भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

बालेन्द्र साहले काठमाडौं महानगरपालिकाको मेयर भएपछि पहिलोपटक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै परम्परा जोगाउने विषयलाई प्राथमिकतामा राखेका छन् । उनले ऐतिहासिक बागदरबारलाई भत्काउने पूर्वमेयर विद्यासुन्दर शाक्यको निर्णयलाई उल्टाएर रेट्रोफिट गर्ने कार्यक्रममा उल्लेख गरेका छन् ।
बसस्टपहरुमा परमपरागत फल्चा निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् । फल्चा बसिबियालोका लागि परम्परागत रुपमा प्रयोगमा आउने गथ्र्यो । तर, ती विस्तारै लोप हुँदै गएका छन् ।
स्थानीय रक्सीको ब्रान्डिङ गर्ने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ । उनले पानी पुनर्भरणका लागि कार्यालयका खाली परिसरमा पोखरी र रिभर्स बोरिङ निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् । उपत्यकामा पोखरी लोप हुँदै गएका छन् ।
यसैगरी, बालेन साहले हरेक आइतबार जनतासँग मेयर कार्यक्रमको घोषणा गरेका छन् । कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्रको नियमन पनि महत्वका साथ राखिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3OlXfpm via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

