Loading...
Loading...
काठमाडौंका सार्वजनिक स्थानमा होली खेल्न रोक,होली खेल्ने कार्यक्रम आयोजना गरेमा पक्राउ गर्न निर्देशन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले  बताए ।

यसअघि नै गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ । ‘भीडभाड गरेमा प्रहरीले कारवाही गर्छ,’ सह–सचिव बुढाले भने, ‘सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई पक्राउ गरेर कारवाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छौँ ।’

स्वतस्फूर्त मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्न गृहको निर्देशन छ । तर, कार्यक्रम आयोजना गर्नेलाई चाहिँ संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने भएको छ । संक्रामक रोग ऐन–०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पुर्‍याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

५ हजार प्रहरी परिचालन गरिने

यता, भीडभाडमा हुन नदिने मन्त्रालयको निर्णयपछि महानगरीय प्रहरी कार्यालयले पनि उपत्यकामा होली लक्षित ‘सुरक्षा योजना’ लागु गरेको छ । चैत १५ मा पहाडी र १६ मा तराईका जिल्लामा होली मनाइँदै छ । होलीमा भीडभाड हुन नदिन र जबर्जस्ती लोला हान्ने कामलाई रोक्न जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीले माइकिङ गर्न थालेका छन् ।

काठमाडौं उपत्यकामा होलीमा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न ५ हजार प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको छ । ‘कानुन विपरितका गतिविधि नियन्त्रण गर्न सुरक्षा योजनासहित ५ हजार बढी प्रहरी परिचालन गर्छौँ,’ महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले भने–‘सार्वजनिक ठाउँमा भीड गर्न र कानुन विपरितका क्रियाकलाप हुन दिँदैनौँ ।’

जबर्जस्ती लोला हान्ने र अन्य व्यक्तिलाई डिस्टर्व गर्नेहरुलाई पनि नियन्त्रणमा लिएर कानुनी कारवाही गर्ने प्रहरीको योजना छ ।

होली खेल्दा भौतिक दूरी कायम गरौं, मास्क लगाऔं- प्रशासन

फागु पूर्णिमाको दिन काठमाडौं, भक्तपुर र ललितपुरमा पिकेट ड्युटी, मोवाइल गस्ती र सिआरभी भ्यानमा प्रहरी परिचालन गरिन्छ । भीडभाड हुन नदिन रिजर्भ फोर्स तयारी अवस्थामा राखेर उपत्यकाका ३ जिल्लामा सुरक्षा योजना लागू गरिएको छ ।

काठमाडौं जिल्लामा मात्रै १ हजार ६ सयभन्दा बढी प्रहरी परिचालन गरिने महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । जबर्जस्ती लोला हान्ने र विपरित लिंगीलाई हैरानी दिने गतिविधिको निगरानी गर्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

मापसे चेकिङमा कडाइ

होलीमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु बढ्न सक्ने आँकलन गर्दै चेकजाँचमा कडाइ गर्ने प्रहरीको तयारी छ । फागुको दिन उपत्यकामा बिहानदेखि मापसे जाँच गरिने र हेलमेल नलगाइ चलाउनेलाई कानुनी कारवाही गरिने एआईजी पालले बताए ।

पर्व मनाउने नाममा मास्क नलगाइ हिँड्नेलाई जरिवाना गर्ने गरी प्रहरीले सुरक्षा योजना बनाएको छ । मास्क नलगाउने र सरकारले नगर्न आग्रह गरेका काम गर्नेलाई नियन्त्रणमा लिएर कानुनबमोजिम गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lQNYZg via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.