Loading...
Loading...
प्रधानमन्त्रीसहित ५० भन्दा बढी एमालेका नेता कन्ट्याक्ट ट्रेसिङमा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरस कोभिड-१९ संक्रमितको सम्पर्क (कन्ट्याक्ट ट्रेसिङ) मा आएका छन् ।

मंगलबार ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र एमाले नेता विष्णु रिजाललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री ओली कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

ऊर्जा मन्त्री रायमाझीलाई मंगलबार बिहान कोरोना संक्रमण भएको थियो भने नेता रिजाललाई पनि मंगलबार साँझ संक्रमण भएको खबर सार्वजनिक भएको थियो ।

आइतबार बालुवाटारमा भएको रायमाझी र रिजाल नेकपा एमालेको १४औं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी थिए । बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् ।

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने बैठकमा दुरी कायम गरेर बसेको हुनाले प्रधानमन्त्री ओली कोरोना संक्रमितको सम्पर्क (कन्ट्याक्ट ट्रेसिङ) नपरेको बताएका छन् ।

बैठककै क्रममा रिजालले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसहित अन्य ५ नेताहरूसँग तस्वीर खिचाएका थिए ।

बालुवाटारको बैठकमा सहभागी नेताहरू
यस्तै प्रधानमन्त्रीसँगै बालुवाटारको बैठकमा सहभागी ५० भन्दा बढी एमाले नेता पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

सरकारले २५ जनाभन्दा बढी जम्मा हुन नपाइने सूचना जारी गरेको थियो । उक्त सूचना जारी पछि पनि प्रधानमन्त्री निवासमा १ सयभन्दा बढी मानिस जम्मा भएर बैठक भइरहेको थियो । यस्तै प्रधानमन्त्री ओलीीले धरहराको उद्घाटन पनि भीडमा नै गरेका थिए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nsAvHX via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.