Loading...
Loading...
एमाले सुदूरपश्चिममा सात प्रदेश सांसदलाई कारवाही
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

सुदूरपश्चिम । नेकपा (एमाले)को विवादका कारण सुदूरपश्चिम प्रदेशमा चलेको दोहोरो कारवाहीको क्रम जारी छ । सुदूरपश्चिम प्रदेशको संसदीय दलमा बहुमतमा रहेको एमालेद्वारा कारवाही गरिएका पूर्वनेता माधवकुमार नेपाल पक्षले संस्थापन पक्षका सात प्रदेशसभासद्माथि कारवाही गरेको छ ।

एमालेको केन्द्रमा देखिएको विवादका कारण प्रदेशको सबैभन्दा ठूलो दल दुई धारमा देखिएसँगै एकले अर्कोलाई कारवाही गर्ने सिलसिलाकै क्रममा आज सात सभासद्लाई कारवाही गरिएको हो ।

संसदीय दलद्वारा पठानसिंह बोहरा र रतन थापालाई १५ दिन तथा बलदेव रेग्मी, लीलाधर भट्टराईलाई १० दिन तथा गेल्बुसिंह बोहरा, माया तामाङ र नेपाली चौधरीलाई सात दिनका लागि निलम्बन गरिएको संसदीय दलका नेता प्रकाशबहादुर शाहले जानकारी दिए । संसदीय दलको ह्विप नमानेर सरकारलाई विश्वासको मत नदिएको तथा नीति तथा कार्यक्रम पारित गर्ने बेलामा समेत आपत्ति जनाएकाले कारबाही गरिएको शाहले जानकारी दिए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3xjrmFq via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.