Loading...
Loading...
सर्वदलीय बैठक– कोरोना नियन्त्रण, एमसीसी र उपनिर्वाचनबारे छलफल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ। प्रधानन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोरोना नियन्त्रणमा सरकारले चालेको कदम, उपनिर्वाचन तथा एमसीसीका बारेमा छलफल भएको छ ।

बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मुख्यतः तीन विषयमा बैठकमा छलफल भएको बताए ।

उनले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका विषयमा सरकारले गरेको पहलका विषयमा छलफल भएको बताए । त्यस्तै विभिन्न स्थानमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने बारे पनि बैठकमा छलफल भएको मन्त्री ज्ञवालीले बताए ।  बैठकमा प्रतिनिधि सभाको काम कारबाहीका बारेमा पनि कुराकानी भएको थियो ।

मन्त्री ज्ञवालीले कोभिड रोकथाममा सरकारले प्रभावकारी ढंगले काम गरोस् भन्ने कुरा दलका नेताहरूले राखेको बताउँदै खोपको सुनिश्चतता गर्न, आवश्यक परे विद्यालय पनि बन्द गर्न दलहरुले सुझाव दिएको बताए ।

उपनिर्वाचनका विषयमा नेपाली कांग्रेसले भदौमा महाधिवेशन गर्नुपर्ने भएकोले त्यसलाई मध्यनजर गर्दै कार्यतालिका बनाउन सुझाव दिएको उनले बताए । बैठकमा एमसीसीका विषयमा पनि छलफल भएको छ ।

बैठकमा कांग्रेसबाट कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी थिए ।

त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण सहभागी थिए ।

बैठकमा नेकपा माओवादी केन्द्रका नेता भने सहभागी भएन । नेमकिपाका प्रेम सुवाल र राप्रपाका प्रकाशचन्द्र लोहनीलगायत सहभागी भएका थिए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3wXApfM via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.