Loading...
Loading...
लालपुर्जाविहीन जग्गाधनी कसरी भए ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

जिल्लाको ओमसतिया गाउँपालिकाभित्रका सयौ स्थानीयवासी वर्षौंदेखि भूमि उपभोग गरे पनि लालपुर्जाविहीन बनेका छन् । विसं २०२७ मा नापी कार्यालयले घरबासको जग्गा भनेर फिल्डबुकमा लेखेको भेटिए पनि व्यक्तिले लालपुर्जा नपाउँदा सरकारलाई समेत वार्षिकरूपमा लाखौँ भूमिकर घाटा लागेको छ ।

गाउँब्लकका दर्जनौ बस्ती रुपन्देहीभरि भेटिन्छन् तर उनीहरुको लालपुर्जा नबनेको जिल्ला नापी कार्यालय रुपन्देहीले बताएको छ । मानिसले ठूलाठूला व्यावसायिक भवनसमेत बनाएका छन् । आपसी सहमतिमा किनबेचसमेत हुने गरेको छ तर जग्गाको लालपुर्जा नबनेको ओमसतियाका स्थानीयवासी जीतेन्द्र चौधरी बताउनुहुन्छ ।

गाउँब्लक जग्गाको लालपुर्जा पाउनका लागि पटकपटक स्थानीय सरकारसँग माग गरे पनि सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ । विसं २०१९ मा जग्गा ऐन र २०२१ सालमा भूमिसम्बन्धी ऐन बनेपछि देशभर जग्गा नापजाँच सुरु भएको थियो । रुपन्देहीमा भने २०२७ सालमा जग्गा नापजाँच भएको थियो । त्योबेला बस्ती बाक्लो भएको ठाउँमा नाप्न असजिलो भएको भन्दै पछि नाप्ने भनेर एकमुष्ठ गाउँको क्षेत्रफल नापी त्यसलाई गाउँ ब्लकको नाम दिएर छोडिएको नापी कार्यालय रुपन्देहीले बताएको छ । छाडिएको सोही जग्गाको नापजाँच नहुँदा अहिले पनि गाउँब्लक जग्गामा बस्ने लालपुर्जाविहीन बनेका हुन् ।

जिल्लाको ओमसतिया, सैनामैना, देवदह, बुटवल, सियारी, लुम्बिनीलगायतका क्षेत्रका दर्जनौँ बस्ती अहिले पनि लालपुर्जाविहीन रहेको भूमिहीनका अगुवा प्रतापनारायण चौधरी बताउनुहुन्छ । नापी कार्यालय रुपन्देहीका प्रमुख अजित कुँवरले जिल्लामा गाउँब्लकमा बसोबास गर्नेको जग्गा नाप्ने काम र पुर्जा वितरण कार्य निरन्तर हुने गरेको बताउनुहुन्छ । उहाँले जिल्लामा एक हजार २५० गाउँब्लकमा ५० हजार घरधुरीलाई लालपुर्जा वितरण गर्न बाँकी रहेको जानकारी दिनुभयो ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3FZP6TT via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.