Loading...
Loading...
निधिको निवासमा ३ नेताबीच ३ सहमति
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका दाबेदार तीन नेताबीच मिलेर जाने सहमति भएको छ ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा सोमबार नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच भेट भएको थियो । भेटमा महाधिवेशनमा सहमति जुटाएर मिलेर जाने सहमति भएको सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए ।

तीन नेता बानेश्वरस्थित निधि निवासमा भेला भएका थिए । लामिछानेकाअनुसार तीन नेताबीच तीन सहमति भएको छ ।

पहिलो बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यता विवाद तत्कालै टुंगोमा पुर्‍याउने, क्रियाशील सदस्यको कारण महाधिवेन तालिका प्रभावित हुन नदिने र तोकिएकै समयमा सम्पन्न गराउनुपर्नेमा सहमत भएका छन् ।

दोस्रो तिनै नेताले सरकारलाई तत्काल पूर्णता दिनुपर्ने निष्कर्ष निकालेका छन् । तेस्रो सहमति जुटाएर मिलेर जाने र थप छलफल भेटघाटको दायरा बढाउँदै जाने निष्कर्ष निकालेको लामिछानेले बताए ।

निधिका प्रेस सहयोगी रामजी दाहालले बानेश्वरमा तीन नेताबीच महाधिवेशन र सभापति पदमा उम्मेदवारीबारे गम्भीर छलफल भएको जानकारी दिए ।

पछिल्लो समय तीन नेताबीच भेटघाट बाक्लिएको छ । निधिले औपचारिक रुपमै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने प्रकाशमान र शंशाक पनि सभापतिमा उठ्ने तयारीमा छन् ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3l9DkOu via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.