Loading...
Loading...
माओवादी केन्द्रको सम्पर्क समन्वय समिति बिशेष प्रदेश प्रचार प्रसार तथा प्रकाशन बिभागको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । देश भरका ७४ जिल्लाबाट काठमाडौं उपत्यकाको ३ जिल्लामा आई अस्थायी रुपमा बसोबास,रोजगारी तथा पढाई गरिरहेका आफ्ना कृयाशिल कार्यकर्तालाई पार्टीको मुख्य संगठानिक संरचना भित्र राखेर अगाडी बढाउन नेकपा(माओवादी केन्द्र) ले बिधानमै उल्लेख गरेर आधिकारीक संगठन बनाएको सम्पर्क समन्वय समिति बिशेष प्रदेशले आफु मातहतका सबै समितिहरुलाई चलायमान बनाउँदै अगाडी बढाएको छ ।
नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य डिलाराम आचार्य ईन्चार्ज रहेको यो संगठनको अध्यक्ष श्री कृष्ण अधिकारी ( बिबेक )तथा सह ईन्चार्ज झक्कु प्रसाद सुबेदी हुनुहुन्छ ।
कार्य सहजताको लागि सम्पर्क समन्वय समिति बिशेष प्रदेशले बिभिन्न आयोग ,उप समिति र बिभागहरु गठन गरेको छ । आज सोहि अन्तरगतको प्रचार प्रसार तथा प्रकाशन बिभागको बैठक बसि बिभिन्न प्रस्ताव उपर छलफल तथा निर्णयहरु गरेको थियो ।
समितिका ईन्चार्ज डिलाराम आचार्यको प्रमुख आतिथ्य तथा अध्यक्ष श्रीकृष्ण अधिकारी (बिबेक)को बिशेष आतिथ्य र बिभागको प्रमुख सुनिता रोकाय को अध्यक्षतामा बैठक बसि बिभिन्न उप समितिहरु समेत निर्माण गरेको थियो ।
बैठकले यहि साउन १४ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बाट संबोधन हुने प्रशिक्षण कार्यक्रमलाई भब्य बनाउन कार्यकर्ता परिचालनगर्न मातहतका समितिहरुलाई निर्देशन दिने तथा केहि बर्ष देखि रोकिएको मेची महाकाली आवाजलाई पुन निरन्तरता दिदै प्रकाशनगर्ने समेत निणर्य गरेको छ ।
पार्टीका हरेक गतिबिधिलाई आम कार्यकर्ता र नागरिक सामु पुर्याउन अहिले सहजरुपमा प्रयोग गर्न सकिने हरेक टेक्नोलोजि लाई प्रयोग गर्न पार्टीको टेक्नालोजि बिभाग संग बसेर बिशेष योजना बनाउन बैठकले उपसमितिलाई निर्देशन समेत दिएको छ ।
बैठकले पार्टी केन्द्र बाट मनोनित बिभागका प्रमुख र उप प्रमुखको कार्य सहजताको लागि पुष्पराज भट्टराई लाई सचिव पदमा चयन गरेको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3v94YzU via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.