Loading...
Loading...
एनआरएनलाई प्रवासी नेपालीको साझा मञ्च बनाउँछुः अध्यक्षका प्रत्यासी आचार्य
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेको छ ।  आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी आचार्यले सन् २०२१ देखि २०२३ सम्मको नेतृत्वका लागि उम्मेदवारीसहित प्रतिबद्धता सार्वजनिक गरेको हो । उनी अघिल्लो निर्वाचनमा पनि अध्यक्षको प्रत्यासी थिए । अध्यक्ष कुमार पन्तसँग झिनो मतले पराजित भएको थियो ।

संघको १०औँ विश्व सम्मेलन आगामी अक्टोबरको २३ देखि २५ सम्म काठमाडौँमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ । अध्यक्षका प्रत्यासी आचार्यले संघलाई सही अर्थमा आम प्रवासी नेपालीको साझा मञ्च बनाउने उद्घोष गर्दै नागरिकता र सम्पत्तिको अधिकार स्थापित गर्ने प्रतिबद्धता जनाए ।

संस्थाभित्र पद्धति र पारदर्शितालाई जोड दिने बताउँदै उनले भने, “संस्थाभित्र व्यक्तिगत स्वार्थ हावी भएकाले संस्थाको साख गिरेको अवस्था छ, अनियमितता र दुरुपयोगको गुनासो बढ्दै गएको छ, व्यवस्थित र पारदर्शिता कायम गर्नु मेरो मुख्य लक्ष्य रहेको छ ।” आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संघको पञ्जीकृत सदस्यको संख्या पाँच लाख पु¥याउने र राष्ट्रिय समन्वय परिषद्को संख्या कम्तीमा एक सय पु¥याउने घोषणा गरे ।

पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आएको छ । उनी लण्डनका स्थापित व्यवसायी हुन् । होलीकाउ ग्रुपअन्तर्गत व्यवसायमा होमिएका आचार्यले बैंकिङ, जलविद्युत्, पूर्वाधार, पर्यटनलगायत क्षेत्रमा लगानी गरेको छ ।

करिब दुई दशकदेखि संघमा आबद्ध आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै सङ्गठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतमा राखेको बताए । वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै आचार्यले मध्यपूर्व, मलेशियालगायतका मुलुकमा काम गर्ने नेपालीको सुरक्षामा विशेष ध्यान दिने बताए।

महिला कामदारको सुरक्षा र सीप विकासमा ध्यान दिने उनको भनाइ थियो । नेपालमा वैदेशिक लगानी भित्र्याउन पहल गर्ने, स्वदेशमा लगानीको वातावरण सिर्जना गर्न उनको प्रतिबद्धता छ । यस्तै पैत्रिक सम्पत्तिको अधिकार, राहदानी तथा तेस्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्ने, कोभिड महामारीले रोजगारी गुमाएकालाई रोजगारी सिर्जना गर्न पहल गर्ने, खाडी क्षेत्रमा रहेका नेपालीको सानो सानो पूँजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानीको अवधारणलाई अगाडि बढाइने योजना रहेका छन् ।

आचार्य प्यानलबाट संघको महासचिवमा अमेरिका निवासी चिकित्सक डा.केशव पौडेलले उम्मेदवारी घोषणा गरेको छ । उनले संघलाई पारदर्शी र परियोजनामुखी बनाइने बताए । पत्रकार सम्मेलनमा संघका संस्थापक महासचिव भीम उदासलगायत संघका विभिन्न पदाधिकारी तथा सदस्यको उपस्थिति थियो ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZDOPpr via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.