Loading...
Loading...
ओलीतिर लागेका पूर्वमाओवादी नेतालाई बुटबलबाट प्रचण्डको सन्देश- उतै बस्नुहोस्, यता आउन पर्दैन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको ओलीतिर लागेका मन्त्री तथा नेतालाई पार्टीमा फर्काउने प्रयास नगर्ने बताएका छन् ।

साविकको नेकपा दुई खेमामा विभाजित हुँदा माओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका छन् । अध्यक्ष प्रचण्डले ओलीतिर लागेकाहरूलाई फकाउन नलाग्ने बताएका हुन् ।

शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले उनीहरुलाई फकाउन नलाग्ने बताउँदै विगतमा बिग्रिएका, भत्किएकाहरुलाई फकाउँदा हुन्छ कि भन्नु आफ्नो गल्ती हो भने ।

‘अरु त अरु, दुई जना मान्छे नभएकालाई स्थायी समिति बनएको त अहिले मन्त्री’ प्रचण्डले अघि भने, ‘के गरेँ भनेर अहिले आफ्नै आत्मसमीक्षा गर्न थालेको छु । त्यस्तालाई भन्दा दृढतापूर्वक लड्ने र प्रचण्ड बनाउन भूमिका खेल्ने आफ्नै साथीहरुलाई भरोसा गरेको भए यो दिन देख्न पर्दैनथ्यो नि भन्ने महसुस भएको छ ।’

साथै, उनीहरुलाई फकाउन मन लाग्न छाडेको उनले सुनाए ।

यस्तै, अध्यक्ष प्रचण्डले बरिष्ठ नेता माधव नेपालको उद्धार गर्ने एक मात्रै टेन्सन आफूलाई रहेको बताएका छन्।

प्रचण्डले आफूलाई अहिले अरु राजनीतिक टेन्सन नरहेको बताए । ‘माधवजीहरू फर्किएपछि केपीले जे मन लाग्यो त्यो गर्न सक्ने छैनन्’, प्रचण्डले भने, ‘त्यहाँ ठूलै झमेला हुने वाला छ, मलाईचाहिँ माधवजीलाई कसरी रेस्क्यु गर्ने भन्ने टेन्सन छ।’

आफूहरूको पार्टी अहिले धेरै सजिलो भएको भन्दै प्रचण्डले संगठन बनाउनेबाहेक अरु तनाव नभएको बताए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3tfGkKq via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.