Loading...
Loading...
नेपालको पासपोर्ट विश्वकै कम शक्तिशाली पासपोर्टको सूचीमा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । जुन देशले सबैभन्दा बढी मुलुकमा अन एराइभल भिसा पाउँछ यसैलाई आधार मान्दै गरिएको सर्वे अनुरूप विश्वकै सबैभन्दा कमजोर सूचीमा नेपाली पासपोर्ट परेको छ । बेलायतस्थित विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्वनी हेन्ली एण्ड पार्टनर्सले सार्वजनिक गरेको सूची अनुसार नेपालको पासपोर्ट सबैभन्दा कमजोरको सूचीमा पारेको हो ।

अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) को तथ्यांकअनुसार सन् २०२२ का लागि सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको छानिएको हो । उक्त सूचीअनुसार नेपालको पासपोर्ट विश्वको सातौं सबैभन्दा कमजोर पासपोर्टको रुपमा देखिएको छ । नेपालको पासपोर्टबाट ३७ देशमा मात्रै यात्रा गर्दा अनअराइभल भिसा उपलब्ध हुन्छ ।

सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ । अफगानिस्तानको पासपोर्टबाट २६ ओटा मुलुकमा अनअराइभल भिसा वा भिसा फ्री व्यवस्था छ ।

सबैभन्दा कमजोर पासपोर्टको दोस्रो स्थानमा इराक र तेस्रो स्थानमा सिरिया छ। त्यस्तै चौथोमा पाकिस्तान, पाँचौँमा यमन, छैटौंमा सोमालिया छ। सातौं स्थानमा नेपालसँगै प्यालेस्टाइन टेरिटोरिज पनि छ । सूचीअनुसार नेपालको पासपोर्ट उत्तर कोरियाको पास पोर्टभन्दा पनि कमजोर देखिएको छ । उत्तर कोरियाको पासपोर्टबाट विश्वका ३९ देशमा अगाडि नै भिसा नलगाई यात्रा गर्न सकिन्छ ।

सबैभन्दा शक्तिशाली पासपोर्ट जापान र सिंगापुरका छन् । यी दुई मुलुकको पासपोर्टबाट विश्वका १९२ मुलुकको यात्रा अगाडि भिसा लगाइरहनु पर्दैन ।

सूचीको दोस्रो स्थानमा जर्मनी र दक्षिण कोरिया छन् । यी दुई मुलुकबाट विश्वका १९० मुलुकमा यात्रा गर्दा अगाडि नै भिसा लगाउनुपर्ने आवश्यकता हुँदैन । सन् २००६ देखि हेन्ली एण्ड पार्टनर्स कम्पनीले निरन्तर विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्दै आएको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/33BCJig via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.