक्ने आयोगको अनुमान appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Qlqtpn via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

