भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं। विगत डेढ दशकदेखि श्रमजीवी र व्यवसायिक पत्रकारिताको क्षेत्रमा रहेर निरन्तर कलम चलाउँदै आएका पत्रकार मुकुन्द कुमार ढुंगानाले नेपाल पत्रकार महासंघ काठमाडौंबाट कोषाध्यक्ष पदमा उमेद्वारी दिनुभएको छ ।
श्रमजीवी पत्रकारको हितका निम्ति डेढ दशकदेखि नै निरन्तर सङ्घर्ष गर्दै आइरहेको पत्रकार ढुंगानाले ‘महासंघमा नाम मात्रको पत्रकार होइन, काम गर्ने पत्रकारहरुको प्रवेश र पत्रकारिता पेशा गर्नेहरुको मात्र छाता संगठन पत्रकार महासंघ हो’ भनेर आफुलाई चिनाउँदै आएका छन् ।
सामाजिक संजाल फेसबुकमा ढुंगानाले आफुलाई कोषाध्यक्षमा जिताउन सबै पत्रकार साथीहरुलाई आग्रह समेत गर्नुभएको छ । ‘मैले नेपाल पत्रकार महासंघ काठमाडौं जिल्लाको कोषाध्यक्ष पदमा उम्मेदवार दिएको छु । छरिएर रहेका पत्रकारहरुलाई महासंघमा आवद्धता गराउनुका साथै साना लगानीका मिडियाको रक्षाको पक्षमा साथै श्रमजीबी पत्रकारको हकहितको लागि आवाज उठाउन मेरो उम्मेदवारी ।’ उनले भनेका छन् ।
ढुंगाना राष्ट्रिय अनलाइन पत्रकार संघको केन्द्रीय अध्यक्ष समेत हुन् भने ४० वटा संघसस्थामा समेत आबद्ध रही हरेक क्षेत्रसंग जोडिएर सक्रिय पत्रकारको रुपमा चिनिएका छन् ।‘पत्रकार महासंघको पदाधिकारीमा सक्रिय पत्रकारिता गरिरहेकोलाई हेरौं एकपटक’ भन्ने विचारका साथ निर्वाचनमा होमिएको ढुंगानाको भनाई छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2OmoDtU via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

