Loading...
Loading...
नेपाल सरकारका सचिव शिशिर कुमार ढुङ्गाना अनिवार्य अवकाशमा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । नेपाल सरकारका सचिव शिशिर कुमार ढुङ्गानाले अनिवार्य अवकाश पाएका छन् । माघ २० गते(पर्सि)देखि अनिवार्य अवकाशमा जाने भए पनि भोलि सार्वजनिक बिदा परेकाले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मङ्गलवार(आजै) बिदाइ गरेको हो ।

नेपाल सरकारका विभिन्न निकायमा २४ वर्ष तीन महिना ४ दिन सेवा गरेका सचिव ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अवकाश लिएका हुन् ।

२०५४ कार्तिक १२ गते हवाई विभाग अन्तर्गत एयर ट्रान्सपोर्ट सपोर्ट केन्द्रमा शाखा अधिकृतबाट जागिरे जीवन शुरु गरेका ढुङ्गानाले भौतिक योजना तथा निर्माण मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागमा काम गरे ।

२०६० सालमा उपसचिवमा नाम निकालेपछि सहकारी विभाग हुँदै ०६३ सालदेखि अर्थ मन्त्रालयमा काम गरे भने ०६५ सालको चैत्र १० गते सहसचिव भएका ढुङ्गानाले सहसचिवको सिङ्गै कार्यकाल अर्थ मन्त्रालय तथा अन्तर्गतका निकायमा बिताए ।

आन्तरिक राजश्व कार्यालय काठमाडौँबाट शुरु गरेको सहसचिव यात्रा राजश्व अनुसन्धानको उपमहानिर्देशक, त्रिभवन विमानस्थल भन्सार कार्यालय प्रमुख, अर्थ मन्त्रालयको प्रशासन र आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख, भन्सार विभागको महानिर्देशकसम्म भए ।

२०७३ साल माघ २० सचिवमा बढुवा भएसँगै क्षेत्रीय प्रशासन कार्यालय दिपायलको क्षेत्रीय प्रशासकमा खटिएका सचिव ढुङ्गाना अर्थ मन्त्रालयको राजश्व सचिव, २०७५ पुस १ गतेदेखि २०७६ कार्तिक १४ गतेसम्म प्रधानमन्त्री कार्यालय, त्यसपछि राजश्व सचिव, २०७६ माघ २९ गतेदेखि २०७८ साउन १७ सम्म अर्थ सचिव र त्यसयता प्रधानमन्त्री कार्यालयको सचिवका रूपमा काम गरे ।

कार्यालयमा आयोजित बिदाइ समारोहमा बोल्दै सचिव ढुङ्गानाले निजामती सेवामा राम्रा मान्छेहरू भित्रउनेसँगै कर्मचारीलाई उत्प्रेरित बनाउने तर्फ ध्यान दिनु पर्ने बताएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ‘सेन्ट्रल अप दि गभर्नेन्स’ हुनुपर्नेमा पछिल्लो समय त्यो हुन नसकेको समेत बताए ।

सचिवहरू प्रधानमन्त्री कार्यालयमा आउँदा डिमोटिभेटिभ भएर आउन थालेकोमा चिन्ता व्यक्त गर्दै त्यसको कारण पत्ता लगाई तत्काल सुधारको आवश्यकता रहेको औँल्याए । ‘प्रधानमन्त्री कार्यालयमा सचिवहरू आउँदा डिमोटिभेटेड भएर आउन थाले’, सचिव ढुङ्गानाले भने, ‘त्यसको कारण पत्ता लगाएर तत्काल सुधार गर्न सके मात्रै निजामतीमा सुधारको सुरुवात हुन्छ’

उनले पछिल्लो अवधिमा कार्यालयले त्यति प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताउँदै के कारणले त्यस्तो हुन गएको हो, सो खोजी गर्नुपर्ने बताए ।
प्रशासनिक नेतृत्वलाई सबल र बलियो बनाउनु पर्ने बताउँदै सचिव ढुङ्गानाले राजनीतिक नेतृत्वले प्रशासनिक नेतृत्व छान्ने प्रणाली आयो भने त्यसले विकृति ल्याउने भन्दै त्यसलाई हटाउनुपर्ने धारणा राखे ।

सरकारका मुख्यसचिव सङ्कर दास वैरागीले सुधारका प्रयासहरू भइरहेको र यो एकैचोटी हुने नभई निरन्तरको प्रक्रियाबाट आउने परिवर्तन भएको बताए । मुख्यसचिव वैरागीले सचिव ढुङ्गानाको प्रशंसा गर्दै समन्वयात्मक भूमिका असाध्यै राम्रो रहेको र छिटो बुझ्ने अध्ययनशील सचिव भएको बताए ।

प्राविधिक तथा प्रशासनिक दुवै क्षेत्रमा उत्तिकै दखल राख्ने सचिव ढुङ्गाना निजामतीमा बिरलै कर्मचारीमध्ये पर्दछन् जसले प्रायः सबै कर्मचारी चिनेका छन् ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3gdgNxf via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.