भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री दाहालले नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल थालेको बताए ।
उनले माओवादी केन्द्र कम्युनिष्ट एकता प्रक्रियामा सङ्ख्यात्मकरुपमा जुन संरचनामा गएको थियो सोही यथावत राख्ने वा थप एकतामा जाने भन्ने विषयमा पनि छलफल भइरहेको बताए ।
अध्यक्ष दाहालले एक भएका दुई कम्युनिष्ट पार्टीलाई यथावत बनाउने अदालतको निर्णय असहमत भए पनि स्वीकार्दै विभिन्न जनवर्गीय सङ्गठनमा छलफल गर्दै सबैलाई समेट्ने संचना बनाउने विषयमा पार्टी निकट व्यापारिक सङ्गठनसँग सुझाव माग गरे ।
कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य जनार्दन शर्माले माओवादी केन्द्रलाई पुनर्गठित गरिरहेको बताउँदै वर्तमान चुनौतीलाई सामना गर्ने सामथ्र्य जुटाइरहेको उल्लेख गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3tRm2rc via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

