Loading...
Loading...
कांग्रेसमा नेतृत्वका लागि दौडधुपः सभापतिमा पौडेल समूहमै आधा दर्जन बढीको दावी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै यतिबेला नेतृत्वका लागि पार्टीका नेताहरुबीच तीव्र दौडधुप भइरहेको छ । संस्थापन इतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै देखिएका छन् ।

महाधिवेशन मिति नजिकिएसँगै नेपाली काँग्रेसमा सभापतिको उम्मेदवार दावी गर्ने नेताहरुको संख्या दैनिक बढ्न थालेको हो ।

१४औं महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने रामचन्द्र पौडेलको आकांक्षा छ । काँग्रेस सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिले यसअघि नै आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारका रुपमा आफुलाई अघि सार्ने घोषणा गरिसकेका छन् भने शुक्रबार रामचन्द्र पौडेल पक्षका आधा दर्जन नेताहरुले सभापतिमा दावी गर्ने घोषणा गरेका छन् ।

यस्तै शुक्रबार रामचन्द्र पौडेल पक्षका आधा दर्जन नेताहरुले सभापतिमा दावी गर्ने घोषणा गरेका छन् । शुक्रबार महाधिवेशनको छलफलका लागि नेता पौडेल बोलाएको आफु निकट भेलामा पौडेलसहित महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, नेताहरु सुजाता कोइराला, शेखर कोइराला, कल्याण गुरुङ, अर्जुननरसिंह केसी र डा।रामशरण महतले सभापतिको दाबेदारका रुपमा प्रस्तुत गरेका हुन् ।

शुक्रबारको छलफल अघि नै डा. महत र केसीले काँग्रेसका केन्द्रीय सदस्यहरुलाई फोन गरे आफ म सभापतिको दावेदार भएको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । उनीहरुले शुक्रबारको छलफलमा पनि सोही कुरा दोहोर्याउँदै दावेदारी रहने घोषणा गरे ।

महत र केसीले भने विकल्पसहितको दावेदारी रहने समेत बताए । सहमतिका आधारमा उम्मेदवार तय भए आफुहरु मान्ने र सहयोग समेत गर्न तयार रहेको उनीहरुको भनाई छ ।

‘६० वर्ष माथिका नेता सल्लाहकारमा बस्न सकिन्न, त्यो भन्दा कम उमेरकालाई नेतृत्व प्रदान गर्न हामी सहमत हुनपनि सकिन्छ’ केसीको प्रस्ताव थियो । तर नेता पौडेलले भने आफु सभापतिको स्वभाविक उम्मेदवार रहेको भन्दै सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

‘म स्वभाविक सभापतिको उम्मेदवार हो । मेरो दावी रहन्छ नै’ पौडेलले भने, ‘सबै साथीहरुले सभापति बन्ने आकांक्षा राख्नुभएको छ यस्तोमा हाम्रो समूहबाट सहमति गरेर जानुपर्छ ।’

त्यसबारे शशांकले ब्रिफिङ गर्दै सहयोग आदानप्रदानका थिए । युवा नेताहरु गगन थापा र गुरुराज घिमिरेले एकल उम्मेदवार बनाए साथ दिने, तर त्यो भन्दा बढि उम्मेदवार भएकोले आफुहरुले छनोट गर्ने धारणा राखेका थिए ।

महाधिवेशनको छलफलका लागि नेता पौडेल शुक्रबार बोलाएको उनी पक्षीय भेलामा पौडेलसहित महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, नेताहरु सुजाता कोइराला, शेखर कोइराला, कल्याण गुरुङ, अर्जुननरसिंह केसी र डा. रामशरण महतले सभापतिको दाबेदारका रुपमा प्रस्तुत गरेका थिए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2SruoIP via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.