Loading...
Loading...
जनतालाई सेवा गर्ने काममा कुनै कमजोरी नगर्नुहोला : अध्यक्ष ओली
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह ‘समृद्ध नेपाल र सुखी नेपाली’ निर्माणको आधारभूत ठाउँ भएको बताउनुभएको छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एमालेको स्थानीय तहमा निर्वाचित नगरप्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षको अभिमुखीकरण कार्यक्रममा उहाँले प्रशिक्षणले जनप्रतिनिधिलाई आगामी मार्गदर्शनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सो पार्टीको केन्द्रीय स्कुल विभागले आज काठमाडौँमा आयोजना गरेको दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले जनतासँग शालीन र विनम्र भएर हाकिमजस्तो नभई सेवकका रूपमा सेवा दिन आग्रह गर्नुभएको हो ।

“चुनाव जितिसेकेपछि तपाईँहरू साझा मान्छे बन्नुभएको छ । अब तपाईँहरूका पाइला– पाइलामा जाँच हुन्छ । पार्टीका मार्गदर्शन र विचारका आधारमा जनतालाई सेवा गर्ने काममा कुनै कमजोरी नगर्नुहोला ।”

अध्यक्ष ओलीले बहुमत भएको, नेतृत्व मात्रै भएको वा दुवै नभएको स्थानीय तहमा फरक तरिकाले प्रभावकारिता देखिने गरी काम गर्नसक्नुपर्ने बताउनुभयो । “विजयी बनाउने जनतालाई अर्कोे पटक पनि विश्वास गर्ने गरी अभिभारा सुम्पिएको छ । तपाई उसको सेवक हुनाका लागि हो, स्वतन्त्र नागरिक जस्तो फुक्का होइन । अब बढी शालीन हुनुपर्दछ ।”

प्रशिक्षणमा पार्टीका महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, पार्टीको केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेललगायतले पार्टी र स्थानीय तहका जनप्रतिनिधिको सम्बन्ध, बजेट तथा कार्यक्रम तर्जुमा तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनलगायत विषयमा प्रशिक्षण दिनुहुनेछ ।Source



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3MQEqJT via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.