Loading...
Loading...
गगन थापा भन्छन्– महाधिवेशन गर्न नसक्ने पार्टीले देश सम्हाल्न सक्छु भन्ने गफ नगरौँ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले भदौमा तय भएको पार्टीको १४औँ महाधिवेशन पछि सार्न नहुने बताएका छन् ।

महाधिवेशनको सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेस जिल्ला सभापतिहरुको पहलमा सोमबार आयोजित भर्चुअल संवादमा थापाले महाधिवेशनको मिति पछाडि सारे त्यो आत्मघाती कदम हुने बताएका हुन् ।

छलफलमा उनले कांग्रेस गुनासो गर्ने पार्टी मात्रै भएको र जनतामा सन्देश लिएर जान नसकेको समेत बताए । महाधिवेशन गर्न नसक्ने पार्टीले देश सम्हाल्छु भनेर भन्नु ‘गफ’ रहेको थापाको तर्क थियो ।

“सबैले खेलको नियम बनायो तर, खेल्ने बेला नियम लागु गरिएन । जे–जे गर्न हुँदैन भनियो त्यही त्यही गर्दै हिँडियो । अरुबेला विधान मिच्ने अप्ठ्यारो परेपछि विधानको सहारा लिने कांग्रेसमा भइरहेको छ । हाम्रो म्यासेज के हो त्यसमा लाग्नुपर्यो । गुनासोमात्र गर्ने पार्टी भयो । म्यासेज लिएर जानुपर्यो,” थापाले भने,“ अर्को मिति खोज्न थालियो भने त्यो आत्मघाती हुन्छ । भदौमा अधिवेशन गर्न नसक्ने पार्टीले देश सम्हाल्न सक्छु भन्ने गफ नगरौँ । हामीले सभापतिलाई पनि भनिसकेका छौँ । तोकिएकै मितिमा महाधिवेशन हुनुपर्छ ।”

कांग्रेसले भदौ १६ गतेदेखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iOkewy via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.