Loading...
Loading...
शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस गरेको छ ।

सिंहदरबारमा  बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सरकारले यही भदौ ७ गते पर्ने गाइजात्रा पर्वमा यसअघि काठमाडौँ उपत्यकाका लागि मात्र सार्वजनिक बिदा दिँदै आएकामा सो अवसरमा मुलुकभरका नेवार समुदायका लागिसमेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले यही भदौ १४ गते कृष्णजन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने र सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

सरकारले काठमाडौँ तराई–मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न संरचनाको निर्माण गर्न मकवानपुरका कालभैरव र गौरीशङ्कर सामुदायिक वनमा परेका पाँच दशमलव २२ हेक्टर थप राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुख कटाउन स्वीकृती दिने निर्णय गरेको छ ।

बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव डिल्लीराम शर्मालाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले पदबाट दिएको राजीनामा गत साउन २२ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3z2vElH via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.