Loading...
Loading...
लोसपा पनि सरकारमा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सरकारमा सहभागी हुने भएको छ । पाँच दलीय गठबन्धनमा भित्र्याउने तयारी भइरहेकै बेला लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी हुने संकेत गरेका छन् ।

नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई पाँच दलीय गठबन्धनमा भित्र्याउने गृहकार्य गरिरहेकै बेला महतोले यस्तो संकेत गरेका हुन् ।

पछिल्लो समय प्रधानमन्त्री देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुर, महतोसहितका शीर्षनेतासँग छलफल गर्दै गठबन्धन र सरकारमा सहभागी हुन प्रस्ताव गरिसकेका छन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनअघि नै लोसपालाई पाँच दलीय गठबन्धनमा भित्र्याउने तयारी भएको थियो । तर, सो प्रयास असफल भएपछि देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि नै लोसपालाई भित्र्याएर गठबन्धनलाई अझै बलियो बनाउने प्रयास गरेका छन् ।

जपान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएपछि लोसपालाई गठबन्धनमा भित्र्याउनेबारे निर्णय हुने कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्दबहादुर कार्कीले जनाएका छन् ।

The post लोसपा पनि सरकारमा appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3SJtRMy via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.