भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । अक्सिजन अभावको कारण देखाएर अस्पतालहरुले बिरामी भर्ना लिन नमाने पछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौं जिल्ला प्रशासनले आज एक विज्ञप्ति जारी गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारण जनतामा त्रास फैलाउने कार्य सचेत गराएको छ ।
अक्सिजनको अभावलाई पूर्ति गर्नका लागि सबै पक्षबाट भइरहेको प्रयासलाई नजरअन्दाज गर्दै गरिएको सूचनाले आम नागरिकमा समेत असर पर्ने पनि प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भर्ना गर्न नसकिने तथा भर्ना भइसकेका बिरामीहरुलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचनाहरु जारी गर्दा मानवीय संवेदनशिलतालाई बुझेर आफ्नो पक्षबाट सकारात्मक भूमिका निर्वाह गर्न लागि ध्यानाकर्षण गराएका छन् ।
उपत्यकाका मेडीसीटी, मध्यपुर लगायत अस्पतालहरूले लगायतका अस्पतालहरूले अक्सिजनकाे अभाव देखाएर काेभिड–१९ का थप बिरामी भर्ना गर्न नसकिने सार्वजनिक सूचना जारी गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3o8VXlK via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

