Loading...
Loading...
अनेरास्ववियुले पारित गर्‍यो १९ बुँदे प्रस्ताव
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ। नेकपा एमालेको खनाल-नेपाल समूहको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले १९ बुँदे प्रस्ताव पारित गरेको छ ।

सुदेश पराजुली अध्यक्ष रहेको अनेरास्ववियूले विद्यार्थीलाई सहुलियतमा शैक्षिक ऋण, यातायातमा लागू गरिएको विद्यार्थी छुट प्रभावकारी बनाउन, अनलाइन माध्यमबाट शैक्षिक प्रमाणपत्र पाउनुपर्नेलगायत १९ बुँदामा माग प्रस्ताव गरेको हो ।

गत चैत्र १० गते सम्पन्न अनेरास्ववियुको राष्ट्रिय भेलाले पारित गरेको प्रस्ताव आज सार्वजनिक गरिएको हो ।

प्रस्तावमा कोरोनाको मारमा विश्वविद्यालयले गरेको शुल्क बृद्धि फिर्ता लिन माग गरिएको छ ।

त्यस्तै देशका विभिन्न शैक्षिक संस्थाहरुमा शुल्क बद्धि र लकडाउन समयावधिको शुल्क छुट दिन गरिएका आन्दोलनहरुप्रति ऐकवद्धता जाहेर गर्दै सम्बन्धित निकायलाई कार्यान्वयन गर्न माग गरिएको छ ।

शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षिक तथा व्यावसायिक ऋणको प्रभावकारीतामा पनि भेलाले जोड दिएको छ भने विद्यार्थीले यातायातमा पाउदै आएको ४५ प्रतिशत छुटको सबै ठाँउमा कार्यान्वयन नभएकाले कडाइका साथ कार्यान्वयनको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय भएको अनेरास्वीयुका अध्यक्ष सुदेश पराजुलीले बताए ।

उनले अनेरास्ववियु एकतावद्ध बनाउन बाहिर रहेकाहरुलाई पनि संगठनमा आउन अपिल गरे । उनले एमालेका वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावलमागि गरिएको कारबाहीको विरोध गर्दै उक्त निर्णय मान्य नहुने तर्क गरे ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3m9HXau via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.