Loading...
Loading...
गोकर्णेश्वर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम भव्यताका साथ सम्पन्न (फोटो र भिडियो सहित)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं ।  गोकर्णेश्वर नगरपालिकाको आयोजना र वेब बैँक नेपालको मिडिया संयोजनमा सार्वजानिक सुनुवाई कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थितिमा सबै वडाका जनप्रतिनिधि, स्थानीय तहका कर्मचारी, नगरपालिकाका कर्मचारी, नगर प्रमुख, उप प्रमुख, प्रमुख कार्यकारी अधिकृत, शाखा अधिकृत वडा अध्यक्ष नगरबासी लगायत प्रमुख ब्यक्तित्वको उपस्थिति रहेको थियो ।

बार्षिक २ अर्व ८ करोडको हाराहारीमा रहेको बार्षिक बजेट प्रभावकारी तरिकाले परिचालन भएको र विकास निर्माणको कार्यमा महत्वपूर्ण उपलब्धी हासिल गरेको जानकारी दिनुहुदै नगर प्रमुख सन्तोष चालिसेले बिकास निर्माणमा वितेका ४ बर्ष अत्त्यन्तै महत्वपूर्ण रहेको र अन्य नगरपालिकाको तुलनामा गोकर्णेश्वर नगरपालिकाले उल्लेख्य रुपमा कार्यगर्दै आएको नगरबासीका प्रश्नहरुको उत्तर दिदै नगरमा भएको गतिविधिहरुको सम्पूर्ण विवरण प्रस्तुत गर्नुभयो ।

हालसम्म ३० प्रतिशत बजेट खर्च भइसकेको र बाँकी खर्च पनि सहिसमय भित्रै परिचालन हुने र राजस्वको लक्य पनि ६० करोड रहेको र उक्त सोच सहि समयमा पूर्ण गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । पहिलो बर्षको बार्षिक बजेट ७ करोडमा सीमित रहेकोमा ४ बर्षको अवधिमा २ अर्व ८ करोडको अवस्थामा पुग्नु पनि एक महत्वपूर्ण उपलब्धीको रुपमा सबैले मान्नुपर्नेमा नगरप्रमुखको जिकिर रहेको थियो ।

कुल १ लाख ५७ हजार जनसंख्या रहेको नगरपालिकाले डिजिटल प्रोफाइल निर्माण गरी, पहिलो नरपालिका जस्ले नेपालमै स्थानीय पाठ्यक्रम निर्माण गरी एक नमुना कार्य गर्न सफल भएकोमा नगरबासीले विशेष धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रममा भर्खरै प्रमुख प्रशासकीय  अधिकृतको रुपमा आफ्नो पदभार सम्हाल्नु भएका बैकुन्ठ सापकोटाले सेवा प्रवाह, कर्मचारी सवलीकरण तथा नतिजामा आधारित कार्ययोजनमा विशेष जोड दिदै आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउने कुरामा विशेष ध्यान दिने बताउनुभयो ।

युवा स्वरोजगार, महिला उद्यमशीलता तथा न्यायिक सम्पादनको बिषयमा नगरपालिकाले महत्वपूर्ण उपलब्त्री हासिल गरेको जानकारी नगर उपप्रमुख शान्ति नेपालले दिनुभयो ।

आगामी दिनमा नगरपालिकाका सेवा तथा विकास योजनामा जनताको प्रत्यक्य चासो तथा सरोकार राख्ने कार्यमा सार्वजानिक सुनुवाईले प्रभावकारी भूमिका निर्वाह गरेको नगरपालिकाका प्रवत्ता मनोज कुमार ढुगानाले बताउनु भयो ।

कार्यक्रममा उपस्थितिको तर्फबाट प्रश्नहरु प्रभावकारी रुपमा उठेका थिए प्रश्नहरु बाटो निर्माण तथा मापदण्ड, ढलनिकास, शहरी विकास, विभुतिको शालिक तथा पार्क निर्माण, नगरपालिका भवनको शिल्यान्यास, फोहोरमैला प्रशोधन मेसिन लगायतका बिषयमा स्थानीय निकायको बिशेष चासो रहेको थियो । कार्यक्रमको संयोजन तथा सहजकीकरण मुकुन्द ढुंगाना तथा द्रोण पराजुली गर्नु भएको थियो ।

गोकर्णेश्वर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख चालिसेले के भने हेर्नुस यो भिडियो।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3Hz2Y8j via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.