Loading...
Loading...
‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आइसक्यो’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफुलाई प्रधानमन्त्रीको अफर आइसकेको बताएका छन् । शनिबार विपक्षी दल र पत्रकारबीच छलफलमा बोल्दै नेता नेपालले भने, ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आइसक्यो, शेरबहादुुर जी बिचैमा पत्तासाफ गर्नुस् तपाई भईहाल्नुस ! वा क्या गजवको प्रस्ताव’, उनले भने ।

उनले आफु धोका दिने मान्छे नभएको बताएका छन् । ‘माधव नेपाल धोका दिने मान्छे होईन, जुन प्रक्रिया अगाडि बढेको छ, यहाँ कुनै किसिमको धोका दिने मनशाय छैन ।’ उनले अघि भने, ‘हस्ताक्षर फिर्ता गर्ने, सर्वोच्चमा गरिएको काम पछाडी हट्ने कुनै पनि हालतमा यस्तो धोका हुनेवाला छैन ।’

उनले आफुले कुनै पनि हालतमा विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् । नेपालले अब आफूलाई प्रधानमन्त्री बनाउने अफर गरे पनि ओलीसँग नमिल्ने प्रष्ट पारेका हुन् ।

आफूलाई प्रधानमन्त्री बन्ने अफर ओली पक्षबाट आइसकेको र शेरवहादुर देउवालाई हेरेको हेर्यै बनाइदिउँ भन्ने कुरा समेत आएको नेपालले खुलासा गर्दै उनले भने ‘मलाई प्रधानमन्त्री अफर गरेर अब केही हुदैन । केपी ओलीले राइटिस्ट कोलिसन बनाउनु भएको छ ।’ यस्तै उनले भने, ‘केपी ओली जी सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउला । ओलीको धोकाले हामी होइन देशै हैरान भैसक्यो ।’

उनले केपी ओलीलाई सत्ता, शक्ति र पैसाको मात लागेको आरोप लगाएका छन् । छलफलमा बोल्दै नेता नेपालले भने, ‘केपी ओली जीलाई सत्ता शक्ति र पैसामा मात लागेको छ ।’ उनले आफुहरु लडाई कुनै व्यक्तिगत नभइ राष्टियता, लोकतन्त्र, गणतन्त्र, समावेशिता र संविधानको पक्षको लडाई रहेको बताएका छन् ।

संसद भवनको लोत्से हलमा भएको अन्तरक्रियामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा विघटनपछिको अवस्था र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिरहेका छन् ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3A4LbSU via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.