भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडाैं । पार्टीबाट निष्कासनमा परेका एमाले नेता भीम रावलले आफूहरुलाई पार्टी सदस्यबाट निष्कासित गर्नु हास्यास्पद भएको बताएका छन् । उनले अध्यक्ष केपी ओलीको कदम फुटवादको निरन्तरता भएको जिकिर गरेका छन् ।
उनले साेमबार साँझ ट्वीट गर्दै भनेका छन्, ‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ। यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।’
सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले खनाल नेपालसहितका स्पष्टीकरण सोधिएका ११ नेतालाई पार्टीबाट निष्काशन गरेको हो । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशनमा परेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ywe4Hb via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

